गन्डकीमा मन्त्रिपरिषदले पायो पूर्णता ,मनाङ्गेको असन्तुष्टि , अन्तत दिए राजिनामा ,

सराङकोट न्यूज
2 September, 2024 7:48 pm
Advertisements

सोमबार नेकपा एमालेबाट नियुक्त ४ जना मन्त्रीले शपथ लिएसँगै मन्त्रिपरिषदले पूर्णता पाएको छ । नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङ दीपक मनाङे० को मन्त्री पद कायमै राखेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन् एमाले केन्द्रीय लेखा आयोग सदस्य पद्मा जिसीको नेतृत्वमा गएका ४ जना मन्त्रीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको सपथ खुवाएका हुन् ।

नवलपुरकी पद्माले कृषि, भूमि व्यवस्था तथा सहकारी, बागलुङका कृष्ण पाठकले स्वास्थ्य, पर्वतका मित्रलाल बस्यालले उद्योग तथा पर्यटन र कास्कीका प्रकाशबहादुर केसीले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रीका रुपमा शपथ लिएका छन् ।गण्डकीमा ७ बाट बढाएर ९ मन्त्रालय बनाएपछि एमालेले ४ मन्त्रालय पाएको हो । सामाजिकबाट फुटाएर स्वास्थ्य बनाइएको हो भने एउटै मन्त्रालय रहेको उद्योग तथा पर्यटन र वन तथा वातावरणलाई दुई वटा बनाइएको छ । एमालेबाट भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाउने केसी समानुपातिक तर्फका सांसद हुन्। केसी लामो समयसम्म राष्ट्रिय प्रजातन्त्र पार्टीमा आवद्ध थिए। कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएकी जिसी नवलपुर २ को ‘क’ बाट विजयी सांसद हुन्। स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउने पाठक बागलुङबाट समानुपातिक सांसद चुनिएका हुन्। उद्योग मन्त्रालय प्राप्त गर्ने बस्याल पर्वत प्रदेश सभा ‘ख’बाट निर्वाचित भएका हुन्। एमालेले मन्त्री बनाएकामध्ये मित्रलाल र पद्मा जिसी पृथ्वीसुब्बा तथा प्रकाशबहादुर र कृष्ण खगराज निकट हुन्। ९ सदस्यीय मन्त्रिपरिषद्‌मा कांग्रेसको तर्फबाट विन्दुकुमार थापा सामाजिक विकास,युवा तथा खेलकुद र डा। टकराज गुरुङ आर्थिक मामिलामन्त्री रहेका छन्।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री दीपक मनाङेको जिम्मेवारी हेरफेर गर्दै वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको हो । मनाङेले मन्त्रालय भागबन्डामा असन्तुष्ट भएका छन् । उनले नयाँ पाएको मन्त्रालय बहिस्कार गर्ने बताएकाछन ।

Advertisements

एमालेका मन्त्रीको शपथ ग्रहणपछि उनी ‘लिन्न यस्तो मन्त्रालय, जुनियरले लिने मन्त्रालय हो’ भनेर निस्किएका थिए । मुख्यमन्त्री पाण्डेसँग रुष्ट बनेका मनाङेले हालसम्म नयाँ मन्त्रालयको जिम्मेवारी सम्हालेका छैनन् । यातायात मन्त्रालयमा ठूलो बजेट चलाउन पाउने , ठेक्का पट्टाको खेलोमेलो गर्न पाउने भएपछी मुख्य मन्त्री पछि भौतिक पुर्बाधार तथा यातायात मन्त्रालय दोस्रो नम्बरको मन्त्रालय बनेको छ । यो समाचार तयार पार्दै गर्दा मन्त्रालय भागबन्डामा असन्तुष्टि जनाउँदै गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री राजीव गुरुङ ऊर्फ दीपक मनाङेले राजीनामा दिएका छन् ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: