पारिजात खराल
नेपाल लोकतान्त्रिक यातायात ब्यबसायी संघ गण्डकी प्रदेशको प्रथम अधिबेशन शुक्रबार पोखरामा सम्पन्न भयो। अधिबेशनले संघको गण्डकी प्रदेशको अध्यक्षमा महेश बहादुर थापालाई सर्बसम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको छ। अध्यक्ष सहित कार्यसमितिका सबै पदाधिकारी र सदस्यहरु सर्बसम्मत रुपमा चयन गरिएको निर्बाचन समितिका सदस्य भानुभक्त बरालले जानकारी दिए।
उद्घाटन गर्दै नेका गण्डकी प्रदेश सभापति सुक्रनिर्बाचन समितिका सदस्य बरालका अनुसार समितिको उपाध्यक्षमा बिक्रम थापा, सचिबमा मेघराज त्रिपाठी, कोषाध्यक्षमा बाबुराम घिमिरे र सह सचिबमा गणेश बहादुर श्रेष्ठ चयन भएको छन् भने कार्यसमितिको सदस्यहरुमा चन्द्रबहादुर क्षेत्री, बिनायक बराल, दिनेश बोहोरा, नारायण दानी, राजन जोशी र सन्तोष आचार्य चयन भएका छन।
लोकतान्त्रिक यातायात ब्यबसायी संघ नेपाली काँग्रेस निकट यातायात ब्यबसायीहरु संलग्न संस्थाको रुपमा मानिन्छ। संस्थाको अधिबेशन सम्पन्न गर्न लोकतान्त्रिक यातायात ब्यबसायी संघका आमन्त्रित केन्द्रीय सदस्य भानुभक्त बराल संयोजक तथा गोकर्ण कार्की र कृष्णबहादुर अधिकारी सदस्य रहेको निर्बाचन समिति गठन गरिएको थियो।
अधिबेशनको उद्घाटन नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले गरेका थिए। उद्घाटन समारोहमा यातायात ब्यबसायी राष्ट्रिय महासङ्ग गन्डकी प्रदेश सयोजक केदार पौडेल , पृथ्वी राजमार्ग कम्पनी प्रालिका अध्यक्ष योगेन्द्र केसि , ट्याक्सी तर्फका बर्गिय सयोजक प्रकाशमणी तिवारी , लोकतान्त्रिक आदिबासी जनजाति महासङ गन्डकिका अध्यक्ष जित बहादुर गुरुङ लगाएत यातायात ब्यबसायी संग संम्बन्धित विभिन्न संघ संगठनका नेताहरुले आआफ्नो भनाइ राख्दै यातायात व्यवसायीको लगानीको सुरक्षाको लागि फेरी एकपटक आन्दोलन गर्नुपर्ने बाध्यता आएकोले सबै ब्यबसायीहरु आन्दोलनको लागि तयार रहन आग्रह गरेका थिए।