नेपाल राष्ट्र बैकबाट क बर्गको लाइसेन्स प्राप्त लक्ष्मी सनराइज बैकले कार्तिक ११ गते पोखराको बाटुलेचौर र लेकसाइडमा एकै पटक २ वटा शाखाबाट सेवा सन्चालनमा ल्याएको छ । दुई मध्य पोखरा ६ को लेकसाइडमा शाखा खुलाइएको र बाटुलेचौरमा सबै सेवा सहितको बिस्तारित काउन्टरको सेवा सुरुवात गरिएको बैकका बगर शाखाका प्रबन्धक बिकाश आचार्यले बताए ।
११ गते सेवा सुभारम्भ कार्यक्रम अनौपचारिक गरिएपनि पोखरा १६ भेगका अधिकास ब्यक्ती र सस्थाका प्रमुख तथा प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो । यस भेगमा ए टि एम सहितको कमर्सियल बैक पहिलो पटक खुलेको कारण स्थानीयहरुमा खुसी सन्चार गराएको थियो ।
आइतबारनै लेकसाइडमा नयाँ शाखा सन्चालन गरिएको छ । लेकसाड्मा पनि त्यहाका पर्यटन ब्यबसायी स्थानीयले खुसी ब्यक्त गरेका छन । जनता बैकमा होइन बैक जनतामा जानुपर्छ भन्ने नितिले प्राथमिकता पाइरहेको बेला लक्ष्मी सनराइज बैकले शाखा र सेव केन्द्र बिस्तारलाइ तिब्रता दिएको छ । पोखरामा ८ वटा र गण्डकी प्रदेशमा मात्र लक्ष्मी सनराइज बैकले २ दर्जनको हाराहारीमा शाखा र ३ वट सेवा केन्द्र बिस्तार गरेको छ ।