वाख्री काट्नेलाई कालोवजारी मुद्दा

सराङकोट न्यूज
21 May, 2019 8:30 am
Advertisements

वाख्री काटेको अभियोगमा कास्की प्रहरीले एकजना व्यापारीलाई कालोवजारी मुद्दा दर्ता गरेर छानविन अगाडि वढाएको छ । गत विहिवार घरमा वाख्री वध गर्दै गर्दा तिल कुमार श्रेष्ठ पक्राउ परेका थिए । राम वजार प्रहरीले श्रेष्ठलाई उनकै घरमा वाख्री काटिरहेको अवस्थामा रंगेहात पक्राउ गरेको थियो ।
पक्राउ परेका तिल कुमार श्रेष्ठ खसीवोका वजार कदम मार्गमा जिउँदो खसीवोका कारोवार गर्दै आएका छन् । उनको पोखरा शिवालय चोकमा मासु पसल छ ।
शिवालय चोकमा मासु पसल भएपनि खसीवजार नजिकै घर वनाएका श्रेष्ठले आफ्नै घरमा वध गरेको मासु शिवालय चोकवाट विक्री गर्दै आएका थिए । यस अघि कति वाख्री काटेर खसीको मूल्यमा विक्री गरे भन्ने खुल्न सकेको छैन ।
यतिखेर भारतीय खसी वोका नेपाल आउन पाएको छैन यहि कारण खसी वोका अभाव भएको भन्दै मासु व्यवसायी समितिले खसीको मासुको मूल्य वढाएर प्रतिकिलो एघार सय वीस वनाएकाछन् वजारमा मासुको मूल्य आकिसिदा पनि उपभोक्ताले शुद्ध मासु खान पाएका छैनन् । वढि नाफा खाने उद्देश्यले वाख्ी काटेर खसी वोकाको मूल्यमा विक्री गर्ने गरेको चर्चा चलेपनि प्रहरीले स प्रमाण त्यस्तो गिरोहलाई पक्राउ गर्न सकेको थिएन अति हुन थालेपछि यस पटक भने खसी वजारकै असल नियतका व्यापारीहरुले नै प्रहरीलाई उपभोक्ता ठग्ने व्यापारीलाई रंगेहात पक्राउ गर्न सूचना दिएका थिए ।
प्रहरीले स्थलगत मुचुल्का र पशु चिकित्सक वाट पोष्ट मार्टम समेत गरेर मुद्दा चलाएको दावी गरेको छ। मुल्य पनि वढाउने कालोवजारी पनि गर्ने काम निन्दनिय र कानून विपरित छ एक प्रहरी अधिकृतले सराङकोटलाई भने । यस अघि पनि पोखरामा वाख्री काटेर खसी वोकाको मूल्यमा वेच्ने व्यापारीलाई पक्राउ गरी मुद्दा चलाएको थियो ।

क्याटरिङबाट पनि ठगिन्छन् उपभोक्ता

मिसावट गरी कमाउ धन्दामा लागेका केहि मासु व्यापारी र क्याटरिङ व्यवसायीको मिलेमतो हुने गरेको खुल्न आएको छ । क्याटरिङले सस्तोमा मासु खोज्ने व्यापारीले वाख्रीको मासु सस्तोमा दिने भएपछि उनिहरु दुव मिलेर क्याटरिङको ग्राहकहरुलाई ठग्ने सेटिङ मिलेको देखिन्छ एक उपभोक्ता अधिकार कर्मीले भने ।
कास्की प्रहरीले पक्राउ गरी मुद्दा चलाएका व्यापारी तिल कुमार श्रेष्ठले मासु सप्लाई गर्ने क्याटरिङ व्यवसायीहरुको वारेमा पनि निगरानी वढाई छानविन गर्नु पर्ने सुझाव प्राप्त भएको छ । ग्राहक सँग कसेर मुल्य लिने तर मिसावट युक्त कमसल मासु खुवाउने क्याटरिङ व्यवसायीलाई उपभोक्ताले पूर्ण वहिस्कार गर्नुपर्ने र कानूनले दण्डित गर्नु पर्ने आवाज उठेको छ।
मासुमा हुने मिसावटलाई नियन्त्रण गर्ने उपभोक्ताहरु स्वयम् पनि सजक रहनु पर्ने भएको छ । आफूले खाने मासु कहाँ काट्छ, कस्तो काट्छ भन्ने जान्न जरुरी छ । पार्टी गर्नेहरुले पनि क्याटरिङ र पार्टी प्यालेसका संचालकवाट जानकारी लिनु पर्छ । सस्तोमा किनेर महंगोमा वेच्नेलाई गुणस्तरहिन समानलाई गुणस्तरयुक्त समान भनेर वेच्नेलाई कानूनको जिम्मा लगाउन सकिएन भने वजारको अराजकता दिन दुई गुना रात चौगुना वढ्न सक्छ ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: