अलौकिक चमत्कार, टिकटकमा हेरेपछि वा प्रत्यक्ष छोएपछि जस्तो सुकै रोग निको पार्ने सिमान्त गुरु

सराङकोट न्यूज
28 February, 2023 4:57 pm

पोखरा

धनगढीका धन बहादुर परियार विगत एक वर्षदेखि मृगौलाको रोगी थिए । डाक्टरले उनलाई प्रत्यारोपणको विकल्प नरहेको बताएका थिए । सुगर प्रेसरका कारण मृगौला विग्रिएर अन्तिम चरणमा पुगेका बेला एक जना अन्तरदृष्टि शक्ति भएका व्यक्तिसँग उनको भेट घयो । भेटमा कुनै झारफूक, पुजा पाठ, हेराई कोराई केहि भएको पनि होइन केवल एक नजर दृष्टि लगाएकै भरमा धनबहादुर परियारले रोग निको हुँदै गएको महसुस गरे । डाक्टरलाई किड्नी सम्बन्धि जाँच र सुगर प्रेसर जाँच गरे । केहि दिनमै उनको मृगौलामा व्यापक सुधार आयो, २००–१०० को प्रेसर १२०–८० मा आएर नर्मल अवस्थामा पुग्यो, ३५० सम्म पुगेको सुगर पनि नर्मल अवस्थामा आएको छ । धन बहादुरले यि कुरा सामाजिक सञ्जालमा खुलस्त मात्र पारेनन् नयाँ जीवन पाएको भन्दै उनले डाक्टरको रिपोर्ट देखाउँदै खुशी व्यक्त गरेका थिए ।

Advertisements


यस्तै सुर्खेतकी डाक्टर हिमाली चन्दले धनबहादुरको बारेमा गुरु सिमान्तलाई भेटेर भनिन् “यो अलौकिक चमत्कार भयो ।” चिकित्सा शिक्षा जस्तो स्थापित विज्ञानलाई चुनौती दिएको बताउँदै आफू पनि सोच्न बाध्य भएको डाक्टर चन्दले बताइन् । फागुन १४ गते आइतबार साँझ टिकटकमा करिव ५ सय जना विच लाइभ भइरहँदा वेरोक्तोक ढंगले स्वतस्फूर्त आएको अनुभव शेयरिङ थियो त्यो । त्यतिखेरै अनुज सर नाम रहेकी २७ वर्षिया एक शिक्षिकाले आफ्नो ढाडको नशा च्यापिएर १० वर्षदेखि थला परेको कारण डिप्रेसनको शिकार भइरहँदा सिमान्त गुरुले हेरेपछि पुरै सञ्चो भएको मा हर्षको आसुं झार्दै खुसीको वर्षा नै आएको अनुभव सुनाइन । उनले भनिन् “अब म बाचेको छु संघर्ष गरेर परिवार पाल्छु ।”
सुर्खेतका जनताले हत्ते गरेर बोलाएपछि एक दिनका लागि सुर्खेत विरेन्द्रनगर पुगेका ‘सिमान्त’ ३ दिनसम्म जनतासँग प्रत्यक्ष साक्षात्कार भएर दीर्घ रोगीको उपचारमा जुटे । उनले झोलु·ोमा बोकेर ल्याएको पक्षघात भएको व्यक्तिलाई केबल हातले छोए, आँखाले हेरेपछि ति विरामी हिडेर घर गए । विरेन्द्रनगरकी स्थानिय एक व्यापारी भिमा भण्डारीले भनिन् गुरुको उपस्थितिले चमत्कार भयो । दीर्घ रोगीहरु सद्धे भएर हिड्डुल गर्न काम गर्न थालेका छन् ।

को हुन् सिमान्त गुरु ?

सिमान्त गुरु
सिमान्त गुरु

टिकटक आइडिमा उनको नाम मनको कुरा बुझ्ने म (सिमान्त) रहेको छ । झापाको गरामनीमा जन्मिएका उनको खास नाम भारत भट्टराई हो । ७ महिनामा मावलमा जन्मिएका भरतको तौल डेड पाउ अर्थात् पौने ४ सय ग्राम मात्र थियो। मुसाजत्रो जन्मिएका उनको शरीर रौंले ढाकिएको देखिएपछि मुर्कुट्टो पो जन्मिएछ भन्ने सोचेर पानी फोको समेत नफुटाई हजुर आमाले गाड्न पठाएपछि साँइला मामाले घर पछाडी कुटोले खोस्रेर गाडेको ठाउँ हेर्न जाँदा बाहिर निस्केर रहेको र दाइने गोडाको बुढी औंला हल्लिए पछि हजुरआमाले जिवितै रहेछ भनेर फर्काएर घर ल्याई पानी फोको फुटाई धोइ पखाली गरी पालन पोषणा गरेर हुर्काएको आफ्नो आमाबुबा मामा, हजुरआमाबाट थाहा पाएका कुरा सिमान्त गुरु (भरतले सुनाए।
मुर्कुटो जस्तै भन्दै हुर्काएका सिमान्त अहिले ६८ केजीका छन् ४५ वर्षिय सिमान्त गुरुले झापा र मोरङबाट अंग्रेजीमा मास्टर गरेका छन् । उनले १७ वटा भाषा लेख्न पढ्न र बोल्न जानेका छन् । ७ वर्ष पत्रकारिता र १० वर्ष सशस्त्र युद्दमा होमिएका गुरुको पछिल्लो वर्ष अलौकिक यात्रामा लम्किएको छ । टिकटक लाइभमा अनुहार देखेको भरमा विरामी निको पार्न सक्ने क्षमताका बारेमा विरामी र विरामीका आफन्तले प्रत्यक्ष व्यक्त गरेका खुसीयाली र सफलताका अनुभवले पुष्टि गरेको छ । पश्चिम वंगाल, दार्जिलिङ, भुटान र सुर्खेतसम्म पुगेर हजारौं विरामी निको पार्न सफल भएका सिमान्त लाई पोखरेली हरुले पोखरामा आउन आग्रह गरेको विषयलाई स्वीकार्दै फागुन २२, २३ र २४ गते पोखरामा आउने भएका छन् । जनताको रोग सञ्चो हुन्छ भने मानवीय सेवामा सहयागी भूमिका निर्वाह गर्न पोखरा उद्योग वाणिज्य संघका सदस्य भरत केसीले अग्रसरता निभाउने भएका छन् । भरत केसी भन्छन् “गुरुको अलौकिक क्षमता प्रति म विस्वस्त भए त्यसैले अरुलाई राहत पुगोस् भनेर यहाँ बोलाउन खोजेको हो।” दीर्घरोगीहरुलाई आमन्त्रण गर्न र स्थान व्यवस्थापनका लागि पहल गर्न उनले आम समुदायको सहयोग लिने बताएका छन् । पीडितहरु आफै आउनुहोस् गुरुको अलौकिक क्षमताबाट लाभ लिनु भई स्वस्थ्य हुनुहोस् अनि जे छ त्यो कमेन्ट गर्नुहोस् भरत केसीले भने ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: