पोखरामा खुल्यो अर्गानिक स्वाद पाइने होटल लिबट्री

सराङकोट न्यूज
26 June, 2019 12:56 pm
Advertisements

पोखरा–१७ ड्यामसाइडमा अर्गानिक स्वाद पाइने गरि बुधबारबाट होटल लिबट्री सञ्चालनमा आएको छ।
फलेवास नगरपालिका १ कार्कीनेटा जन्मिएका विनोद पौडेल र उनकी धर्मपत्नि मेनुका शर्माद्वारा सञ्चालित लिबट्रीमा १२ वटा एसी रुम, ९ वटा ननएसी सहित गरी २१ वटा रुम र १ वटा सेमिनार हल रहेको लिबट्रीमा प्रत्येक फ्ल्याटमा वेटिङ रुम रहेको छ। भने खानाका परिकारहरुमा ग्रामीण भेगबाट ल्याइएका विषादी रहित हरिया सागसब्जी, लोकल खसी, कुखुरा, कोदो, धान, चामलका परिकारहरुको स्वादमा रमाउन सकिने भएको छ।
आफ्नो होटलको योजनाबाट बेरोजगार युवाहरुलाई समेत प्रत्यक्ष हौसला मिल्ने पौडेलले बताएका थिए। “हामीले ग्र्रामीण क्षेत्रका हरिया सागसब्जीदेखि हरेक खाद्यान्नका सामाग्र्रीहरु उचित मूल्य दिई खरिद गरिने छ जसले नेपालको अर्गानिक स्वादलाई देश विदेशमा चिनाउने छ। भने युवाहरु उचित परिश्रमको मूल्यमा पाएमा विदेश जाने ईच्छा गर्ने छैनन्। अष्टे«लिया, युरोप, अमेरिकामा गएर पैसा त कमाइन्छ तर आत्मसम्मान पाइदैन। विदेशमा ५० हजार कमाउन भन्दा स्वदेशमा १० हजार कमाउन सक्नुनै ठूलो कुरा हो।”

त्यसै गरी धर्मपत्नी मेनुका शर्माले स्वदेशमा केही गर्ने युवाहरुलाई आफ्नो पेशा जस्तोसुकै भएपनि ईमान्दारीता पहिलो श्रेणीमा राखेर पेशालाई सम्मान गरि हिम्मत र साहस लिएर अगाडि बढ्नुपर्ने बताइन्। आफ्नो जस्तो सुकै समस्याबाट असिमित चाहाना बोकेर विदेशिनु भएका दाजुभाई दिदीबहिनीहरुले आफ्नो मातृभूमिको मायालाई नविर्सिनुहुन समेत अनुरोध गरेकी थिइन्।
सामान्य किसान परिवारबाट हुर्केका पौडेल प्रावि शिक्षकको रुपमा १ दशक सेवा गरे पनि आफ्नो पारिवारिक समस्याले गर्दा सरकारी जागिर छोडेर विदेशिए। विगत १ दशक भन्दा बढी विदेशमा बसी मासिक ४ देखि ५ लाख कमाई गरेका विनोद पौडेलले आफ्नै मातृभूमीमा केही गर्नुपर्छ भनी २०७३ सालमा नेपाल फर्किएका थिए।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: