यदुनाथ बन्जारा
लोकतन्त्रमा बोल्न पाइन्छ बिगार्न पाइन्न । वाक स्वतन्त्रता लोकतन्त्रको गहना भनिन्छ तर बागलुङ नगरपालिकामा बोल्न पनि पाइन्न । नागरिक परिवर्तनका लागि बोल्छन तर त्यो कुरा मेयर वसन्त कुमार श्रेस्ठलाइ सह्य भएन ।नेपाली काङ्ग्रेस गन्डकी प्रदेशका कोषाध्यक्ष समेत रहेका श्रेष्ठले आफ्नो कार्यको बिरोधमा बोलेकै भरमा दुख दिन खोज्नुलाइ अलोकतान्त्रिक सस्कारको रुपमा हेरिएको छ ।
हो यस्तै भएको छ बागलुङ नगरपालिकामा नागरिक अभियन्ता एक बहादुर केसि सङ्गमलाइ । केसिले बिगारेका केही होइनन ।उनले बागलुङ न पा -४ दापगरामा निर्माण गरि मुख्यमन्त्री सुरेन्द्र राज पान्डेद्वारा उद्घाटन गरिएको बसपार्कको ब्यबस्थापन हुनुपर्ने आवाज उठाए ।करिब १० करोड खर्च गरेर निर्मित बसपार्क गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पान्डे बाट तामझामाले उद्घाटन गरियो तर उद्घाटनको भोलिपल्ट बाट बसपार्क सुनशान बन्न पुग्यो । फोहोरको दुर्गन्ध फैलियो ।
यी सबै दृश्य घाम जस्तै छर्लङ्ग थिए । नागरिक अभियन्ता केसिलाइ त्यो कुरा शैह्रय भएन , उनले बिरोधको बिगुल फुके । बसपार्क सन्चालनको पूरा तयारी नगराइ मुख्यमन्त्रीलाई उद्घाटन गराएर धोका दिएको भन्दै बसपार्कको ब्यबस्थापन गर्न चेतावनी दिदै उनले एउटा यु ट्युब च्यानलको क्यामेरामा बोले । पूरा तयारी नभै गरिएको बसपार्कको उद्घाटन ब्यर्थ छ । बसपार्कको सरसफाइमा पूरा ध्यान देउ ,सबै बसहरु नियमित रुपमा बसपार्क बाटै छुटाउने प्रबन्ध मिलाउ । यदि मिलाउदैनौ भने यो उद्घाटन र शिलालेखको कुनै अर्थ रहन्न उठाएर फालिदिए हुन्छ म आफै फालिदिन सक्छु अभियन्ता केसिलाई उद्घृत गर्दै स्थानिउ प्रयक्षदर्शिले भनेका थिए । उनको त्यही शब्द उनको लागि अभिसाप बन्न पुग्यो ।
केसिले नासे बिगारेका केही थिएनन । उनले त सुधार राम्रो गर मात्र भनेका थिए ।यदि त्यसो गरेनौ भने हामी नै फालिदिन्छौ भनेका मात्र थिए तर फालेका थिएनन तर बगलुङका मेयर वसन्त कुमार श्रेस्ठलाइ त्यो कुरा सैह्रय भएन उनले पुलिसमा जाहेरी दिए र साइबर क्राइम मुद्दा चलाउन उर्दि जारी गरे ।
भ्रष्टाचार बिरुद्द नागरिक निगरानी सस्था बागलुङका अध्यक्ष समेत रहेका एक बहादुर केसि बिरुद्ध बागलुङ नगरपालिकाले जिप्रकामा जाहेरि दिए पछि प्रहरीले जिल्ला अदालत बागलुङबाट पक्राउ पुर्जी लिएर केसिको खोज तलास कार्यलाइ अगाडि बढाएको छ । मेयर वसन्त कुमार श्रेस्ठको निर्देशनमा जाहेरी परेपछी प्रहरी आरोपी केसिलाइ पक्रेर मुद्दा चलाउन लागिपरेको छ । आखिर बोलेको भन्दा थप के अपराध गरे त केसिले ? कसैसङ्ग जवाफ छैन । लोकतन्त्रमा बोलेर बिरोध गर्न पाउने नागरिक अधिकार रहन्छ तर त्यही लोकतान्त्रिक अभ्यासाबाट चुनाब लडेर नगरपालिकाको सत्ताको बागडोर सम्हाल्न पुगेका मेयरले आफ्नै नागरिकको अभिव्यक्ति स्वतन्त्रताको घाँटी थिच्ने प्रयास गरेको भन्दै नागरिक समाजले तिब्र आलोचना गरेका छन ।
केसी माथी सिङ्गो नगरपालिका खनिनुमा यो मात्रै एउटा कारण नभएको घटनालाई नजिक बाट नियालिरहेका स्थानिय बुद्दिजिबिहरु बताइछन । नागरिक अधिकारकर्मी केसिले बिकृती बिसङ्गती र भ्रष्टाचारको बिरुद्दमा आवाज बुलन्द गर्दै आएका थिए । सरकारी सम्पतिको दुरुपयोग रोक्ने देखि सरकारी सवारी साधनको दुरुपयोग रोक्ने कार्य गर्दै आएका थिए । भ्रष्टाचारको बिरुद्दमा खरो आवाज उठाउदै आएका केसिको अभियान बाट अप्ठेरोमा परेका हरुले एस्तै मौका खोजिरहेका थिए । नयाँ रिस पुरानो खिस भने जस्तै बसपार्क बिरोध प्रकरणलाई तिलको पहाड बनाएर उनी माथी साइबर कान्डमा फसाउने योजना रचियो र प्रहरीको साथ लिएर मुद्दा दर्ता गरियो ।
अब कुरा उठ्छ के मुद्दा चलाउनुनै समस्याको समाधान हो ? के नागरिकले दिएको अभिव्यक्ति नै अपराध हो ? राजनिती गरेरसत्तामा आएका नेताहरुले नागरिकलाइ सन्तुष्ट पारेर शासन गर्ने कि द्वन्द चर्काएर अशान्ती मच्चाउने ? त्यो प्रकरणमा नागरिक अभियन्ताले बिरोधी आवाज बुलन्द गर्दा कति क्षती भयो ? भाद्र १८ गते उद्घाटन भएको बसपार्कलाई पूरा कार्यान्वयनमा ल्याउन पहल गर्दैमा कसको नाक काटिन्थ्यो ? यी र यस्ता जिज्ञासा को जवाफ नागरिकले खोजे भने जवाफ खोज्ने नागरिक माथी नै बागलुङ नगरपालिका खनिने र साइबर मुद्दा लगाउने त होइन ? नागरिकहरु झस्किएका छन । जुत्ता सानो भयो भनेर खुट्टा काट्ने काम गर्नेकी जुत्ताको साइज बढाउने ? सोचनिय बिषय बनेको छ ।