लायन्स ह्युमिनिटिद्धारा सेतो छडी वितरण

सराङकोट न्यूज
12 July, 2019 2:11 pm
Advertisements

लायन्स क्लव अफ पोखरा ह्युमिनिटि सामाजिक दायित्व निर्वाह कार्यलाई सुरुआत गरेको छ । नव गठित कार्यसमितिको पहिलो कार्यक्रम स्वरुप दृष्टिविहिनलाई सेतो छडी वितरण कार्य सम्पन्न गरेको छ । हेल्प फुल्स हेण्डद्धारा सौजन्य स्वरुप प्राप्त २० वटा सेतो छडी वाँडिएको क्लवका एक्स्टेन्सन चियर पर्सन लायन दामोदर डुम्रेले वताए ।
सेतो छडी वितरण कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लव अफ इन्टरनेशनल डिष्ट्रिक ३२५ वी १ नेपालका कल्स्टर २२ का प्रमुख लायन प्रशान्तराज धमलाले क्लवले गरेको पहिलो कार्य सकारात्मक र सामाजिक रहेको भन्दै प्रशंसा व्यक्त गरेका थिए । कार्यक्रममा नेत्रहिन संघ कास्कीका अध्यक्ष लक्ष्मण सुवेदी, आन्तरिक राजस्व कार्यालय पोखराका कर अधिकृत विजय लामिछाने, जोन चियरपर्सन लायन अमृत प्रसाद तिवारी, एडिस्नल क्याविनेट सेक्रेटरी लायन मोहन सुवेदी, लायन्स क्लव अफ हेल्प फूल हेण्डस वर्ष २०१७÷२० का अध्यक्ष लायन तेज अधिकारी, क्लवका एक्सटेन्सन चियर पर्सन लायन दामोदर डुम्रे लगायतका व्यक्तिहरुले शुभकामना व्यक्त गरेका थिए ।
क्लवका अध्यक्ष लायन अनिल सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य क्लवका प्रथम उपाध्यक्ष लायन नवराज काफ्ले र संचालन सचिव लायन झविलाल डुम्रेले गरेका थिए । आउँदा दिनहरुमा पनि सामाजिक उत्तरदायित्व निर्वाह गर्न विभिन्न गतिविधि गरिने अध्यक्ष लायन अनिल सुवेदीले वताए ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: