यदुनाथ बन्जारा
पृथ्वीनारायण क्याम्पस पोखराका स्थायी उप प्राध्यापक ठाकुर प्रसाद आचार्य अमरसिंह माबी पोखरामा आशिक (पार्ट टाइम ) शिक्षकको जागिर खान्छन । पार्ट टाइम भएपनी मासिक ७२ हजार ४ सय १ रुपैयाँ तलब अमरसिंह माबी बाट बुझ्छन । उनले मासिक रुपमा महङ्गी भत्ता रु २ हजार , विशेष प्रोत्साहन भत्ता रु २ हजार र अतिरिक्त पारिश्रमिक भत्ता ७ हजार ४सय ८० रुपैयाँ बुझ्ने गरेका छ्न । यस्तै पृथ्वीनारायण क्याम्पसकै स्थायी उप प्राध्यापक बद्री प्रसाद पङ्गेनी मासिक ६८ हजार ३ सय ४० रुपैयाँ अमरसिंह माबिको आशिक शिक्षकका रुपमा बुझ्ने गरेका छन ।उनले पनि महङ्गी भत्ता २ हजार , विशेष प्रोत्साहन भत्ता २ हजार र अतिरिक्त पारिश्रमिक बापत ७ हजार ४ सय ८० रुपैयाँ बुझ्दै आएका छन ।
यस्तै पि एन क्याम्पसकै उप प्राध्यापक शिव प्रसाद बास्तोलाले अमरसिंह माबिको आशिक शिक्षक बापत मासिक ६७ हजार ३ सय ४० बुझ्दै आएकाछन त्यसमा उनले पनि महङ्गी भत्ता शिर्षकमा मासिक २ हजार ,विशेष प्रोत्साहन भत्ता शिर्षकमा १ हजार र अतिरिक्त पारिश्रमिक शिर्षकमा मासिक ७ हजार ४ सय ८० रुपैया बुझ्दै आएका छन । यस्तै बिन्दबासिनी सस्कृत क्याम्पस बगरका स्थायी शिक्षक रामु प्रसाद सुवेदीले अमरसिंह माबिको आशिक शिक्षक बापत मासिक ५५ हजार २ सय ४२ रुपैयाँ बुझ्ने गरेका छन त्यसमा उनले महङ्गी भत्ता बापत मासिक १९१६ रुपैयाँ , बिशेश प्रोत्साहन भत्ता ५ सय र अतिरिक्त पारिश्रमिक बापत मासिक ६१२० रुपैयाँ पाउने गरेका छ्न।
यी ४ जना आशिक शिक्षक नमुना उदाहरण मात्र हुन । हेल्मेट शिक्षक भएपनी अमरसिंह माबिका प्रधानाध्यापक भन्दा बढी तलब भत्ता बुझ्ने पात्र हुन , अधिकास अस्थायी करारले यस्तै सुबिधा लिदै आएका छन । बिध्यालयमा बिहान देखि साझ सम्म खटिने स्थायी प्र अले ८ ग्रेड जोड्दा मासिक जम्मा ६६ हजार ५ सय २० रुपैयाँ पाउँछन् । बिहान देखि साझसम्म खट्ने प्र अ सहायक प्र अ र अन्य स्थायी शिक्षकहरूलाई सुबिधामा उछिन्ने आशिक शिक्षकहरुले पुर्ण कालिन स्थायी भएको क्याम्पस बाट लिने स्थायी सुबिधा त छ यहाँ उल्लेख गर्न परेन ।
तेहरो सुबिधामा कानुनी प्रश्न
एउटा सरकारी निकायबाट स्थायी भइ सुबिधा लिएको सार्बजनिक ओहोदा ओगटेको ब्यक्तिलाइ दोहोरो सुबिधा लिन कानुनले बर्जित गरेको छ । सरकारी पिएन क्याम्पसका पुर्ण कालिन स्थायी शिक्षकले आशिक शिक्षकको जागिर खाने अमरसिंह माबि (सरकारी स्कुल )बाट महङ्गी भत्ता खानुलाइ दोहोरो भत्ता सुबिधा लिए खाएको मानिन्छ । त्यति मात्र होइन अमरसिंह माबिले आशिक शिक्षकलाई विशेष प्रोत्साहन भत्ता र अतिरिक्त पारिश्रमिक शिर्षकमा सरकारी बिध्यालयको सार्बजनिक कोषको रकमलाइ मनोमानी ढङ्गबाट बाढेको खुल्न आएको छ । पिएन क्याम्पसका स्थायी शिक्षकलाई अमरसिंह माबि प्रशासनले बिगत लामो समय देखि गैरकानुनी मानिने दोहोरो तेहेरो सुबिधा दिएको प्रकरणमा गम्भीर छानबिन हुनुपर्ने जानकारहरुले बताएका छन ।
सरकारी शिक्षक कर्मचारीले कुनै एउटा सरकारी निकायबाट मात्र महङ्गी भत्ता , पर्व (दशै )भत्ता खान पाउछ । प्राध्यापक जस्तो शैक्षिक ब्यक्तित्वले कानुन बिपरित महङ्गी भत्ता लगाएतका दोहोरो तेहरो भत्ता खानु खुवाउनुलाइ द्रब्यमोहको नमुना मान्न सकिन्छ । अझ अचम्म लाग्दो कुरा त के छ भने अमरसिंह माबिले आशिक शिक्षकलाइ अतिरिक्त पारिश्रमिक भत्ता दिए खाएको फेला परेको छ । त्यसमा पनि थपेर विशेष प्रोत्साहन भत्ता समेत खाएको बिध्यालयले दिएको लिखित सुचना बिबरणमा उल्लेख छ । आशिक शिक्षक (हेल्मेट शिक्षक ) लाई दोहोरो महङ्गी भत्ता , विशेष प्रोत्साहन भत्ता र सरकारले हटाइसकेको अतिरिक पारिश्रमिक भत्ता समेत दिनुको आधार के भन्ने प्रश्न उठेको छ । अमरसिंह माबिका प्र अ शेर बहादुर थापा आफू आउनु भन्दा धेरै अगाडिबाट विभिन्न शिर्षकमा भत्ता दिइदै आएकोले आफुले निरन्तरता दिएको प्रस्ट्याए तर त्यसरी दोहोर तेहेरो भत्ता दिने कानुनी आधारको बारेमा केही बोलेनन ।
नपढाएको बिषयमा शुल्क उठाउन मिल्छ ?
- शिक्षक कर्मचारीलाई सुबिधा दिन अमरसिंह माबी अग्रणी स्थानमा रहेको छ । हेल्मेट शिक्षक र अस्थायी करारका शिक्षक कर्मचारीलाइ महङ्गी भत्ता , प्रोत्साहन भत्ता र अतिरिक्त पारिश्रमिक भत्ता दिने स्कुलको स्रोत के हो त भन्ने सबैको जिज्ञासाको बिषय बन्न सक्छ । २०८ रोपनी जग्गाको धनी अमरसिंह माबीले कौडिको मुल्यमा जग्गा भाडामा लगाएको छ ब्यबस्थित सटर बनाउन सकेको छैन तर बिध्यार्थी सङ्ग विभिन्न शिर्षकमा शुल्क असुल गर्दै आएको छ । कक्षा ११/१२ को शुल्कको अलावा तल्ला कक्षामा समेत पढाइनै नहुने बिषयमा पनि शुल्क लिने गरेको पाइएको छ । अभिभावकले गरेको गुनासो बमोजिम कक्षा ८ मा पुगेर बिध्यार्थी सङ्ग बुझ्दा कम्युटर कक्षा शिर्षकमा मासिक शुल्क उठाएको पाइयो तर ती बिध्यार्थिले एक दिन पनि कम्प्युटर पढ्न नपाएका गुनासो गरेका थिए । कक्षा ८ को सेक्सन सि र डि मा कम्प्युटर पढाई गरिएको छैन तर शुल्क भने उठाउदै आइएको पुष्टि भएको छ । शिक्षा महाशाखा पोखराका प्रमुख हेम प्रसाद आचार्य सङ्ग बुझ्दा नपढाइकन लिएको शुल्क फिर्ता गराउने बताएका थिए ।
यसरी अनाधिकृत रुपमा शुल्क उठाएर भए खाने बर्गले पढ्ने सामुदायिक बिध्यालयले आशिक शिक्षक लगाएतका शिक्षक कर्मचारीलाई दोहोरो तेहेरो सुबिधा बाढ्नुलाइ किमार्थ राम्रो मान्न सकिन्न । यसरी अनाधिकृत शुल्क उठाउने र उठेको पैसा खट्टे बाडेझै बाड्ने कार्य बैध छ वा अबैध हेर्ने काम राज्यको जिम्मेवार निकायको कित्तामा पुगेको छ । अमरसिंह माबी एउटा नमुना पात्र हुन सक्छ। कति छन सार्बजनिक कोषमा होलि खेल्ने ? कति छन गैरकानुनी सेवा सुबिधा हजम गर्ने ? एक एक केलाइनु पर्छ सुशासन र पारदर्शिताको लागि । हामी निरन्तर खबरदारीका साथ पछ्याउँदै जानेछौ । (सचेत बिध्यार्थी अभिभावक र इमान्दार राष्ट्र सेवक शिक्षक तथा कर्मचारीबाट गोप्य सुचनाको अपेक्षा राखेका छौ )