![](https://www.sarangkotnews.com/wp-content/uploads/2019/04/nepal-trade-union-logo-1024x680.jpg)
![](https://www.sarangkotnews.com/wp-content/uploads/2024/04/gif-file.gif)
नेपाल ट्रेड युनियन कांग्रेस कास्कीले बैशाख १८ गते (मे डे) १ सय ३० औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा बृहत ¥यालीसहित श्रमिक दिवस मनाउने भएको छ।
जिल्ला अध्यक्ष विजयराज भण्डारीको अध्यक्षतामा बसेको बैठकमा नेपाल ट्रेड युनियन कांग्रेस गण्डकी प्रदेश अध्यक्ष मुरारी शर्माले केन्द्रीय नीति अनुरुप सबै प्रदेशमा भावि नीति तथा वर्तमान सरकारले गर्दै आएको मजदुर विरोधी कार्यक्रमको भण्डाफोर गर्ने तय भएको जानकारी दिए । उक्त कार्यक्रम पोखरा पृथ्वीचोक टे«ड युनियन कांग्रेस कास्कीको सभाहलबाट सुरु भई पृथ्वीचोक, सभागृहचोक, न्यूरोड हुँदै चिप्लेढुंगामा समापन कार्यक्रम हुने समेत भण्डारीले बताएका थिए।
नेपाली कांग्रेसले जनजागरण अभियान थाल्ने भएसँगै निकट मजदुरले सक्रियता बढाउने योजनासमेत बनाएको छ । मे फस्ट अर्थात वैशाख १८ गते विश्वभर मनाउने मजदुर दिवस पोखरामा मनाउन ट्रेड युनियन कांग्रेससँग आवद्ध १६ प्रतिष्ठानबाट ब्यानरसहित ¥यालीमा सहभागी हुन अनुरोध गरेको छ । बैठकमा ट्रेड युनियन कांग्रेस बलियो बनाउन मजदुरको सक्रियता आवश्यक हुने निवर्तमान अध्यक्ष कुलदेवी बरालले बताइन् ।
६ हजार संख्यामा रहेका मजदुरले पोखरामा निकाल्ने ¥यालीलाई नजिकबाट नियाल्नु पर्ने बैठकमा सहभागीले बोलेका थिए । सामाजिक सुरक्षा कोष, अस्थायी कर्मचारी, करारमा कार्यरत कर्मचारी, न्युनतम पारिश्रमिक पाउन नसकेका मजदुर, असंगठित क्षेत्रका मजदुर तथा सरकारले हैरानीमा पारेका मजदुरका विषयमा नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री महेश आचार्यले ¥याली पछिको सभामा सम्बोधन गर्ने जिल्ला सचिव रुद्रप्रसाद तिमिल्सिनाले जानकारी दिए ।
बैठकले नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिले सल्लाहकारमा मनोनित भएका रामजी कुँवर, संगठन विभाग सदस्य कुलदेवी बराल, कानुनी सेल सदस्य कृष्णप्रसाद तिमिल्सिना, प्रचारप्रसार विभागमा चयन भएका निर्दोष डुम्रेलाई बधाई दिएको छ । बैठकले अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन जिल्ला अध्यक्ष विजयराज भण्डारीको मुल संयोजकत्वमा समिति गठन भएको छ । विहान ७ बजेबाट कार्यालय सुरु हुने ¥यालीमा सहभागी हुन आग्रह गर्दै श्रमिकका अधिकार बचाउन सम्पूर्ण श्रमिकहरुलाई गोलबद्ध हुन अनुरोध गरेको छ ।
श्रमिक दिवस मनाउन विभिन्न उप–समिति गठन भई विविध निर्णय गरेको जिल्ला सहसचिव केदार धमलाले जानकारी दिए । मञ्च तथा साउन्ड व्यवस्थापनमा जिल्ला उपाध्यक्ष कमलबहादुर सापकोटा र कारखाना श्रमिक संघका सुरेन्द्र श्रेष्ठ, प्रचारप्रसारमा पदम श्रेष्ठ, रुद्र तिमिल्सिना, केदार धमला, दिवाकर पौडेल, प्रकाशचन्द्र सापकोटालाई जिम्मा दिएको छ ।
ब्यानर तथा झण्डा व्यवस्थापनमा निर्दोष डुम्रे र कृष्णप्रसाद बास्तोला छन् । ¥याली निरीक्षण तथा हाजिरमा शुभाष पौडेल, शंकरबहादुर खत्री र १६ आवद्ध प्रतिष्ठानका अध्यक्षहरुलाई जिम्मेवारी दिइएको छ । यातायात व्यवस्थामा डिल्लीराम भट्टराई, दामोदर पण्डित, टेकनाथ पन्थि, किरण अधिकारी, अर्जुन खनाल छन् । युवा परिचालन तथा खानेपानी व्यवस्थापनमा सूर्यप्रसाद पराजुली, दिननाथ अधिकारी, रामनाथ ठाकुर (आनन्द), कमला क्षेत्री, लालीमाया रेग्मी, गीता चापागाईँ र सीता कार्की छन् ।
बैठकमा नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला सचिव रुद्रप्रसाद तिमिल्सिना, शिक्षक संघका शिरोमणि लामिछाने, प्रेस युनियनका नवीन सिग्देल, कारखानाका किरण अधिकारी, केशवराज भट्टराई, अर्जुन खनाल, टेकनाथ पन्थि लगायतले धारणा राखेका थिए ।
![](https://www.sarangkotnews.com/wp-content/uploads/2024/07/pokhara-nagarpalika.jpg)
![](https://www.sarangkotnews.com/wp-content/uploads/2024/04/gif-file.gif)
![](https://www.sarangkotnews.com/wp-content/uploads/2023/11/Annapurna-Bal-Tatha-Mahila-Aspatal-Final-Ad-copy.jpg)