भाद्र ५ गते -पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रक्राउ परेका पूर्व सचिवसमेत रहेका अनुज नकर्मी पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
६ गते -माछापुच्छ्रेको भुर्जुङखोलामा धार्मिक महोत्सव सुरु,पहिलो दिनमानै ११ लाख बढी संकलन । गापा अध्यक्ष मीन बहादुर गुरुङ्गले गरे उद्घाटन ।
७ गते -तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरामा भारतीय पर्यटक बोकेको बस दुर्घटना हुँदा घाइते भएकामध्ये १२ जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।
७ गते -पोखरा महानगरपालिका वडा नम्बर १७ को घारीपाटन चोकमा स्कुल बस अनियन्त्रित भई दुर्घटना एक जना घाइते भएका छन् ।पोखरा ८ मा रहेको न्यू मोडल सेकेन्डरी स्कुलकाे ग१क ४६६१ नम्बरको बस दुर्घटना हुँदा चालक पोखरा ९ बस्ने ५४ वर्षीय दलबहादुर गुरुङ घाइते भएका हुन् ।
७ गते -पोखराको सिर्जनाचोकमा स्कुटर ठोक्किँदा धौलागिरी दोहोरीका म्यानेजर गुरूङको निधन ।
८ गते – भारत सरकारले तनहुँको आँबुखैरेनीमा भएको सडक दुर्घटनामा ज्यान गुमाएका भारतीय पर्यटकहरूको शव फिर्ता गर्न विशेष विमानको व्यवस्था गर्ने भएको छ।
८ गते -रामेछापको दोरम्बा शैलुङ गाउँपालिका– ३ मा गएराति पहिरोले तीन घर पुरिँदा ६ जनाको मृत्यु भएको छ भने अन्य चारजना हराइरहेका छन् । एकजनाको अवस्था गम्भीर छ ।
९ गते -मुग्लिन-नारायणगढखण्डको घुमाउनेमा एकाबिहानै बस दुर्घटना भएको छ। महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस सडक छेउमा पल्टिएको छ।
९ गते -काठमाडौं । सामाजिक सुरक्षा भत्तासहित सार्वजनिक सेवा लिनका लागि राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गर्ने सरकारको निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
९ गते -झापामा १६ वर्षीय बालिकालाई एकै रात छुट्टाछुट्टै स्थानमा सामूहिक बलात्कार गरेको आरोपमा ६ जना पक्राउ परेका छन् । पपक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–५ का १९ वर्षीय अनि््,ष लिम्बू, अर्जुनधारा–८ का ३४ वर्षीय सरोज राई र २५ वर्षीय केशव मगरलाई पक्राउ गरेको छ ।
९ गते -भारत बिहारको समस्तीपुर जिल्लामा नेपालीहरु सवार बस दुर्घटना भएको छ । दुर्घटनामा कम्तीमा ३० भन्दा बढी घाइते भएका छन् ।४३ जना सवार ना ७ ख ६४४६ नम्बरको उक्त बसलाई शनिबार राति पछाडिबाट एक ट्रकले ठक्कर दिएको र अनियन्त्रित भएर पल्टिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्
९ गते -इन्टरनेसनल चेम्बर अफ कमर्स (आइसिसी)को नयाँ नेतृत्व चयन भएको छ । आइतबार सोल्टी होटेलमा सम्पन्न साधारण सभाले राजेशकाजी श्रेष्ठको नेतृत्वमा ३७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
९ गते -संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८१ लाई जनस्तरमा स्मरणीय तथा हर्षोल्लासका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ।
९ गते -कुलमानलाई कारबाही सिफारिस गर्ने ‘रेडिमेड’ मस्यौदामा बहुमत सदस्यले आपत्ति जनाएपछि सभापति पोखरेलले गरे बैठक नै स्थगित
९ गते -नेकपा एमालेले डेडिकेटेड फिडर र ट्रंकलाइनको विद्युत् बक्यौताको विषयमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र ऊर्जामन्त्री शक्ति बस्नेतलाई स्पष्टीकरण सोध्न प्रस्ताव गरेको छ।
१० गते -प्रधानमन्त्री केपी शर्मा ओलीले भद्रकालीमा निर्माण भएको जिल्ला प्रहरी परिसर, काठमाडौंको नयाँ भवन उद्घाटन गरेका छन् । सोमबार बिहान आयोजित कार्यक्रमका बीच प्रधानमन्त्री ओलीले भवन उद्घाटन गरे ।
१० गते – प्रदेश प्रमुख डिल्लिराज भट्ट द्वारा शुक्ला साहित्य प्रतिस्ठान द्वारा आयिजित भजन प्रतियोगिताको उद्घाटन ।
Advertisements
Advertisements
Advertisements