महानगरका वडामा सलामे नगर प्रहरी मुर्ती जस्तै

सराङकोट न्यूज
7 July, 2024 10:24 am
Advertisements

पोखरा महानगरपालिकाले ३३ वटै वडामा नगर प्रहरी पठाएको छ । वडा भित्रका सडक पेटिहरुमा हुने व्यापार हटाउन , सडक र फुटपाथको अतिक्रमण हटाउन र सामान्य बिबाद समाधान गर्ने उद्देश्यले महानगरले वडा वडामा नगर प्रहरी खटायो तर नागरिकले सडक पेटिमा बजार र चोकमा नगर प्रहरी देख्न पाएका छैनम । नगर प्रहरीहरु वडा अध्यक्षलाई सलाम ठोक्दै अफिस कुर्दैमा ठिक्क छन ।
पोखरा १६ महेन्द्रगुफा मार्गको फुटपाथमा फलामको अबरोध राखेर अपाङ्गलाई अप्ठेरो पारेको अबरोध हटाउन महानगरका प्रहरी प्रमुख पुरुसोत्तम थापाको टोलि आफै आउनुपर्यो । फुटपाथको सामान्य अबरोध हटाउन समेत वडामा खटाइएका नगर प्रहरी पुगेनन महानगरकै टोलि पुग्नुपर्यो । यो एउटा नमुना मात्र हो ।अधिकास वडामा नगर प्रहरीहरु अफिसका पालेदाइ जस्तो गरि जागिर पकाइरहेका भेटिन्छन । बजारको समस्या , सडक र पेटिका समस्या नगर प्रहरीलाई खासै जानकारी राख्दैनन ।
एक जना नगर प्रहरी वडामा खटाएर हुने र गर्ने केहिपनी हुन्न । फुटपाथ मापदण्ड हटाउन त के बोल्न पनि सक्दैनन उनिहरु । वडामा एक जना मात्र नगर प्रहरी खटाउनु भनेको वडा अध्यक्षलाई सलाम ठोक्न र कोठा कोठा चाहार्नु नै मुख्य काम हुने गरेको देखिन्छ । महानगरका सुरक्षा प्रमुख इ पुरुसोत्तम थापा वडामा खटाइएका नगर प्रहरिको नतिजा प्रति सन्तुष्ट छैनन । खासै उपलब्धि देखिएन अब फिर्ता गरेर एकीकृत सेवा सुरु गर्ने तयारी भइरहेको बताउछन ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: