१३ वर्षिया किशोरीको रहस्यमय मृत्यु (भिडियो सहित)

सराङकोट न्यूज
28 August, 2018 3:40 am
Advertisements

पोखरा १९ लामाचौरवाट हेमजा जोड्ने सडकको सुरु विन्दु सैलजा स्मृति पार्क पछाडिको भिरको पुच्छार भाग । झ्यास झाडी भएको अनकन्टार लाग्ने ठाउँ । पूर्व उत्तर खुट्टा, दक्षिण पश्चिम तर्फ टाउको फर्किएको उतानो पल्टिएको शव । देव्रे हातको मुठ्ठीमा केहि घाँस समातेको दाहिने हात कम्मर निर राखेको । स्कुल ड्रेसमा लगाएको फ्रक शव भन्दा २ ३ हात पर छुट्टिएर रहेको। शव रहेको ठाउँको घांस केहि माडिएको अवस्थामा रहेको ।
यो प्रकृति मुचुल्का वमोजिमको घटना भाद्र ८ गते शुक्रवार फेला प¥यो । विन्ध्यवासिनी मा.वि. कक्षा ६ मा अध्ययनरत १३ वर्षिया छात्रा पुष्पा केसी भाद्र ७ गते विहिवार विद्यालय वसवाटै घर पुग्नु करिव सय मिटर तल झरेकि र सोही दिन साँझ ५ वजेवाट सम्पर्क विहिन वनेकी पुष्पा केसी भाद्र ८ गते साँझ ६ वजे त्यो अवस्थामा फेला परेकि थिइन् । घर परिवार र विद्यालयमा समेत सितल, शान्त र सोझी स्वभावकी पुस्पाले आफै त्यस्तो अप्रिय निर्णय गर्लिन भन्ने विषयमा आमा वुवा आफन्त र विद्यालयका शिक्षकले विश्वासै गर्न सकेका छैनन् । घरमा अत्यन्तै अनुशासित, पुष्पा विद्यालय समय वाहेक घर वाहिर ननिस्कने, साथीहरु वनाएर वाहिर घुम्न नजाने स्वभावकी छात्रा हुन्।
यहि वीचमा उनको अकल्पनीय मृत्यु भएको छ । पोष्ट मार्टम् रिपोर्टको प्रारम्भिक विवरण आइसकेको छ । रिपोर्टले मृत्युका कारण देव्रे टाउको र देव्रे कोखभित्र गंभिर चोट लागेको वताइएको छ। वलात्कारको आंशका गरिएपनि त्यो नपाइएको रिपोर्टमा उल्लेख छ ।
किशोरी पुष्पा केसीको मृत्युलाई सामान्य रुपमा हेर्न नसकिने स्थानिय र जानकारहरुल्े वताएका छन् । किशोरीका घर परिवार आफन्त जनहरुले घटना रहस्यमयी रहेको वताउँदै हत्याराको खोजी गर्नु दवाव दिन पोष्ट मार्टम गरिएको शव वुझ्न मानेका छैनन् । आइतवार स्थानियको भेलाले छानविन गरि दोषी पत्ता लगाउन दवाव समिती वनाएका छन् । नव आदर्श सामुदायिक विकास संस्थाका अध्यक्ष वम वहादुर गुरुङको संयोजकत्वमा ७ सदस्यीय समिति वनाएको छ । समितिको निस्कर्ष आएपछि मात्र शव वुझ्न घर परिवार सहमत भएको छ।
यस्तै किशोरी पढ्ने विद्यालय विन्ध्यासिनी मा.वि.ले पनि शोक वक्तव्य जारी गर्दै घटनाको सत्य तथ्य छानविन गर्नु माग गरेको छ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: