राजनितिज्ञका प्रकार एक विवेचना

सराङकोट न्यूज
17 November, 2022 5:03 pm

‘रात राम्रो जुनले मान्छे राम्रो गुनले’ भन्ने उखान छ । राणाहरु पञ्चेहरु गर्थे कैदी बनाउने काम, प्रजातन्त्र लोकतन्त्रमा के को कैदी, चित्त बुझेनकी ड्यामड्याम । नेपालको राजनीतिमा गुनिला मान्छे अत्यन्त कम छन् । राजनीति बुझेका राजनितिज्ञ नेपालमा अत्यन्त कम भए, छन् र हुने छन् । राजनीतिमा स्वार्थ घुस्यो भने त्यो देशमा कहिल्यै पनि विकास हुदैन् । राजनिति बुझेका राजनितिज्ञ नेपाली जनताले पाएको छैनन् । आखिर के हो त यो राजनिति भनेको ? शाब्दिक अर्थमा प्रजाको शान्ति–सुरक्षा कायम गर्ने, मौलिक अधिकारको कदर गर्ने, राज्यको शासन प्रणाली निर्धारण गर्ने, राष्ट्रिय र अन्तराष्ट्रिय नीतिको उपयुक्त सन्तुलन गर्ने, र यस्ते अन्य कार्य गर्ने नीति, राज्यको शासन व्यवस्था सम्बन्धी नीति, राज्य सञ्चालन प्रणाली, राज्य र प्रशासनसंग सम्बन्धित एक सामाजिक शास्त्रलाई राजनिति भनिन्छ । तर व्यवहारमा नेपालको राजनितिको परिभाषा नबुझि राजनिति गरेको थिए र गरेको छन् । यो नि भन्नु परेको छ भने अहिलेसम्म देश जनताको हितमा काम गर्ने नेता मुलुकले पाएको छैनन् । भाषण देश र जनताको हित गर्ने हुन्छन् । व्यवहारमा जनता मागेर भौतिक श्च्क्ष अभिलास पूर्तिक हुन्छन् । रोगीले उपचार पाँउदैन्, नेता सरकारी कोष जनताले राज्य सञ्चालन गर्न तिरेको करबाट मोजमस्ती गर्दछन्, अनि आफुलाई राजनितिज्ञ भन्दछन् । के हो यो राजनितिज्ञ भनेको राजनिति गछौँ भन्ने बुझेका छन् वा अह पटक्कै बुझेका छैनन् । राजनितिका सम्पूर्ण मर्महरुलाई जान्ने, राजनिति शास्त्र ज्ञाता, राजनिति बुझको, कुटनिति जानेको व्यक्तिगत स्वार्थलाई त्यागेर देश र जनताको हितमा काम गर्ने, कुनै राजनितिक दल वा जनसमुदायलाई असल वाटो देखाउने व्यक्ति, कुनै समाजमा नेतृत्व दिन सक्ने व्यक्ति अगुवा, नाइके वा कुनै समुहलाई असल वाटो देखाउने, नेतृत्व गर्ने, सदैव देश र जनताको पक्ष सकारात्मक सोच राखेर व्यवहारमा उतार्ने व्यक्ति नेता हो, राजनितिज्ञ हो । जानीनजानी नेताको धाक जमाउने, आफ्नो सामथ्र्य विना पनि वडप्पन देखाउने, नेता–गिरी गर्नेहरुले देश र जनतालाई धुरुक्कै रुवाउने छन् ।
जुनसुकै क्षेत्रमा कार्यरत व्यक्ति ३ प्रकारका हुन्छन् । (१) अधम, (२) मध्यम, (३) उत्तम। राजनितिमा पनि यिनै ३ प्रकारका मान्छे हुन्छन् । जसको बोली विस्तार यस प्रकार छ ।
१) अधम : अधमको शब्दकोषले दिएको अर्थ नीच, निष्कृष्ट, खराब, तल्लोे तहको, क्षुद् ः दृष्ट रहेको छ । यो शब्द नकारात्मक शब्द हो । यसको अर्थले नै यस्तो चरित्र भएका व्यक्तिले देश र जनताको हित काम गर्दै गर्दैनन् । यस्तालाई अधर्म भनिन्छ । उस्ले आफुलाई राजनितिज्ञ ठान्छ तर जनताले मान्दैनन् । राजनितिज्ञ हुनलाई त असल राजनितिक चरित्र र गुण हुनु प¥यो नि । कसैले तपाई भनोस या नभनोस आफै मपाई भएर कोही पनि राजनितिज्ञ हुन सक्दैन् । राजनितिज्ञ हुनलाई राजनितिक चरित्रलाई व्यावहारमा उतारी देश र जनताका भलाईका लागी काम गर्ने व्यक्ति मात्र राजनितिज्ञ कहलाउँछ । जनताले नेता मान्दिएमा मात्र राजनितिज्ञ हुन्छ ।
२) मध्यम : गुण, परिमाण, स्तर आदिका दृष्टिले न घटि न बढीका मझौलालाई मध्यम भनिन्छ । यता पनि ठिक्क उता पनि ठिक्क । सबैको जाति हुने प्रयास गर्ने, दोहोर प्रवृत्ती भएका व्यक्ति, नेतालाई मधयम खाले राजनितिज्ञ भन्न सकिन्छ । दुई नाउमा चढेर नदी पार गर्न खोजे जस्तै हुने । यस्ता व्यक्ति÷ बिचमा रहेको माझको, कसैको पक्ष नलाग्ने, तटस्थ, उदासनि, दुई पक्ष बिचमा रहि कुनै विवादको निर्णय गर्ने वा झगडा आदी मिलाउने व्यक्तिलाई मध्यम भनिन्छ । यो सकारात्मक पक्ष हो । राजनितिक मुद्दा–मामिला आदिका दुई थरिका बिचमा रहि हार जितको निर्णय गर्ने वा मिलाउने काम मध्यस्तको काम, मध्यस्त हुनको भाव वन अवस्था मध्यस्थर हो । कुनै पक्ष विपक्ष विचमा उठेको विवादमा दुवै पक्षलाई मर्का नपर्ने गरि गरिने निर्णय वा फैसला मध्यस्थ निर्णय हो । नेपालका राजनितिक दलहरुका बीच विविध उठिरहेका हुनछन् तर समाधान भएको पाईदैन् । मध्यम खालको राजनितिल जनतालाई सकस गराउँछ सुविधा दिदैन् । दलगत स्वार्थ मात्र हावी हुन्छ ।
३) उत्तम : उत्तमको अर्थ सबैभन्दा जाति (राम्रो), असल, वेस, उम्दा हो । सबै कुराबाट माथिल्लो तहको मानिसलाई उत्तम पुरुष भनिन्छ । उत्तमको दर्जा पाउन धेरै सकारात्मक काम गर्र्नु पर्दछ । राजनीतिमा उत्तम राजनीतिज्ञको संज्ञा पाउन कठिन छ । आफ्नो व्यक्तिगत, पारिवारीक, इस्टमित्र, कुल–कुटुम्बका भलाई लाई तिलाञ्जली दिएर देश र जनताको हितमा कृतसङ्कल्पित भएर निरन्तर रुपमा लागि पर्ने र उसले गरेका कर्मले जनता समान रुपले लामावित हुने कार्य गर्ने व्यक्ति उत्तम राजनीतिज्ञ हो । यस्ता व्यक्ति पाउन कठिन छ । व्यक्तिगत स्वार्थ त्यागेर देश र जनताको हितमा काम गर्ने सदाचारी नेता वास्तविक राजनीतिज्ञ हुन् ।
यी उत्तम, मध्यम, र अधम शब्दहरु विशेषण शब्दहरु हुुन् । विशेषण संख्या, परिमाण, गुण, धर्म आदिद्वारा कुनै बस्तुको विशेषता बुझाउने शब्द, व्याकरणमा नाम वा सर्वनाम शब्दको गुण, धर्म, परिमाण, संख्या, आदी जाहेर गर्ने शब्द हो । रानीतिक गर्ने राजनीतिज्ञहको पनि उनिहरुले गरेको राजनितिले देश र जनताको कति हित वा अहित गर्यो त्यसको आधारमा मुल्याङ्कन गरि उत्तम, मध्यम र अधम राजनितिज्ञ भनेर जनताले मूल्याङक गरेका हुन्छन् । राणा शासन, पञ्चायत शासन, संसदीय शासन प्रणाली र संघिय लोकतान्त्रीक गणतन्त्रातमक शासन प्रणालीसम्म भोगेका, भोग्दै आईरहेका नेपाली जनताले उत्तम शासन व्यवस्था र उत्तम राजनीतिक व्योहर्ने नपाएको राजनीतिक अभिव्यक्ति जनता बाट आएको छ । अतः नेपालमा राजनीतिज्ञ गर्ने राजनीतिज्ञहरुले आफुलाई उत्तम राजनीतिज्ञको रुपमा प्रस्तुत हुन देश र जनताको सेवाको राजनीति गरुन् । यसैमा नेताको कल्याण छ ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: