यो बर्ष सडक दुर्घटनाले कहालीलाग्दो अवस्था सृजना गराएको छ । ९ गते बिहानै मुग्लिन-नारायणगढ सडक खण्डको घुमाउनेमा एकाबिहानै बस दुर्घटना भएको छ। महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस सडक छेउमा पल्टिएको छ।
उक्त बस भरतपुर महानगरपालिका वडा नम्बर २९ घुमाउने भन्ने स्थानमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालले जानकारी दिए। त्यस बस दुर्घटनामा १० जना सामान्य घाइते भएका छन्।
साइडमा रहेको बारले जोगाउँदा बस नदीमा खस्नबाट जोगिएको छ । विवरण आउँ बाँकी छ । घटना किन कसरी भयो भन्ने तथ्य खोजिन पर्छ । एउटै ड्राइभर बाट लामो यात्रा बस चलाउने गरिएको पो होकि भन्ने सङ्का उब्जाएको छ । २५० किमि भन्दा लामो यात्रामा २ जना चालक राख्ने प्राबधान भएपनी राजमार्गमा रहेको ट्राफिक प्रहरिको टिप्सको लोभमा एउटै चालकलाइ चलाउने छुट दिने गरेको कुरा नौलो होइन, राज्यले खोजी हुनुपर्छ ।