कालिखोलाको माथिल्लो खन्डको चेक ड्याम निर्माण बेलैमा सकिनेमा शङ्का , अबधी ४ महिना बाकी रहदा काम ५० प्रतिशत बाकी ।

सराङकोट न्यूज
25 September, 2024 8:06 pm
Advertisements

पोखरा १६ मा रहेको कालिखोलाको चेक ड्याम निर्माणको माथिल्लो खन्ड (अर्मला तर्फ )को निर्माण कार्य तोकिएको मितिमा नसकिने भएको छ । मिति २०७९/१०/०९ गते सम्झौता भएको उक्त योजना बहुबर्षिय ठेक्का लागेको थियो ।तर म्याद भित्र काम नसकिएपछी २०८१/१०/०६ भित्र सक्ने गरि म्याद थप भएको थियो ।प । योजनामा थपिएको म्यादसकिन अब ४ महिना मात्र बाकी रहदा योजनाको भौतिक प्रगती जम्मा ५० प्रतिशत मात्र पुगेको जलस्रोत तथा सिचाइ बिकाश कार्यालयका सुचना अधिकारी गितान्जली आचार्यले बताइन।
८ करोड ४१लाख ५२ हजार रुपैयाँमा आर जे कन्स्ट्रक्सन कम्पनी प्राली जावलाखेलले ठेक्का पाएको थियो । गन्डकी प्रदेश सरकारका तत्कालिन भौतिक पुर्बाधार तथा यातायात मन्त्री कुमार खड्काको पहलमा कालिखोलामा चेक ड्याम गरि भु क्षय नियन्त्रणलाई प्राथमिकतामा राख्ने योजना अघि सारिएको थियो । दुई खन्ड गरि ल्याइएको बहुबर्षिय योजना मध्य तल्लो खन्डको कार्य गत बर्षनै सकिएको थियो ।
माथिल्लो खन्डको निर्माण जिम्मा लिएको कन्ट्र्याक्टर कम्पनिका आधिकारिक प्रतिनिधि इन्जिनियर बिक्रम पान्डेलाई योजना सम्पन्न गर्न किन ढिलासुस्ती गरेको भन्ने हाम्रो जिज्ञासा राख्दा उनले सरकारलाई दोष दिदै भने “बजेट कम राखेको कारण निर्माणकार्यमा ढिलाइ भयो ।” अझ स्मरणीय कुरा के छ भने उक्त योजना निर्माणकै क्रममा गत बर्ष चेक ड्याम (पर्खाल )भत्किएको थियो ।
एक पटक म्याद थप भइ थपिएको म्याद सकिन अब ४ महिना मात्र बाकी छ तर कन्ट्र्याक्टर कम्पनी भन्छ माघ ६ गते भित्र काम सक्छौ । दुई बर्षमा आधा मात्र सकिएको काम बाकी ४ महिनामा कसरी सकिएला ? राज्यको लगानिमा हुने काम गुणस्तरीय हुन आम नागरिकको खबरदारी जरुरत देखिन्छ ।
निर्माण कम्पनिले योजना निर्माणमा म्याद थपको पहल गरिरहेको बुझिएको छ । ४ महिना मात्र बाकी छ त्यसमा पनि मुख्य चाड पर्बले छोपी सकेको छ । काम भएपनी पूरा अबधिमा ६० प्रतिशतको वरिपरि मात्र काम हुने देखिन्छ । निर्माण कम्पनिले जिम्मेवार पुर्बक काम गर्न नसक्दा कानुनको धज्जी उडेको छ ।यश तर्फ राज्यको नियामक निकायको ध्यान जान जरुरी छ ।
निर्माण ब्यबसायिले समयमै काम गर्न नसक्दा बिकाश निर्माण कार्यमा ठूलो अबरोध हुँदै आएको छ । खोला नदी किनारमा गरिने बिकाश निमाणका कामहर समयमै नसक्दा त्यसबाट उत्पन्न हुने समस्याको जिम्मेवार निर्माण कम्पनी नै हुनुको बिकल्प देखिदैन । रुग्ण योजना देश बिकाशको बाधक बन्ने त छ नै राज्यको लगानीको उपलब्धी अपेक्षा कृत नहुने निस्चित छ । नागरिकको जिउ धनको रक्षा गर्ने उद्देश्यले ल्याइएको योजना माथी सिकायत गर्ने कार्यलाइ किमार्थ राम्रो मान्न सकिन्न ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: