कास्किमा ८४५२७ ट्राफिक कारबाहीबाट ६ करोड ८७ लाख राजस्व सकल्न ,दुर्घटनाबाट ४६ को मृत्यु

सराङकोट न्यूज
14 August, 2024 11:40 pm
Advertisements

सुबिधा र बिकासको आधार स्तम्भ मानिएको सडक यातायात आम सर्ब साधारण नागरिकका लागि जोखिम पुर्ण बन्दै गएको छ । बर्षै पिच्छे सडक दुर्घटना बढ्दै जानू , जनधनको क्षती बढ्ने क्रम उजालो लाग्नुले थओ चिन्ता सृजना गराएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्किले आ ब २०८०/०८१ मा ट्राफिक नियम उल्लंघन गर्ने ८४ हजार ५ सय २७ वटा सवारीलाइ कारबाही गर्दा ६ करोड ८७ लाख १३ हजार रुपैयाँ राजस्व सकलन गरेको छ । २०८० साउन देखि २०८१ असार मसान्तसम्म यो कारबाही भएको ट्राफिक कार्यालयबाट लिइएको सुचनामा खुलाइएको छ । यसरी कारबाही पर्नेमा २पाङ्ग्रे सवारी साधन रहेको छ । ४४ हजार ३०३ दुई पाङ्ग्रे सवारी कारबाहिबाट पौने ४ करोड राजस्व उठाएको छ।

कुन कुन सवारी कारबाही बाट कति उठ्यो राजस्व ?

कास्की जिल्ला ट्राफिक कार्यालयले गत आर्थिक बर्ष २०८०/०८१ मा सबै भन्दा बढि दुई पाङ्ग्रे सवारी साधनलाइ कारबाही गरेको छ । ४४ हजार ३०३ वटा सवारीलाइ कारबाही गर्दा ३ करोड ७४ लाख ४१ हजार ५ सय रुपैयाँ राजस्व असुल गरेको छ । यस्तै दोस्रो ठूलो कारबाहीमा कार जीप र ट्याक्सी परेको छ ।२७ हजार ९सय २१ लाई कारबाही गर्दा २ करोड २६ लाख ६१ हजार रुपैयाँ राजस्व उठेको छ । तेस्रो बढी कारबाही खानेमा बस बर्गका सवारी परेका छन । ६ हजार ४४ वटा बस कारबाहिमा पर्दा ४१ लाख ४६ हजार रुपैयाँ राजस्व सकलन भएको छ । चौथो सुचीमा ट्रक टिपर कारबाहिमा परेका छन जसमा ४ हजार ९ सय पच्चिस वटालाई कारबाही हुदा ३४ लाख ४८ हजार राजस्व सकलन भएको छ । भने कम कारबाहीको सुचिमा रहेको ट्याक्टर १३३४ वटा ट्राफिक कारबाहिमा परेका छ्न त्य्स बापत ९ लाख ७६ हजार ५ सय रुपैयाँ राजस्व असुली भएको छ ।
बिगत ४ बर्षको समीक्षा अबधिलाइ हेर्दा बर्षै पिछे ट्राफिक कारबाहिको सङ्ख्यामा बढोत्तरी आएको देखिन्छ । आ ब २०७६/०७७ मा ५४३५० वटा सवारी ट्राफिक कारबाहिमा पर्दा ४ करोड १० लाख १७ हजार राजस्व सकलन भएको थियो । आ ब २०७७/०७८ मा कारबाही सङ्ख्या ह्वात्तै आधा घटेको तथ्यांकले बताउछ । उक्त आबमा जम्मा २६९५० वटा मात्र कारबाही भएको देखिन्छ भने जम्मा १ करोड ९० लाख ५९ हजार ७ सय मात्रै राजस्व सकलन भएको थियो । उक्त अबधिमा जनचेतनामूलक कार्यक्रम पनि न्यून आयोजना भएको देखिन्छ ।कार्बाही कम हुनु ट्राफिकको सक्रियतामा कम भएको वा सवारी चालकहरुमा ट्राफिक चेतना बढेको भन्ने अर्थ लाग्छ ,नागरिकमा चेतनाको स्तर बढेको थियो भने २०७८ /०७९ मा कारबाही र राजस्व दोब्बर बढेको देखिन्छ यसरी समीक्षा गर्दा २०७७/०७८ कास्की ट्राफिकको सकृयता माथी प्रश्न उठाउन सकिन्छ ।
आब २०७८/७९ मा ५५ हजार सवारी कारबाहिमा परेका छ्न त्यस बाट ३ करोड ८५ लाख ९२ हजार राजस्व असुल भएको छ भने २०७९/०८० मा ७६ हजार ४ सय ६० वटा सवारी कारबाहिमा पर्दा ६ करोड ५० लाख २४ हजार राजस्व सकलन भएको देखिन्छ ,आ ब २०८०/८१ मा ८५ हजार सवारी कारबाही भइ ६ करोड ८७ लाख १३ हजार राजस्व उठेको छ । हरेक बर्ष ट्राफिक कारबाही र राजस्वमा बढोतरी भएपनी सडक दुर्घटनामा कमि नआउनु थप चिन्ताको बिषय बनेको छ ।

यस्तै कास्की ट्राफिकले मापसे कारबाहीलाई पनि तिब्रता दिएको तथ्यांकले बताउछ ।गत आबमा ९१९३ मापसे चालकलाई कारबाही गरि ९९ लाख ६० हजार राजस्व असुल गरेको छ । आब ०७९/८० मा ८५०३ जना मापसे चालक बाट १ करोड ७० लाख ६ हजार राजस्व असुल गरेको थियो । यस्तै कास्की ट्राफिकले सवारी तथा यातायात ब्यबस्था ऐन बिपरित कार्य गर्नेलाई नियन्त्रणमा लिइ कारबाहिको लागि यातायात ब्यबस्था कार्यालय पठाएको विवरण सराङ्कोटलाइ प्राप्त भएको छ । प्राप्त विवरण अनुसार १९८६ वटा स्वरुप परिवर्तन सवारी , कालो सिसा जडान गर्ने८७७ वटा सवारी , ट्याक्सी मिटर कारबाही ५८७ वटा , ५ बर्ष सवारी नवीकरण फेल ११ वटा, वायु पदूषण गरेको ६ वटा सवारी र प्रयोजन बिपरित भाडामा प्रयोग गरेको २१ वटा सवारी साधन रहेका छन । यातायात पठाइएका सवारीको राजस्व यातायात कार्यालयबाटै असुल गर्ने गरिन्छ ।

सडक दुर्घटनाले निम्त्याएको क्षति यस्तो छ

कास्की जिल्लामा गत एक बर्षमा सवारी दुर्घटनामा परि ४६ जनाको मृत्युु भएको कास्की ट्राफिकले दिएको विवरणमा उल्लेख छ । त्यसमा पुरुष ३० जना महिला १४ जना र बालक २ जनाको मृत्यु भएको छ । गम्भीर घाइते ६१ जना , साधारण घाइते ३२ जना रहेका छन ।कास्किमा एक बर्षको अबधिमा ९० वटा सवारी दुर्घटना भएको छ दुर्घटनामा सलग्न सवारी सङ्ख्या १२१ रहेको ट्राफिकले दिएको विवरणले बताउछ ।
बिगत ४ बर्षको समीक्षा अबधिलाइ हेर्दा आ ब २०७९/०८० मा सबै भन्दा बढी ११७ वटा सवारी दुर्घटना भएको देखिन्छ भने ४४ जनाको मृत्यु र १२३ जना गम्भीर घाइते भएका थिए । आब २०७६/०७७ मा ९९ वटा दुर्घटना हुदा ४३ जनाको मृत्यु र ७४ जना शक्त घाइते हुन पुगेका छ्न । यस्तै २०७७/०७८ मा ६४ वटा सवारी दुर्घटना भएको र उक्त दुर्घटनाबाट ४३ जनाको मृत्यु ३२ जना शख्त घाइते भएका छ्न । आब २०७८/७९ मा ९८ वटा सवारी दुर्घटना हुदा ५५ जनाको मृत्यु र ७९ जना गम्भीर घाइते भएका थिए । ५ बर्षको अबधिमा सवारी दुर्घटनाबाट १० जना अबोध बालबालिकाको मृत्यु भएको छ ।
नेपालमा सवारी दुर्घटनाको चित्र डर लाग्दो छ । असुरक्षित यात्राको त्रास बेहोर्दै यात्रा गर्नु पर्ने बाध्यतामा छन तर सरकारले दुर्घटना न्यूनीकरणतर्फ खासै उपलब्धि हासिल गर्न सकेको पाइदैन । दुर्घटनाको मुख्य कारण चालकको लापरबाही , तिब्र गतिमा ड्राइभिङ ,मापसे गरि सवारी चलाउनु , गैर्ह चालकले सवारी चलाउनु , सडकको दुराबस्था , छाडा चौपाया लगाएतका बिषय रहेको कास्की ट्राफिक इन्चार्ज प्र नि भानु शर्मा बताउछन । कारबाही र सचेतना मुलक कार्यक्रमलाई अझ थप सकृयता पुर्बक अगाडि बढाउन आवश्यक रहेको प्रनी शर्मा बताउछन ।”

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: