फर्निचर व्यावसायि संघद्वारा अनुगमनको नाममा सिकर्मिबाट रकम असुली, नदिए मेसिनऔजार जफत

सराङकोट न्यूज
3 September, 2024 10:51 am
Advertisements

के तपाई सिकर्मी कालिगड बोलाएर आफ्नो घर पसलमा फर्निचरको काम लगाउन खोज्दै हुनुहुन्छ ? त्यसो हो भने तपाइ समस्यामा पर्नुहुने अबस्था पोखरामा रहेको पाइएको छ । हो फर्निचर तथा फर्निशिङ ब्यबसायि नामको सस्थाले
तपाइको घर पसलमा अनुगमन गरेर काम गर्न रोक्ने , कालिगड सिकर्मिको औजार मेसिन जफत गरेर लैजाने गरेको गुनासो आउने गरेको छ ।
फर्निचर तथा फर्निसिङ व्यावसायि संघमा दर्ता नभई काम गर्न नपाउने भन्दै संघले अनुगमन समिती नै बनाएर बजारमा खटाएको छ । उपाध्यक्ष रुद्र नेपालीको नेतृत्वमा खटिएको कथित अनुगमनमा सरकारी निकायको न अनुमति छ न सम्लग्नतानै छ । संघको सदस्यता नलिइकन कुनै ब्यक्तिको घर , पसल र कार्यालयमा काम गर्ने छुट छैन कसैलाई । त्यसरी संघमा दर्ता नगरी काम गरेको पाइएमा सिकर्मी कालिगडको समान बलपुर्बक जफत गर्ने नीति लिएको पाइएको छ । त्यसरी सामान औजार जफत गर्ने कुनै कानुनी आधार देखिदैन तर संघले सिन्डिकेट लाद्न कार्टेलिङ गर्ने गरेको बुझिएको छ ।
केही दिन पहिला पोखराको पन्थी गल्लिमा एउटा पसलको काम गर्दा गर्दै दिलिप शाह नामका एक कालिगडको समान औजार बल पुर्बक जफत गरिएको बताउछन । कास्की प्रहरी कार्यालयको सय मिटरको दुरिमा फर्निचर तथा फर्निशिङ व्यावसायि संघले काम गर्ने मजदुरको समान बलपूर्वक खोसियो ।उनले समान फिर्ता पाउन वार्ड कार्यालय र जिल्ला प्रहरी कार्यालय कास्किमा निबेदन दिए तर पिडितले न्याय पाउन मुस्किल पर्यो । कानुन हातमा लिएर बलपूर्वक समान जफत गर्ने उद्देश्य बारे संघका उपाध्यक्ष तथा अनुगमन उपसमितिका सयोजक रुद्र नेपाली सङ्ग सोधपुछ गर्दा आफ्नो सस्थाको सदस्य नबनी अरुको ब्यक्तिगत काम गर्न नपाइने सस्थाको नीति रहेको बताए । सस्थाको सदस्य बन्न १० हजार ३ सय रुपैयाँ दस्तुर बुझाउन पर्ने उपाध्यक्ष रुद्र नेपालिल्ले बताए ।
यसरी कालिगड सिकर्मिको ब्यक्तिगत समान औजार जफत गर्न , संघ एक्लैले बजार अनुगमन गर्न कसले अनुमति दिएको भन्ने हाम्रो जिज्ञासामा घरेलु कार्यालयबाट अनुमती लिएको र जफत बरामद गरिएको समान पनि घरेलुमै बुझाउने गरिएको बताएका थिए । तर पर्यटन उध्योग तथा घरेलु कार्यालयका प्रमुख महराज ढकालले आफ्नो कार्यालयले त्यस्तो अबैध अनुगमन र जफत गर्न कुनै अनुमती दिन नमिल्ने बताए । उनले भने ” कालिगडले आफ्नो सीपको काम गर्न व्यावसायिक सस्थाको सदस्य बन्न पर्दैन ।” सदस्य नभएको कारण दुख दिन समान बरामद गर्न पाइदैन गरेमा त्यो सङ्गठित अपराध गरेको ठहरिन्छ घरेलु कार्यालय प्रमुख ढकालले भने ।
फर्निचर तथा फर्निशिङ व्यावसायि संघले दिलिप शाहबाट जफत भएको समान फिर्ता गर्न झन्डै एक महिना समय लागेको थियो । एक हप्ता भित्र १० हजार ३ सय बुझाउने सर्त गराइ समान फिर्ता दिईएको संघका उपाध्यक्ष रुद्र नेपालिले बताएका छन । त्यसरी असुलेको पैसा राज्यमा एक रुपैयाँ पनि जादैन । सस्थाको कोष मात्र पुस्टिने हो । संघका उपाध्यक्ष नेपालिका अनुसार पोखरामा कम्पनी नै खोलेर फर्निचर चलाएका एक सय पचास भन्दा बढी उध्योग संघमा आएका छैनन् । उध्योग सरकारी निकायमा दर्ता गरेर मात्र चलाउनु अनिवार्य हुन्छ तर व्यावसायिक संघ सस्थामा आबद्ध हुनै पर्छ भन्ने कुनै अपरिहार्यता हुदैन । अझ ब्यक्तिगत रुपमा काम गर्ने कालिगडहरुलाइ संघमा मोटो शुल्क तिरेर बाध्य पारिनु सिन्डिकेटको नमुना हो यस्ता सिन्डिकेट तोड्न र मजदुरले सुरक्षीत रहि काम गर्ने बाताबरण मिलाउन प्रहरी प्रशासनले ध्यान दिनु पर्छ ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: