संयुक्त अभिभावक संघर्ष समितिको चेतावनी, शैक्षिक सुधारका लागि ध्यानाकर्षण पत्र

सराङकोट न्यूज
23 July, 2019 12:38 pm
Advertisements

कास्कीमा शैक्षिक गुणस्तर सुधारको माग राख्दै संयुक्त अभिभावक संघर्ष समिति कास्कीले राज्यका विभिन्न निकायका प्रमुख हरुलाई ध्यानाकर्षण पत्र वुझाइएको छ । शनिवार पत्रकार सम्मलेन गरी आम नागरिक र राज्यका नियामक निकायहरुलाई आन्दोलनका वारेमा जानकारी गराइएको थियो ।
सोमवार प्रमुख जिल्ला अधिकारी चक्र वहादुर वुढा, राष्ट्रिय परीक्षा वोर्ड पोखराका प्रमुख विष्णु नारायण श्रेष्ठ, पोखरा महानगरका मेयर मान वहादुर जिसी, महानगर शिक्षा महाशाखा प्रमुख गंगा वहादुर गुरुङ सक्षम संघर्ष समितिका संयोजक यमनाथ सापकोटाले ध्यानाकर्षण पत्र वुझाएका छन् ।
ध्यानाकर्षण पत्रमा नेपालको शिक्षा प्रणालीमा देखिएका विकृति र विसंगतीको वारेमा अनुगमन गरी कारवाहीको माग गरिएको छ । सरकारले नियमित अनुगमन र कारवाही नगर्दा शिक्षा क्षेत्रमा अराजकता वढेको र त्यसको सिकार आम सर्वसाधारण जनता हुनु परेको औल्याइएको छ ।
शिक्षा ऐन नवौं संसोधनले नेपालको १२ कक्षा सम्मको शिक्षालाई माध्यमिक शिक्षाको दायरामा राखेको छ । १२ कक्षा सम्म पढाई हुने शिक्षालाई १० वजे देखि ४ वजे सम्मको कक्षा पढाउनु पर्ने व्यवस्था तोकेको भए पनि कतिपय विद्यालयहरुले अटेर गरी ११ र १२ कक्षालाई विहानको कक्षा संचालन गर्दै आएका छन् । कम्तीमा दैनिक ६ घण्टा पढ्नु पर्नै विद्यार्थीले विहानको कक्षामा साँढे ३ घण्टा मात्र पढ्न पाएका छन् । पाठ्यभार कम हुँदा विहानका सत्रका विद्यार्थीहरुको पढाईको गुणस्तर खस्कन पुगेको छ ।
एकातिर पाठ्यभार (क्रेडिट आवर) कम हुने अर्को तिर ४ महिना नपढाएको समयको पनि शुल्क तिर्न अभिभावकहरु वाध्य पारिएका छन् । त्यतिमात्र हैन कतिपय संस्थागत विद्यालयहरु एकातिर दर्ता अर्कै तिर विद्यालय संचलान गरिरहेका छन् यसतर्फ नियमनकारी निकायले ध्यान नदिएका मात्र हैन मिलेमतो समेत गरेके वुझिन आएको छ ।
संयुक्त अभिभावक संघर्ष समिति कास्कीका संयोजक यमनाथ सापकोटा द्धारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा सामुदायिक विद्यालयले उठाएको मनपरी शुल्क फिर्ता गर्न, अनुगमनको लागि स्थायी संरचना निर्माण गर्न र जथाभावी दिएको स्वीकृत खारेज गर्न माग गरिएको छ । कास्कीका प्रजिअ चक्रबहादुर बुढाले सरोकारवाला निकायहरु मिलेर अनुगमन गरी कानुनी दायरामा ल्याउने आवश्यक गृहकार्य अगाडि बढाउने बताएका छन् ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: