पृथ्वीको कोइलिले ल्यायो सुबिधाजन्य सोफा बस

सराङकोट न्यूज
29 October, 2024 11:00 am
Advertisements

पछिल्लो समय पृथ्वीराजमार्ग बस सन्चालक समितिले सेवाग्राहीको माग अनुसार सुबिधा सम्पन्न यात्रु बस सेवा सन्चालनमा ल्याएको छ । सुबिधाजन्य सार्बजनिक सवारीको माग बढ्दै गएको अबस्थामा यात्रु मैत्री सेवा प्रदान गर्ने कार्यलाइ पृथ्बिराजमार्ग बस सन्चालक कम्पनी प्रालिले प्राथमिकता दिदै आएको दाबी गरेको छ । पोखरा पर्यटकिय राजधानी घोषणा भएको अबस्थामा यहाँबाट चल्ने सवारी पनि उच्च कोटिको सुबिधा सम्पन्न हुनुपर्ने जनस्तरबाट माग बढ्दै आएको बेलामा पछिल्ला दिनहरुमा सुबिधा सम्पन्न यात्रु बसहरु सन्चालन सुरु गरिएको छ ।

यस्तै सोमबारदेखि पोखराको हेम्जा देखि काठमाडौ कोटेस्वर सम्म जाने सुबिधाजन्य सोफा बसको सन्चालन सुरुवात गरिएको छ । अग्रज व्यावसायि केशब अधिकारीले एक कार्यक्रमका बीच हेम्जा काठमान्डू सोफा बसको उद्घाटन गरेका थिए । प्रालिका अध्यक्ष योगेन्द्र केसिले पृथ्वी राजमार्ग अब देशकै उत्कृष्ट सेवा दिने सस्थाको रुपमा परिचित हुने दाबी गरेका थिए । राजमार्ग खान खुवाउदा एउटा मात्र होटेल भएको ठाउमा नरोक्न अध्यक्ष केसिले चालक सहचालकलाइ निर्देशन दिए । प्रमुख अतिथी केशब अधिकारीले जनताको माग अनुसार सेवा दिन करोडौ लगानी गर्न व्यावसायि तयार रहेको बताउदै नागरिक तहबाट सहयोगको अपेक्षा रहेको बताए ।
पोखराको हेम्जाबाट काठमाडौको कोटेस्वर सम्म चल्ने सुबिधाजन्य स्लिपर सोफा बसको एकतर्फी भाडा १६ सय तोकिएको छ । वास रुम , एसि , नास्ता पानी र ब्लाङ्केट सहित यात्रुले पाउनेछन बस सन्चालक अशोक कुमार चौधरीले बताए , चौधरी कम्पनीका सन्चालक पनि हुन । सोमबार सुरु भएका दुई बसमा अशोक कुमार चौधरी र मेघराज त्रिपाठिले लगानी गरेका छन ।
पृथ्वी राजमार्ग बस सन्चालक कम्पनी प्रालिले पछिल्लो समयमा पोखरा – सौराहाको आन्तरिक र बाह्रय पर्यटकलाइ केन्द्रीत गरि लक्जरी सोफा बस सेवा सुरु गरेको छ । ११ सय रुपैयाँमा यात्रुले आरामदायी यात्रा गर्न पाएकोमा सकारात्मक नतिजा आइरहेको प्रालिका अध्यक्ष योगेन्द्र केसिले बताए ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: