विदामा पनि खाना र बस भाडा असुल्दै मन्टेश्वरी स्कुल

सराङकोट न्यूज
17 March, 2020 2:27 pm
Advertisements

कोरोना भाइरस सम्भावित जोखिमबाट वच्न भन्दै सरकारले चैत्र ५ गते भित्रै परीक्षा सक्न र विदा गर्न उर्दी जारी गरेको छ। सरकारको निर्देशन वमोजिम एस.इ.ई परिक्षा वाहेक सवै शिक्षण संस्था चैत्र ६गतेवाट बन्द हुने भएका छन् । वैशाखको पहिलो हप्तावाट खुल्ने नयाँ सत्रको पढाइ पनि एकिन छैन । मुलुक कोरोना भाइरसको कहरवाट त्राहिमाम भइरहेको वेला पोखराका केहि वोर्डिङ र मन्टेश्वरीहरुलाई भने मनोमानी शुल्क उठाएर कमाउने चक्कर चलेको पाइएको छ ।
कतिपय वोर्डिङ स्कुलहरुले वन्द रहेको चैत्र महिनाको शुल्क असुल गरेको भन्दै अभिभावकहरुले प्रशासनमा उजुरी हाल्ने तयारी गरेका छन् । शिव शर्मा विरहीले नपढाएको चैत्र महिनाको शुल्क असुल गर्ने शैक्षिक माफिया विरुद्ध उजुरी हाल्ने अभिव्यक्ति व्यक्त गरेका छन् । शिव शर्माले नपढाएको शुल्क लिने विरुद्ध उजुरी दिने वताइरहँदा पोखरा १० अमरसिंह चोकमा रहेको रिजवाटर मन्टेश्वरी स्कुलले नपढाएको शुल्क मात्र हैन नखाएको खाना, खाजा र नचढेको वसको समेत पैसा उठाएको पाइएको छ । उक्त मन्टेश्वरीमा पढ्ने केहि अभिभावकले विदाको शुल्क सहित वस भाडा र खाना खाजाको पैसा मागेको भन्दै गुनासो गरेका थिए ।
अभिभावकको गुनासो आएपछि हामीले रिजवाटर स्कुलमा वुझ्दा विदाको अवधिको वस भाडा र खाना खाजा खर्च उठाइएको पुष्टि भएको छ । मन्टेश्वरीकी प्रिन्सिपल सावित्री थापा मोक्तानले आफनो स्कुलले अभिभावकसँग सल्लाह गरेर विदाको समयको शुल्क र वस तथा खाना खर्च उठाएको स्वीकार गरिन्। उनले विदाको समयको नखाएको खाना र नचढेको वसको भाडा असुल गर्नै पर्ने ठोस दलिल पेस गर्न भने सकिनन् । उक्त मन्टेश्वरीले मासिक शुल्क २ हजार वस भाडा १ हजार र लञ्च व्रेक फास्ट वापत मासिक २ हजार गरी प्रति विद्यार्थी करिव ५ हजार रुपैयाँ मासिक उठाउने गरेको प्रिन्सिपल मोक्तानले वताइन् ।
विदाको समयमा मासिक शुल्क वाहेक अन्य शुल्क उठाउन नमिल्ने पोखरा मन्टेश्वरी प्रि स्कुल लामाचौरका अध्यक्ष थिर वहादुर थापाले वताए । मनोमानी ढंगले विदाको वेलाको वस भाडा र खाना खर्च उठाउने कार्य प्रति खेद व्यक्त गर्ने पनि थापाले वताए ।
मन्टेश्वरी एसोसिएसन कास्कीकी सचिव समेत रहेकी रिडवाटर स्कुलकी प्रिन्सिपलले उठाएको शुल्कको वारेमा मन्टेश्वरी एसोसिएसन कास्कीका अध्यक्ष तथा पोखरा मन्टेश्वरी किण्डरहोम की संचालिका मिलन केसी विदाको वेला नियमित शुल्क वाहेक अरु शुल्क उठाउनु वेठिक रहेको वताउछिन् यस वारेमा अवको वैठकमा छलफल गरिने पनि केसीले वताइन् ।
अधिकारकर्मीहरु सेवा नै नदिई पैसा असुल गर्न उपभोक्ता ठगि हुने दावी गर्छन् । सेवा नै नदिई पढाई शुल्क लिने प्रचलन माथि कुरा उठिरहँदा खादै नखाएको पैसा र चढ्दै नचढेको वसको भाडा असुल गर्ने मन्टेश्वरी तथा स्कुलहरुलाई अनुगमन गरी कानुन वमोजिम कारवाही गर्नु पर्ने आवाज उठेको छ ।
देश र जनतालाई कोरोना भाइरसले सन्त्रास दिइरहेका वखत मौकाको फाइदा उठाएर अभिभावकको ढाड सेक्ने गरी शुल्क उठाउने कार्यलाई किमार्थ राम्रो मान्न सकिन्न । यस विषयमा अभिभावक र राज्य सजग रहनु जरुरी छ ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: