![](https://www.sarangkotnews.com/wp-content/uploads/2024/04/gif-file.gif)
जुन दिन नियूक्ती उसै दिन सरुवा १
कास्कीको वहादुरे मा.वि. भदौरेमा रिक्त अस्थायी दरवन्दीमा शिक्षक नियूक्ती गर्न विद्यालय व्यवस्थपन समितिको वैठक वसेको रहेछ । मिति २०६० चैत्र १३ गते दल वहादुर गुरुङको अध्यक्षतामा वसेको वि. व्य.स. वैठकले कुन्तादेवी शर्मालाई शिक्षक नियूक्त गर्ने निर्णय गर्याे । सराङकोट साप्ताहिकलाई प्राप्त विद्यालयको माइनुटको प्रतिलिपिमा उक्त निर्णय १ नम्वर प्रस्ताव राखेर लेखिएको छ । सोही दिनको वैठकको दोस्रो नम्वर प्रस्तावको सरुवा सम्वन्धि निर्णय गरिएको छ । उक्त निर्णयको व्यहोरामा “यस विद्यालयको निमा.वि तृतिय दरवन्दीमा नियूक्ती पाउने शिक्षिका कुन्ता देवी शर्मालाई अपाएक भई सेवा गर्न असजिलो भई सेवा गर्न असमर्थ रहने हुनाले वहालाई पायक पर्ने ठाउंमा सरुवा हुन सहमती दिने निर्णय गरियो” भन्ने उल्लेख छ ।
वहादुरे मा.वि.मा सामाजिक विषय निमावि दरवन्दीको रिक्त पदमा नियूक्ती भइ सेवागर्न छनोट भएकि शिक्षक कुन्ता देवी शर्माले उसै दिन अपाएक पर्ने हुद सेवा गर्न असमर्थ रहने व्यहोरा जनाई पोखराको पायक पर्ने ठाउँमा सरुवा सहमती दिने निर्णय गर्ने विद्यालय व्यवस्थापन समितिको नियत नियोजित प्रपञ्चको शिकार भएको हुन सक्ने देखिएको छ । जुन विद्यालयको आवश्यक्ता सोहि विद्यालयमा नियूक्ति र सेवा प्रदान गर्नूृपर्ने कानुन र व्यवहारको सामान्य शिद्धान्तलाई समेत लत्याएर दल वहादुर गुरुङ अध्यक्ष रहेको वि.व्य.स.ले शक्तिकेन्द्रको सेटिङ वमोजिम जुन दिनमा नियूक्ती उसै दिमा सरुवा गरेर विधि र प्रकृया विपरित नाच देखाएर चुनौति दिएको प्राप्त कागजपत्रले शिद्धगरेको छ । यस कार्यमा विद्यालयका प्र.अ. राम प्रसाद पौैडेलले जिल्ला शिक्ष कार्यालय कास्कीमा कार्यरत तच्कालिन शाखा अधिकृत हाल शिक्षा विकार तथा समन्वय इकाई प्रमुख उप–सचिव नाराया प्रसाद सुवेदीको निर्देशन वमोजिम सेटिङ मिलाएर एउटै वैठकवाट नियुक्ती र सरुवा गरेको बुझिएको छ ।नियुक्ती भएको शिक्षकको समर्थन जिल्ला शिक्षा कार्यालयले गर्नु पर्नेमा नियुक्ती सर्मथन समेत नहुदै उसैदिन सरुवा सहमती दिने कार्य नियोजित ढंगले सेटिङ मिलाएर शिक्षा कार्यालयका शाखा अधिकृतले आफ्नो श्रीमतीलाई जागिर खुुवाउने सफल भएको खुल्न आएको छ । यस्तो सेटिङ मिलेको घटना अत्यन्तै न्युन हुने गर्छ जुन वहादुरे मा.वि.मा २०६० सालमा भएको थियो ।
डेढ दशक पुरानो प्रकरण कसरी वाहिर आयो भन्ने वारेमा पाठकहरुलाई जिज्ञाशा र चासो उत्पन्न हुन सक्छ । सराङकोट साप्ताहिकलाई प्राप्त कागजपत्र अनुसार उक्त नियुक्ति र सरुवा प्रकरणमा सामेल व्यक्ति कुन्तादेवी शर्मा जो हाल जनप्रिय मा.वि. सिमलचौर पोखरामा कार्यरत छिन् उनले शिक्षा सेवा आयोगको परिक्षामा उर्र्तीर्ण भएपछि उनको सुुरु नियुक्तिको वैधानिकता माथी प्रश्न उठाई शिक्षा सेवा आयोग र राष्ट्रिय सर्तकता केन्द्रमा छानविनको माग गरि उजुरी परेको र सो को बोधार्थ कार्य अध्ययन पशचात तत्कालिन सेटिङ प्रकरणलाई हामीले यँहा प्रस्तुत गरेको छौ ।
राज्यका नियामक निकायमा परेको उजुरी वारे छानविन भई रहेको पनि हामीलाई जानकारी प्राप्त भएको छ । विज्ञ छानविन कर्ताहरुले शिक्षक नियूक्ती र सरुवाका वारेमा एउटै वैठकवाट निर्णय गर्नपर्ने तथ्य र कारण पनि खोज्ने अपेक्षा गरिएको छ ।
विव्यसको मिति २०६०/१२/१३ को प्रतिलिपिवाट धेरै कुरा प्रस्ट हुन्छ नै । यस वाहेक निज शिक्षक कुन्तादेवी शर्माको सुरु नियूक्ति हुदाँ अध्यापन अनुमती–पत्र नभएको, विद्यालयको हाजिर एकै पटक गर्ने गरेको, झण्डै महिना पछि मात्र २०६१ वैशाख ९ गतेका निर्णयको हवाला दिएर जनप्रिय मा.वि.मा सरुवा गरिएको २०६२ मंसिर १६ गते निर्णय अनुसार अध्यायन अनुमती पत्र लिएको आरोप लगाई छानविन र कारवाहिको माग गराएको छ ।
यस प्रकरण सम्बन्धमा शिक्षक कुन्तादेवी शर्माले आफूले नियमानुसार परिक्षा दिएर शिक्षकमा जागिर खाएको र कुनै सेटिङ बारे आफूलाई जानकारी नभएको बताइन् ।
यस्तै शिक्षा सेवा आयोगमा समेत उनि विरुद्ध उजुरी परेको छ । विभिन्न निकायमा परेका उजुरी र दावीको सत्य तथ्य छानविन र सार्वजनिक गर्न सतकेता केन्द्र अख्तियार, शिक्षा सेवा आयोग जिल्ला प्रसाशन कार्यालय कटिबद्ध हुनु जरुरी छ।
![](https://www.sarangkotnews.com/wp-content/uploads/2024/07/pokhara-nagarpalika.jpg)
![](https://www.sarangkotnews.com/wp-content/uploads/2024/04/gif-file.gif)
![](https://www.sarangkotnews.com/wp-content/uploads/2023/11/Annapurna-Bal-Tatha-Mahila-Aspatal-Final-Ad-copy.jpg)