Advertisements
शुक्ला साहित्य प्रतिस्ठान द्वारा आयोजित २५ औ शृङ्खला को कृष्ण भजन प्रतियोगितामा ॐकार भजन समुह फुलबारी ११ प्रथम हुन सफल भइ नगद १ लाख पुरस्कार जित्न भएको छ । दोस्रो स्थान देबिस्थान भजन समूह पोखरा २५ हेमजाले प्राप्त गरि ७५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्न सफल भएको छ । तेस्रो स्थान बडहरबोट भजन समुहले प्राप्त गरि नगद ५० हजार जित्न सफल भएको छ ।यस्तै मुक्तेस्वर खैजेडी लोक भजन समूह टोखा काठमान्डू र बिन्ध्यबासिनी माबि पोखरा १६ ले सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भइ नगद २५/२५ हजार रुपैयाँ पुरस्कार पाएका छन ।
१७ वटा समुहले प्रतिस्पर्धामा सहभागिता जनाएका थिए । सहभागी समुह दर्ता शुल्क ३ हजार लिएपनी सहभागी समुहलाइ नगद ५ हजार सहभागिता प्रोत्साहन सुल्क प्रदान गरिएको प्रतिस्ठानका प्रचारप्रसार सयोजक राम प्रसाद पौडेलले सराङ्कोटलाई बताए । काठमान्डू लगाएतका विभिन्न ठाउबाट प्रतियोगितामा सहभागी भएका थिए ।
प्रतियोगिताको निर्णायकमा सृजना थापा ,प्रा डा कुश्माकर न्येउपाने , नवराज बराल , शिव प्रसाद पराजुलिं र अम्बिका मोहन भट्टराई रहेका थिए । निर्णयलाइ निस्पक्ष बनाउन विभिन्न परिधिभित्र समेटिएको प्राडा कुश्माकर न्येउपानेले बताए ।
प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लिराज भट्टले गरेका थिए । कार्यक्रमको मुल आयोजक समारोहका अध्यक्ष प्रतिस्ठानका अध्यक्ष हरि बहादुर बरुवालको अध्यक्षतामा भएको थियो । प्रतियोगिताको सन्चालन कलाकार प्रजापति पराजुली र कार्यसमितिको तर्फबाट सचिब दिपेन्द्र बानिया र का स स सुनिता देबकोटाले गरेकी थिइन ।
Advertisements
Advertisements