अवैध सालको काठ मुद्दामा चुनावपछि मुद्दा चल्ने

सराङकोट न्यूज
29 November, 2019 3:43 am
Advertisements

पोखरा महानगरपालिका वार्ड नं. ३३ को ग्रामिण सडक विस्तार गर्ने वहानामा सडक किनाराका सालका रुख विना अनुमती ढालेर काठ लुकाइएको विषयमा जारी छानविन उपनिवार्चनका कारण रोकिएको वताइएको छ । उक्त वडा नं. ३३ उप निर्वाचन हुने कास्कीको क्षेत्र नं. २ मा परेको छ ।
वडा नं. ३३ को वरपौवा पुडिटार मार्गको ट्रयाक यस अघि नै खुलिसकेको ठाउँमा वाटो विस्तार कार्य गर्दा वन कार्यालयको अनुमती वेगर नै धारापानी सामुदायिक वनका सालका रुख काटी गोलाई फन्टा समेत वनाएर भुलभुला सामुदायिक वनका शंकर अधिकारी र अर्का केशव आलेले निजि घर कम्पाउण्ड भित्र राखिएको अवस्थामा डिभिजन वन कार्यालय लेखनाथले वरामद गरेको थियो ।
पाँच सय वढी क्यू फिट सालका काठ वरामद प्रकरणमा डिभिजन वनले छानविन गरेपनि समयमै छानविन टुङ्याउन नसक्दा सर्वत्र आलोचना वढेको छ । मुद्दा चलाउने वारेमा कारवाही प्रकृया अगाडि वढाइएको दावी गर्ने वन कार्यालयले ४ महिना भइसक्दा पनि मुद्दाको अनुसन्धान टुङ्गाएको छैन । डिभिजन वन लेखनाथका प्रमुख रामबहादुर वि.क.ले भने अव गाउँ सर्जमिन गर्न मात्र वाँकी रहेको छ। चुनाव सकिए लगत्तै सरकारी वकिल कार्यालय मार्फत मुद्दा दर्ता प्रकृया सुरु गरिने वताए । चुनावका कारण केहि समय छानविन स्थगित गरिएको सहायक वन अधिकृत राम वहादुर विकले वताए ।
केन्द्रिय सरकार मन्त्री परिषद्को निर्णय वेगर खडा सालको रुख कटान गर्न, ढलाउन र काठ जम्मा गर्न थक्याउन नपाउने कानूनी प्रावधानको खिल्ली उडाउदै समाजका जानकार अगुवाहरुवाटै प्रतिवन्धित काठ तस्करी गर्नु गंभिर विषय हो ।
उक्त प्रकरणमा छानविन अगाडि वढेपछि धारापानी सामुदायिक वन उपभोक्ता समितिका सदस्यहरुलाई दवाव र प्रभावमा पारेर अनुकुल वयान दिन लगाइएको वुझिन आएको छ । समूहको टाउकोमा दोष थुपार्ने प्रयास गरेपनि केहि व्यक्तिको प्रत्यक्ष संलग्न रहेको खुल्न आएको डिभिजन वन कार्यालयले वताएको छ ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: