रतन पान्डे माबि आर्बामा २ महिना देखि गणित शिक्षक खाली रहेको छ । त्यहा भएकि गणित शिक्षक सावित्री कोइरालालाई बिध्यालय ब्यबस्थापन समितिले सस्कृत माबि बगरका शिक्षक बिष्णु अधिकारिसङ्गको पारस्परिक सरुवा (म्युचुअल ) लाई सहमति दियो । जेष्ठको ५ गते रतन पाडे माबिबाट सावित्री कोइरालालाई सस्कृत माबी बगरमा पठाउने निर्णय भयो भने सस्कृत माबिका शिक्षक बिष्णु अधिकारी रतन पाण्डे मा बि सरुवा हुने गरि सहमति प्रदान गरियो । दुबै बिध्यालयले गरेको गरेको त्यो म्युचुअल सरुवा केबल कागजी नाटक मात्र थियो । बिष्णुलाई रजिनामा दिने अलिखित सर्त गराएर त्यो पदमा मादी मकै खोलाको जनकल्याण माध्यमिक बिध्यालयमा कार्यरत शिक्षक हरिहर सुबेदि कलाई रतन पान्डे माबी ल्याउने योजना अघि सरेको र उनलाइ सरुवा आउन सहमति समेत हतार हतारमा दिइएको थियो तर त्यो सहमतिको अर्को पुलिन्दा खुल्न पाएको छैन । आउन चाहेका जनकल्याण माबी भाचोक मकैखोलाका शिक्षक हरिहर सुवेदी निमाबि गणित बिज्ञान बिषयका शिक्षक हुन । उनी माओबादी निकट शिक्षक सङ्गठनका मादी गाउपालिकाका अध्यक्ष रहेका छन ।
सस्कृतका शिक्षक बिष्णु अधिकारीलाई जागिर खानु थिएन । थियो भने आफ्नो घर पायकको जागिर छोडेर आर्बाको डाडो उक्लिनु थिएन । यता सावित्री कोइरालालाइ आफ्नो घर पायक रहेको सस्कृत माबिमा जसरी पनि आउनु थियो र त म्युचुअलको नाटक मन्चन गरियो ।बिष्णु अधिकारी रतन पान्डे माबी आर्बामा जम्मा २ दिन हाजिर भए अनि हासिखुशी राजिनामा दिएर बिध्यालय छोडेर पेन्सन पट्टा बनाउन तिर लागे । उनलाई त्यो म्युचुअलको खेलले आर्थिक लाभ भएको शिक्षक बृतमै गुनगुन खुब चलेको छ । एक भुक्तभोगी शिक्षक भन्छन “आर्थिक शुभलाभ बिना यो कार्य कतै पनि हुन्न घुसको कुरा त लिनेदिने बाहेक अरुलाइ गोप्य हुन्छ “। तर बिष्णु अधिकारी यो कुरा खन्डन गर्दै भन्छन ” आउने शिक्षक र ल्याउन सहमती दिने बिब्यस बीच कारोबार के भयो मलाइ थाहा छैन तर म बाट अनियमित भएको छैन ”
जेष्ठको सुरु हप्ता पूरा पढाइ हुने समय हो तर शिक्षक शिक्षक बीचको सैदाबाजिको शिकारमा बिध्यार्थी परेका छन । गणित जस्तो जटिल र मुल बिषय पढाइ हुन नपाएको २ महिना बितिसकेको छ । कहिले शिक्षकको पदपूर्ति हुने हो अबस्था अन्योल रहेको स्वयम् शिक्षा महाशाखा प्रमुख हेम प्रसाद आचार्य बताउछन । बिध्यालयले पद रिक्त रहेको सुचना गर्ने र कार्यबिधी अनुसार सरुवा पठाउन महानगरमा फाइल पठाउनु पर्ने हुन्छ तर आचार्यले भने “बिज्ञापनको सूचना र फाइल केही आएको छैन ।” अन्तरपालिका सरुवा शिक्षा बिकाश तथा समन्वय इकाइको सहमतिमा हुने भएको र गणित बिषय मात्र भए हुने ठाउमा रतनपान्डे माबिले सहमति दिएको शिक्षक हरिहर सुबेदिको गणित र बिज्ञान बिषय भएकोले सरुवा ल्याउन नमिल्ने इकाइका प्रमुख लोकनाथ आचार्यले बताएका कारण बिध्यालयले कहिले शिक्षक पाउने अझि अनिस्चित छ ।
दुई शिक्षकको सौदाबाजि र एक शिक्षकको सरुवा बिबादले गाउका बिध्यार्थिले बिषयगत अध्ययन हुन नसकेको यो अबस्था कहिले सम्म जाने हो केही थाहा छैन । रतन पान्डे मा बि प्रशासन र ब्यबस्थापन दुबैलाइ थाहा थियो कि त्यो म्युचुअल सरुवाले बिध्यालयलाइ धोका हुनेछ भन्ने बिषयमा तर जान्दाजान्दै नाटकी म्युचुअल सरुवा तिब्र गतिमा बिध्यालयले नै तमाम गरिदियो , म्युचुअल आउने शिक्षकलाइ राजिनामाको सर्त र त्यसको मक्सद हरिहर सुबेदिलाइ भाचोक बाट आर्बा तान्नु रहेको खुलेको छ तर योजना अलपत्र बनेको छ ।
। शिक्षा मन्त्रालयले सरुवा सम्बन्धी नयाँ कार्यबिधी बनाउदै गरेको सुइकोलाई मध्यनजर गरेर शिक्षक द्वय सावित्री कोइराला र बिष्णु अधिकारीले पद साट्ने र हरिहर सुबेदिलाइ रतनपान्डे इन गराउने योजना रचेको बुझिन्छ । रतन पान्डे माबिका प्रधानाध्यापक डिल्लिराम बरालले यो सरुवा मेलिलापको नाटक हो भन्ने राम्रै सङ्ग थाहा पाएका थिए । उनले नाटकी म्युचुअल सरुवा रोक्न पनि सक्थे तर आफ्नो बिध्यालयमा रोजेको शिक्षक ल्याउन पाउने भएपछी शिक्षकको म्युचुअल सरुवा प्रती प्र अ बराल रहेको बिध्यालय ब्यबस्थापन समितिले सरुवा सहमति दिए ।प्र अ बरालले टेलिफोनमा सराङ्कोट सङ्ग भने ” दुई शिक्षक बीच म्युचुअल अन्डर्स्टान्ड भएपछि रोकिएन ,सहमति दिइयो ।”
अब आयो सस्कृत मा बिको सरुवा सहमतिको कुरा । यहाँनेर सयोग र डिजाइन मिलेको छ । सस्कृत माबिमा आउन चाहाने शिक्षक सावित्री कोइराला पृथ्वीनारायण क्याम्पस पोखराका प्रमुख सरोज कोइरालाकि श्रीमती हुन । सोही क्याम्पसका उपप्राध्यापक बिष्णु अधिकारी सस्कृत माबिका बि ब्य स अध्यक्ष रहेका छन । आफ्नै चिफ सापलाई गुण लगाउन साबित्रीलाइ अनुकुल ठाउमा त्यो पनि आफ्नै बिध्यालयमा सरुवा ल्याउनु उनको लागि अबसरको कुरा हुन सक्थ्यो । आखिरी भयो त्यहि ।
रतन पाण्डे माबिका बिध्यालय र बिध्यार्थिका समस्या उस्तै छ , कसैलाई चासो छैन , लिनेले सुबिधा लिए दिनेले अबसर दिए तर सामुदायिक बिध्यालयका शिक्षक हरुले आफ्नो अधिकार खोजे , कागज मिलाए नाटक गरे बिदा भए तर बिध्यार्थी दुई महिना देखि गणित शिक्षक बिहिन छन ।
सामुदायिक बिध्यालयमा ब्यबस्थापन समिति गम्भीर र जवाफदेही हुनुपर्छ । सेटिङ मिलायर सरुवा र नियुक्तिसम्बन्धी चलखेल गर्ने तर्फ भन्दा आफ्नो बिध्यालयलाइ कसरी गुणस्तरीय शिक्षा दिने भन्ने तर्फ सोच्नु आवश्यक हुन्छ ।तर नेपालका सरकारी शिक्षा नाताबाद , कृपाबद र दलबादको भुवरिबाट बाहिरिन सकेको छैन । बिब्यस गठन गर्दा राजनितिको कालो छाँयाको प्रभाव हाबी हुन्छ । त्यही समितिबाट सुरु हुन्छ सरुवा र नियुक्तिको चलखेल । कानुनको छिद्रलाई टेकेर नितिगत भ्रष्टाचार हुँदै आएको छ । यसलाइ न्यूनीकरण गर्न पुर्ब शिक्षा मन्त्री सुमना श्रेस्ठले शिक्षक सरुवा सम्बन्धी कार्यबिधी जारी गरेकी थिइन । जेष्ठ १३ गतेबाट कार्यबिधी लागू भएपछी म्युचुअलको नाटक र चल्खेल बन्द भएको छ भने बिब्यसको अधिकार कटौती भएको छ ।
म्युचुअल सरुवा प्रकरण जस जसले जे स्वार्थमा गरेको भएपनी सकिएको छ तर यो समाचार तयार पार्दा सम्म रतनपान्डे माबी आर्बामा रिक्त गणित शिक्षकको पदपूर्ति हुने अनिस्चित छ । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कास्किका अध्यक्ष महेन्द्रमणी पौडेल गणित बिज्ञान दुबै बिषयका बिज्ञ शिक्षक ल्याउनु बिध्यालयको लागि सबैभन्दा उचित कदम हुने बताउछन । शिक्षा बिकाश तथा समन्वय इकाइ कास्किका प्रमुखले सहि समयमा सहि निर्णय दिएर शिक्षक पदपूर्ति गर्नुपर्ने अबस्था आएको छ ।