सरकारी स्कुलमा रक्सीको विज्ञापन

सराङकोट न्यूज
2 May, 2019 1:42 pm
Advertisements

कुनै पनि शिक्षण संस्थाको सय मिटर आसपासमा धुम्रमापन मद्यपानको विक्री वितरण र प्रचार प्रसार गर्न नपाउने कानूनलाई लत्याउदै कास्कीको एउटा विद्यालय भित्रै वियरको विज्ञापन वोर्ड राखेको पाइएको छ त्यो पनि सामाजिक संस्थाले।
विष्णु पादुका हेमजा पोखरा २५ ले आयोजना गरेको १० औं राष्ट्रिय आलु महोत्सव आयोजना गरिएको विष्णु पादुका मा.वि. को कम्पाउण्ट भित्रै मादक पदार्थको विक्री तथा सेवन मात्र हैन प्रचार प्रसाद वोर्ड समेत राखिएको पाइएपछि मेला अवलोकन कर्ताहरुले त्यसको विरोध गरेका थिए । महोत्सव स्थल सामुदायिक विद्यालय हो भने आयोजक पोखरामा नाम चलेको विष्णु पादुका क्लव रहेको थियो । सामाजिक सेवा गर्ने उद्देश्यले प्रेरित रहि संस्था दर्ता ऐन २०३४ अनुसार दर्ता भएको क्लवले विद्यालय जस्तो सार्वजनिक स्थलमा मद्यपानको कारोवार र प्रचार प्रसार गर्नुलाई किमार्थ राम्रो मान्न नसकिने वताउँछन् ।
स्थानिय प्रहरी प्रशासन र नागरिककर्मीहरुले पनि गैह्र कानूनी कार्य रोक्ने तर्फ दृष्टि नपुग्नुलाई विडम्वना मानिएको छ ।
यस वारेमा क्लवका अध्यक्ष तथा मेला संयोजक कृष्ण खड्काले राज्यका निकायले मद्यपान सार्वजनिक विद्यालयमा विक्री तथा विज्ञापन गर्न पाउने नपाउने वारे केहि नवताएको वताउँछन् । आफूहरुले विद्यालय बन्द भएको वेला महोत्सव गरेको र विगत वर्षहरुमा पनि रक्सी वियरको प्रायोजन भइरहेको संयोजक खड्काले वताए । आउँदो वर्षमा यस वारेमा सोचेर निर्णय लिइने पनि अध्यक्षले वताए ।
यता विष्णु पादुका मा.वि. को व्यवस्थापन समिति र विद्यालय प्रसाशन पनि आफ्नो विद्यालय भित्र भइरहेका अनियमित गति विधि प्रति मौनता साँधेर वसेको पाइयो । सरकारी लगानी वाटै चल्ने सामुदायिक विद्यालयमा सरकारकै कानून कुल्चने हो भने अरु ठाउँमा के होला ?

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: