“सद्भाव र सहकार्यका लागि एकता”भन्ने नाराका साथ दीप युनाइटेड क्लब पोखरा १६ ले बार्षिक कार्ययोजना अनुसार यस वर्ष पनि रक्तदान जीवनदान भन्ने कार्यक्रमलाई निरन्तरता दिँदै आज पोखरा १६ को दीप स्थित सुन्दरकीड चोकमा आयोजित बाह्रौं खुल्ला रक्तदान कार्यक्रम बाट ९० युनिट ब्लड संकलन गरेको हो ।
प्रमुख अतिथि अमृत तिमेलसिनाले ब्यानरमा हस्ताक्षर गर्दै बिन्माध्यबासिनी माध्यमिक विद्यालयका निरन्तर ५२ पटक रक्तदान गरेका रक्तदाता रामबहादुर बानियालाई ब्लड ब्याग हस्तान्तरण गरेर रक्तदान कार्यक्रम उद्घाटन गरेका थिए । कार्यक्रमका प्रमुख अतिथी शर्माले रक्तदान जीवनदान हो भन्दै हरेक स्वस्थ मान्छेले रक्तदान हरेक ३/३ महिनामा गर्न सकिने बताए । १२ वर्षदेखि तीज को अबसर पारेर गर्दै आएको यो कार्यक्रम आफैमा सराहनीय भएको बताएका थिए । हरेक वर्ष यसरी गरिने कार्यक्रमहरूबाट सङ्कलित ब्लड बाट हरेक व्यक्तिको प्राण बच्ने हुँदा यस्ता सरानीय कार्यहरु वडाभित्र रहेका सबै संघसंस्थाहरुले गर्ने हो भने मानव जातिको कल्याण हुने प्रमुख अतिथि अमृत तिमिल्सिनाले बताए।
दीप युनाइटेड क्लब पोखराका अध्यक्ष खेमराज आचार्यको अध्यक्षतामा आयोजित युनाइटेड क्लबको बाह्रौं खुला रक्तदान कार्यक्रमलाई संस्थाका सचिव भीमप्रसाद आचार्यले सञ्चालन गरेका थिए । कार्यक्रममा विशिष्ट अतिथि हार्ड रोग विशेषज्ञ डा. निरज रन्जितको र विशेष अतिथ्यता बगरका प्रहरी सहायक निरीक्षक तारा बि क , लक्ष्मी सनराइज बैकका गन्डकी प्रदेश प्रमुख उज्ज्वल बैध , पोखरा १९ का वडा सदस्य बिकास आचार्य लगाएतले रक्तदान गर्नुका साथै रक्तदाता हरुलाइ प्रमाणपत्र र क्लबको लोगो अङ्कित मायाको चिनो प्रदान पत्र गरेका थिए ।
क्लबका अध्यक्ष खेमराज आचार्यले संस्थालाई स्थापनाकाल देखि नै माया गर्ने स्थानीय व्यक्तित्वहरूको आतिथ्यता र स्थानीय व्यक्तिहरूकै जागरणमा भएको ब्लड संकलन कार्यक्रमबाट ९० युनिट रगत संकलन गरि कार्यक्रमलाई सफल बनाइदिएको प्रती सम्पूणलाई धन्यवाद व्यक्त गरेका थिए ।