इन्द्रराज्य माबिमा” बुक फ्री फ्राइडे ” नयाँ अभ्यासको सुरुवात ।

सराङकोट न्यूज
22 August, 2024 10:48 pm
Advertisements

इन्द्ररज्य माबि लामाचौरका बिध्यार्थिहरुले हरेक शुक्रबार प्रयोगात्मक शिक्षा लिने अबसर पाएका छन ।नर्सरी देखि कक्षा १२ सम्मका बिध्यार्थिहरुले कक्षाको तह हेरि फरकफरक प्रयोगात्मक शिक्षा लिने अबसर पाएका छन । नर्सरी देखि कक्षा १ सम्मका बिध्यार्थिहरुले ब्यक्तिगत सरसफाइ सम्बन्धि अभ्यास गर्नेछन । आफ्नो र घर कोठाको सरसफाइ ,सजावट गर्ने प्रयोगात्मक अभ्यास गराउने गरिएको छ । शुक्रबार स्कुल आउँदा किताबका गरुङ्गा झोला बोक्न नपरेपछी बालबालिकाहरुमा खुसी सन्चार गराएको छ त्यो खुसिले उनिहरुमा ब्यबहारिक ज्ञान लिन उत्साहित बनाएको शिक्षकहरु बताउछ्न ।


कक्षा २ का बाबू नानीहरूलाई कागज कला (पेपेर क्राफ्ट) बनाउन सिकाइएको छ । फालिएका कागजबाट कलात्मक सामग्री र खेलौना बनाउने प्रयोगात्मक अभ्यास गराइएको छ भने कक्षा ३ का बाबुनानिहरुलाइ सियो धागो सम्बन्धि सीप सिकाएर सिलाइ सम्बन्धि अभ्यास गराइएको छ । यस्तै कक्षा ४-५ का बाबुनानिहरुलाइ उनिका सामग्री टोपी गलबन्धी र रुमालहरु बन्न सिकाइएको छ ।
कक्षा ६ देखि माथिल्लो तहका बिध्यार्थिहरुलाइ छात्र छात्राको अलगअलग सीप सिकाउने प्रबन्ध बिध्यालयले मिलाएको छ । ६ देखि ८ कक्षा सम्मका छात्राहरुलाइ पुजा सामग्रीमा प्रयोग हुने धुपहरु बनाउन सिकाइएको छ भने सोही तहका छात्रहरुलाइ बेत बासबाट बन्ने सजावटका सामग्रीहरु ( बाम्बो क्राफ्ट ) बुन्न सिकाइएको छ । कक्षा ९ देखि १२ सम्मका छात्राहरुलाइ फेब्रीक क्राफ्ट बनाउन अभ्यास गराइएको छभने छात्रहरुलाइ हाउस वाएरिङ सम्बन्धी सीप सिकाइएको छ ।
प्रत्येक हप्ताको शुक्रबार यी बिध्यार्थी हरुको लागि जीबनोपयोगी शिक्षा कार्यक्रम सुरु गरिएपछी बिध्यार्थिहरु थप जिज्ञासु र उत्साही बनेका छन । दुइवटा शुक्रबार भयो इन्द्रराज्य माबिले बिध्यार्थीहरुलाइ जिबनोपयोगी प्रयोगात्मक सीपजन्य क्रियाकलाप सिकाउन थालेको ।हामिले स्थलगत रुपमै गएर अबलोकन रिपोर्टिङ गर्दा बिध्यार्थिहरु भटाभट काम गरिरहेका थिए । उनिहरुको आखामा उत्साह र उमङ्ग दुबै झल्किन्थ्यो मानौ अब घरमा आइपर्ने सबै गर्जो उनिहरु आफै टार्नेछन । हाउस वाइरिङ सिक्दै गरेका एक बिध्यार्थिले भने ” अब घर कोठाको बत्ती जोड्न , स्वीच फेर्न , फ्युज हाल्न मान्छे खोज्न पर्दैन आफै गर्न सकिन्छ ” । हुर्कदै गरेका कलिला मुनाहरुको सिर्जनात्मक दिमाखले प्रयोगात्मक सीप टपक्कै टिपेको सहजै बुझ्न सकिन्छ ।


किताबी किरो बन्नु मात्र शिक्षा होइन त्यो भन्दा उपयोगी शिक्षा प्रयोगात्मक शिक्षा हो भन्ने बुझेर इन्द्रराज्य माबिले बिध्यार्थी र अभिभावकको मनको कुरा बुझेर “पुस्तक रहित स्वतन्त्र सिकाइ “लाइ समेटेको छ । बिध्यालय ब्यबस्थापन समितिले उत्साह पुर्बक कार्यक्रममा सहयोग गरेको बिध्यालयका प्रधानाध्यापक केशब प्रसाद अम्गाइ बताउछन । बिध्यार्थिलाइ समय सापेक्ष ब्यबहारिक शिक्षा दिन बिध्यालय ब्यबस्थापन समिती , शिक्षक अभिभावक संघ र बिध्यालय प्रशासनको त्रिपक्षीय ऐक्यबद्धताले नतिजामुखी परिणाम ल्याउन थालिसकेको छ ।
किताबी कोरा ज्ञान र घोकन्ते शिक्षाले दिने नतिजा भन्दा दैनन्यदिन उपयोगमा आउने जिबनोपयोगी ब्यबहारिक शिक्षा थप प्रभावकारी बन्न सक्छ । त्यति मात्र होइन बिध्यालयले गरेको यो सुरुवातले कलिला मुनाहरुलाइ जिबनको ब्यबहारिक शैक्षिक पक्ष र प्राबिधिक धारको शिक्षाको महत्वलाइ बिजारोपण गर्न सक्ने अपेक्षा गरिएको छ । भए खाने बर्गका बिद्यार्थीहरुले पढ्ने सामुदायिक बिध्यालयहरुले राज्यको लगानिको उपर्युक्त प्रतिफल दिन इन्द्र राज्य माबिले सुरुवात गरेको “बुक फ्री गूड फ्राइडे ” सह सिकाइ तथा अतिरिक्त कृयाकलाप अनुकरणीय बिषय बनेको छ । बिध्यालयका प्रधानाध्यापक केशब अम्गाइ भन्छन यो कार्यक्रमलाइ बिस्तृतिकरण गर्दै थप निरन्तरता दिइनेछ । हाललाइ सिकाइमा केन्द्रित गर्ने र आउदा दिनहरुमा पढ्दै सिक्दै कमाउदै गर्ने तर्फ बिध्यार्थिहरुलाइ प्रोत्साहन गरिने नीति लिइने बिब्यसका सदस्य तथा अनुगमन समितिका सयोजक चित्र बहादुर थापाले बताए । पोखरा १६ का वडा अध्यक्ष अमृत शर्मा तिम्सिनाले महानगर भित्र आफ्नो वडाको बिध्यालयले बुक फ्री एजुकेसनको सुरुवात गरेको दाबी गरे । यो कार्यक्रमलाई निरन्तरता एबम थप प्रभाबकारी बनाउन वडाको तर्फबाट सहयोग गरिने बताएका छन ।

Advertisements


इन्द्रराज्य माबिमा हाल १०५० जना बिध्यार्थी अध्यनरत छन । स्थायी शिक्षक २० जना ,अनुदानका ३ जना र निजि स्रोतका २४ जना शिक्षक कार्यरत रहेको बिध्यालयको सुचना अधिकारी सीता पौडेलले बताइन । कास्की जिल्लाको उत्कृष्ट ५ औ भित्र पर्न सफल इन्द्रराज्य माबिलाइ थप अब्बल शैक्षिक हब बनाउन सरोकारवाला निकाय र स्थानिय नागरिकको सकारात्मक सहयोगको आवश्यकता महसुस गरिएको छ । सामुदायिक बिध्यालयका शिक्षकहरुले आफ्नो बिध्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउन आफै बाट सुरुवात गरि ” मेरो शिक्षण मेरो बिस्वास ” भन्ने अठोटका साथ आफ्ना छोराछोरी आफ्नै बिध्यालयमा पढाउन सुरु गर्नुपर्छ तब मात्र राष्ट्रिय शिक्षा नितिले सार्थकता पाउन सक्छ ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: