दशैमा अग्रिम वुकिङ अझै अनिश्चित

सराङकोट न्यूज
21 September, 2018 4:28 am
Advertisements
Advertisements

हरेक वर्ष हुँदै आएका यात्रु वसको टिकटको अग्रिम वुकिङ अझै अनिश्चित रहेको छ । केहि दिन अघि यातायात व्यवस्था विभागमा भएको व्यवसायी र सरकारका प्रतिनिधि वीच भएको वार्ता अनुसार असोज ५ गते वाट दशैको लागि टिकटको अग्रिम वुकिङ खुलाउने सहमती भएको समाचार वाहिर आएको थियो ।
विभागमा भएको सहमती अनुसार सरकारले वैशाखको २६ गते लगायको वैंक खाता रोक्काको निर्णय पुनरावलोकन गर्ने र यातायात व्यवसायीले असोज ५ गतेवाट अग्रिम टिकट विक्री खुल्ला गर्ने रहेको यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष विजय स्वारले वताए । सहमती अनुसार असोज ४ गते भित्र रोक्का रहेको वैंक खाता खोलिने र असोज ५ गतेवाट टिकट अग्रिम वुकिङ गरिनेछ ।
सरकार र व्यवसायी वीच भएको सहमती कार्यान्वयन नभएमा टिकटको अग्रिम वुकिङ कार्य सञ्चालन नगरिने पृथ्वीराजमार्ग वस संचालक समितिका महासचिव योगेन्द्र केसीले वताए । आफै सिद्धिएर कसरी जनतालाई सेवा दिने ? केसीले भने ।
विगत ६ महिनादेखि कर्मचारीले तलव खान पाएका छैनन् दुर्घटनाका घाइतेले उपचार पाएका छैनन् भने रोक्का खाता नखोले सम्म अग्रिम टिकट कसरी काट्ने, अग्रिम टिकटको पैसा कहाँ राख्ने ? यि यावत सवालहरुको जवाफ राज्यले देओस् हामी टिकट खुलाउँछौ नत्र अव उदारो सहमतीमा फस्न सक्दैनौ महासचिव केसीले भने ।
यहि विषयमा व्यवसायीले सर्वोच्चा मुद्दा दायर गरेका छन् । मंगलवार सर्वोच्चमा वहस हुदैछ। अदालतमा विचाराधिन रहेको मुद्दामा कसरी सरकारले कस्तो कदम चाल्छ त्यो भने हेर्न वाँकी छ ।
यता पोखराका यातायात व्यवसायीहरु पव्लिक कम्पनीमा जाने निर्णय लिएका छन् । पृथ्वी, पोखरा वस, स्थानिय श्रृङ्गा लगायतका व्यवसायीले पव्लिक कम्पनीवाट आफ्नो सेवा सुरु गर्न लागेको वताएका छन् ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: