क्लब सिक्स्टीनको दादागिरी कहिले सम्म प्रहरीलाई काम नगरौ नागरिकमा असुरक्षा , काम गरौ सरुवाको चिन्ता !

सराङकोट न्यूज
30 July, 2024 9:39 pm
Advertisements

पोखराको लेकसाइड देशकै चर्चित पर्यटकिय स्थल हो । यहि मह्त्वलाइ बुझेर चैत्र ४ गते देखि लेकसाइड २४ सै घन्टा खुलाउने निर्णय सरकारले गरेको छ । सरकारले असल नियतले पर्यटन प्रबर्द्धन गर्न २४ सै घन्टा लेकसाइड खुलाएको भएपनि कतिपय रात्री ब्यबसायका कारण असुरक्षा बढेको कारण रात्रिकालिन समय लेकसाइड खुलाउने निर्णय पुनरावलोकन गर्नुपर्ने माग पोखराका पर्यटन ब्यबसायी स्वयमले गर्न थालेका छन ।
पर्यटन ब्यबसाय शान्त हुनुपर्छ , रमाइलो गर्ने रोधी , दोहोरी , क्लब , डिस्को र बारहरु ध्वनिप्रदुषण मुक्त (साउन्ड प्रुफ ) हुनुपर्छ । रमाइलो गर्नेले रमाइलो गर्न पाउनुपर्छ शान्त पुर्बक आनन्द लिएर सुत्नेले सुत्न पाउनुपर्छ तर रातभरि डिस्को बार खोलेर अशान्ति मच्चाउने गुन्डागर्दी गर्ने जस्ता कार्य हुँदै आएका कारण शान्ती सुरक्षामाथी गम्भीर प्रश्न उब्जिएको छ । केही बर्ष अघि लेकसाइडको एउटा क्लबले कुटपिट भएको सुचना पाई छुट्टाउन गएको प्रहरीलाई रक्तमुछेल हुने गरि कुटेका थिए ।
फेरि यस्तै गुन्डागर्दीका घटना लेकसाइडमा दोहोरिएको छ । असार १३ गते १६ नम्बर गल्लिमा रहेको क्लब 16 का बाउन्सरहरुले क्लबका गेटै अगाडि एक युबक माथि साङ्घातिक आक्रमण गरे घाइतेकी आमाले उजुरी दिएपछी बैदाम प्रहरीले २ जना बाउन्सरलाइ पक्राउ गरि अभद्र व्यवहार मुद्दा चलाएको थियो ।
बैदाम प्रहरी इन्चार्ज डिएसपी राजेन्द्र श्रेस्ठ र क्लब सिक्स्टीनका साहु रमेश कार्की बीच यो घटनाले दुरि बढाएको थियो । केही दिन अघि डिएसपी राजेन्द्र श्रेष्ठलाई काठमाडौ तानियो ।सामान्यतया १ बर्षमा सरुवा हुने इन्चार्जको ९ महिनामै सरुवा गरियो । अख्तियार ,प्रहरी हेड क्वाटर , गृह मन्त्रालयमा डिएसपीको बिरुद्दमा बेनामी उजुरी परेको कारण सरुवा तानिएको बताइन्छ । उजुरीमा डिएसपी श्रेष्ठले घुस मागेको , नदिने उपर दुख दिने मुद्दा चलाउने गरेको आरोप लगाइएकोले सरुवा तानेको खुल्न आएको छ । क्लब सन्चालकले यस अघि काठमाडौका केही पत्रकारहरुलाइ प्रयोग गरेर बिबादास्पद समाचार समेत छपाएर डिएसपी राजेन्द्र श्रेस्ठको उछितो काटेका थिए ।
लेकसाइडमा कृयासिल १ दर्जन बढी पर्यटन ब्यबसायीहरुको सस्थाले डिएसपी श्रेस्ठ माथी लगाइएको आरोपको खन्डन गरेको छ । बैदाम प्रहरीले कोहि कसैसङ्ग पैसा मागेको , अनावश्यक दुख हैरानी दिएको बारे केही गुनासो र जानकारी समेत नपाएको भन्दै पर्यटन ब्यबसायीहरुको सस्थाले जिल्ला प्रशासन कार्यालय , जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्याललाइ ज्ञापनपत्रसमेत बुझाएका छन । क्लब सिक्स्टीनले आरोप लगाए जस्तो बैदाम प्रहरीले अनियमित गरेको गुनासो र सुचना समेत आएको थिएन तर अचानक सरुवा तानिदा प्रहरिको मनोबल घट्न जाने र गुन्डागर्दी मौलाउन सक्ने भन्दै चिन्ता ब्यक्त गरिएको छ ।


क्लब 16 का सन्चालकले नै डिएसपी बिरुद्द बेनामी उजुरी दिएको धेरैले ठम्म्याएका छन । डिएसपी श्रेस्ठ मिडियामा आउन खासै रुचि नराखेपनी आफ्नो पुलिसिङमा भने प्रतिबद्ध मानिन्थे । जब क्लब 16 ले मनोमानी गर्न पाएन , उसको उदन्डता प्रती बैदाम प्रहरीले खबरदारी बढायो तब प्रहरिको बिरुद्दमा उजुरी गर्ने खेलमा लागे त्यो पनि बेनामी । प्रहरीले घुस मागेकै हो भने , बिना कारण दुख हैरानी दिएकै हो भने सप्रमाण उजुरी दिएको खन्डमा कारबाही नहुने कुरै थिएन त्यति पनि नभए पत्रकारलाई सप्रमाण सुचना दिएको भएपनी समाचार आउने थियो र छानबिन हुने थियो ।
तालुक निकायले बेनामी उजुरीलाइ आधार मानेर छानबिन नै नगरी तान्नुले कतै इमान्दार प्रहरी माथी अन्याय त भएको छैन भन्ने बारेमा सोचिनु पर्थ्यो । बेनामी उजुरी त आइजी माथी पनि पर्ने गरेको छ , पुर्ब गृहमन्त्री रबि लामिछाने माथी दर्जनौ किटानी उजुरी परेकै हो तर किन भएन कारबाही ?
पोखरामा केही क्लब ब्यबसायी र डिस्को बारका कारण अशान्ति मच्चाउदै आएका छ्न , रात्रि ब्यबसाय आवस्यक छैन भन्ने सन्देश दिएको छ । गुन्डागर्दीको घेरामा चल्ने ब्यबसाय पर्यटन अनुकुल मान्न नसकिने भन्दै पर्यटन व्यावसायि सस्थाहरु आफै ज्ञापनपत्रसमेत दिन थालेका छन । बैदाम प्रहरी इन्चार्जमा सन्तोष निरौला आएकाछन । उनलाइ अराजक समूह सङ्ग मिलेर जसोजसो बाहुन बाजे उसै स्वाहा गर्ने कि खरो पुलिसिङ गरि पुर्ब सहकर्मीको मार्ग पछ्याउँदै अघि बढ्ने भन्ने एउटा रोज्नुपर्ने अबस्थामा पुगेका छन ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: