![](https://www.sarangkotnews.com/wp-content/uploads/2024/04/gif-file.gif)
कास्की ट्राफिकले पोखराको व्यस्त चोक पृथ्वीचोक देखि स्याङ्जा लाइनलाई पार्किङ निषेध घोषणा गरेको छ । यस अघि पृथ्वीचोकवाट स्याङ्जा हुदै पश्चिम तर्फ लाग्ने सवै वसहरु वसपार्कवाट मात्र छुट्ने भएका छन् । पश्चिमबाट पोखरा हुँदै काठमाडौं तर्फ आउने यात्रु वसहरु भने नागढुंगा हुदै पृथ्वीचोकको बाटो ट्राञ्जिटको रुपमा प्रयोग गर्न पाउन भएकाछन्।
यस्तै स्याङ्जा हुदै पर्वत वाग्लुङ वेनी तर्फ जाने वसहरु विरौटाबाट राष्ट्रबैंक चोक सिर्जना चोक हुँदै जिरो कि.मी. भएर वाग्लुङ वसपार्कमा पार्किङ गर्नुपर्ने भएको छ । कार्तिक १२ गते सोमवार जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीमा वसेको यातायात व्यवसायीहरुको संयुक्त वैठकले यस्तो निर्णय गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी शिव प्रसाद पाठकले वताए ।
सिद्धवावा यातायात प्रा.लि.ले स्याङ्जा लाइनमा पार्किङ ट्रयाक माग गरेपछि त्यो सम्भव नभएको भन्दै अव कसैले पनि स्याङ्जा लाइनमा ट्रयाक नपाउने गरी निर्णय लिइएको कास्की ट्राफिक प्रमुख ईन्सपेक्टर ऐन वहादुर मल्लले वताए । कार्तिक १८ गते आइतबारबाट निर्णय कार्यान्वयनमा ल्याइने इन्सपेक्टर मल्लले बताए ।
यो निर्णय प्रति गण्डकी यातायात व्यवसायी समितिले असहमती जनाएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका गण्डकी प्रदेश संयोजक समेत रहेका गण्डकी यातायात बस व्य. समितिका महासचिव भानु वरालले पृथ्वीचोकमा वनाइएको प्राइभेट पार्किङको प्रयोग गर्न पाउनु आफ्नो मौलिक हक रहेको भन्दै त्यसको उपयोगको लागि कानूनी लडाइ लड्ने वताए । कास्की ट्राफिककै निर्देशन र सल्लाहमा वनाइएको निजि पार्किङ प्रयोग गर्दा सडकमा डिस्टर्व नहुने उनको भनाई छ । ट्राफिक प्रहरीको पहलमा भएको यो निर्णय पुनरावलोकन गर्न जिल्ला प्रशासन कार्यालय कास्कीमा मंगलवार निवेदन दिने पनि वरालले वताए ।
त्यसो त यस अघि पनि यातायात व्यवस्थापन समितिको वैठकले गरेका कतिपय निर्णय महिनौ वितिसक्दा पनि कार्यान्वयनमा आएका छैनन् । सर्वोच्च यातायात व्यवसायी राष्ट्रिय महासंघका गण्डकी संयोजक लेखनाथ सुवेदी यस निर्णयलाई अक्षरस कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुपर्ने बताउछन् । महानगरपालिकाले खुट्टा कमाउँदा यात्रु वसलाई वसपार्कवाट मात्रै छुटाउने निर्णय केहि दिनमै उल्टिएका कारण अहिले पृथ्वीचोक चाइनापुल तर्फको सडक अस्तव्यस्त वनेको छ ।
![](https://www.sarangkotnews.com/wp-content/uploads/2024/07/pokhara-nagarpalika.jpg)
![](https://www.sarangkotnews.com/wp-content/uploads/2024/04/gif-file.gif)
![](https://www.sarangkotnews.com/wp-content/uploads/2023/11/Annapurna-Bal-Tatha-Mahila-Aspatal-Final-Ad-copy.jpg)