८ बर्ष सम्म अधिबेशन नभएपछि अकला मन्दिर धार्मिक क्षेत्र बिकास समितिको बैधानिकता माथी प्रश्न ,

सराङकोट न्यूज
27 August, 2024 6:41 pm
Advertisements

यदुनाथ बन्जारा

पोखरा १९ मा रहेको प्रसिद्ध शक्तिपिठ अकला मन्दिरको मातृ सस्था अकला मन्दिर धार्मिक क्षेत्र बिकास समितिको बैधानिकता माथी प्रश्न उठेको छ। बिधानले तोकेको अबधिमा अधिबेशन नगरिदा लामो समय देखि समितिको नेतृत्व परिवर्तनले बैधानिकता पाउन नसकेको भन्दै समिती भित्र मात्र नभइ स्थानीयहरुले असन्तुष्टि ब्यक्त गरेका छन ।
बिधान अनुसार समितिको कार्यकाल ३ बर्ष सम्म रहने प्राबधान रहेको समितिका अध्यक्ष बाबुराम गौतम स्वयम बताउछन । उनले त्यसो भनिरहदा उनकै नेतृत्व बिगत ८ बर्ष देखि अबिछिन्न कार्यरत रहेको छ ।२०७४ सालमा भएको अधिबेशनले अध्यक्ष चुनिएका गौतमले अधिबेशन भेला नगराउदा ८ बर्ष सम्म एउटै समिती अस्तित्वमा रहेको पाइन्छ । २०७६ साल पछि हाल भइरहेको मौजुदा समितिले कानुनी हैसियत गुमाएको छ । बार्षिक साधारण सभा समेत नगरिएको बिषयमा पनि कतिपय स्थानियले गुनासो गरेका छन । समितिका सचिब रामचन्द्र आचार्यले बार्षिक साधारणसभा समेत नभएको स्वीकार गरेकाछन । करिब ५ सय आजिबन सदस्य रहेको अकला मन्दिर धार्मिक क्षेत्र बिकास समिती सदस्यहरुको म्यान्डेटलाई बेवास्ता गरि कसको इसारामा चलेको छ भन्ने प्रश्न तेर्सिएको छ ।
समितिले बैधानिक हैसियत गुमाएको अबस्थामा समितिले गरेका काम र कारोबार के हुने भन्ने छुट्टै बहसको बिषय बनेको छ । म्याद गुज्रिएको अबस्थामा समितिले विभिन्न योजना बिकाश निर्माण गरेको छ भने गत बर्ष मात्र ३० लाख रुपैयाँमा मन्दिर जाने बाटोको लागि जग्गा खरिद गरेको छ , जग्गा खरिद गरिएको कुरा समेत साधारणसभा बाट अनुमोदन हुन नसकेको बुझिएको छ । जग्गा खरिद गरेको एक बर्ष बित्दा पनि बाटो खुलाइ गेट निर्माण हुन सकेको छैन । अध्यक्ष बाबुराम गौतमका छोरा शिव गौतमले सटर कबल बनाइ पसल गर्दै आएको उक्त स्थान कहिले खाली हुन्छ र प्रवेशद्वार बन्छ भन्ने बिषय अझै अनिश्चित छ । सटर लिजमा लिएर बसेका शिव गौतमले आफ्नो सटर बनाएको खर्चको क्षेतिपुर्ती नपाइ नहट्ने बताउदै आएका छन ।


शिव गौतमको अडानले मन्दिरले खरिद गरेको जग्गाको उपयोगमा अबरोध आएको बुझिन्छ । रुपनाथ गौतमको श्रीमती पुर्बी गौतमबाट धार्मिक क्षेत्र बिकास समितिले गत बर्ष खरिद गरिएको जग्गामा रहेको सटर कबलको लिज करारको बारेमा अकला मन्दिर धार्मिक क्षेत्र बिकास समितीले दायित्व लिन कानुनत मिल्दैन । जग्गा बिक्रि गर्ने ब्यक्ति सङ्ग लिजको बारेमा के सहमति भएको थियो भन्ने बिषयमा समितिले चिन्दैन । समितिका सचिब रामचन्द्र आचार्य यो बिषयमा स्पष्ट देखिन्छन , उनी भन्छ्न “समितिले किनेको जग्गा हो सरचना होइन क्षेतिपुर्ती दिन मिल्दैन ।” आफु कानुनबिपरित क्षेतिपुर्ती दिएर बिकास समितिलाइ नोक्सान पुर्याएर ब्यक्ती पोस्ने निर्णयमा सहमत हुन सकिन्न सचिब आचार्यले भने ।
यता अध्यक्ष बाबुराम गौतम आफ्नै छोरालाइ कसरि राहत दिन सकिन्छ भन्ने बिषयमा चिन्तित देखिन्छन । उनी आफै अबैध भइसकेका छन । खरिद गरेको बाटोको जग्गामा प्रवेशद्वार बनाएर मात्र अधिबेसन गर्ने दाउमा छन । बिकाश समितिका अधिकास पदाधिकरि र सदस्यहरु तत्काल अधिबेशन गरेर अबैधानिक आरोपबाट चोखिन चाहान्छन तर अध्यक्ष गौतम आलटाल गर्दै आएका कारण सिङ्गो समिती अनिर्णयको बन्दी बन्न पुगेको छ ।

Advertisements


अधिबेशन यथासक्य छिटो गरि कानुनको सम्मन गर्न ,मन्दिर परिसर वरिपरि मादक पदार्थको सेवन र कारोबार बन्द गर्नुपर्ने , हालसम्मको आय ब्यय सार्बजनिक गर्नुपर्ने ,खरिद गरेको जग्गामा तत्काल बाटो निकास खोलीनुपर्ने लगाएतका बिषयमा समितिका आजिबन सदस्यहरुले माग गरेका छ्न । पोखरा १९ का बिकाश प्रेमी सामाजिक अभियन्ता सबिन जिसि तत्काल अधिबेशन बोलाइ कानुनी ट्र्याकमा हिड्न अकला धार्मिक क्षेत्र बिकाश समितिका अध्यक्षलाई सल्लाह दिदै आएका छन । तर अध्यक्ष बाबुराम गौतम मंसिरमा अधिबेशन गर्ने बताउदै आएका छ्न । ५ बर्ष म्याद नाघेर सस्था अबिध भैसक्दा पनि निकास दिने पहल नथाल्नुलाइ बिडम्बना मानिएको छ ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: