बन्दुक सहित रतुवा मृग मार्ने र मासु लाने चार जना पक्राउ

सराङकोट न्यूज
18 May, 2020 12:27 pm
Advertisements
Advertisements

रतुवा मृग मारेको अरोपमा पोखरा महानगरपालिका वार्ड नं. ३१ वाट ४ जना व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा आइते पोडे, सुविन्द्र गौचन भन्ने गणेश गौचन, राजकुमार पोडे र सरल न्यौपाने रहेका छन्। उनिहरु वैशाख ३० गते मृगको मासु र बन्दुकसहित पक्राउ परेका थिए।
पक्राउ परेका मध्ये आइते पोडे व्यवसायिक सिकारी रहेको र यसअघि पनि बन्यजन्तु सिकार गर्दै आएको व्यक्ति रहेको डिभिजन वन कार्यालय कास्कीले बताएको छ। आइते पोडेको साथबाट दुरविन सहितको बन्दुक समेत बरामद गरेको छ।
पोखरा ३१ सुन्दरी डाँडा भञ्ज्याङ आसपासबाट रतुवा मृग मारी केही खास व्यक्तिहरुलाई बोलाई भागविलो लगाई विक्री वितरण गर्दै गर्दा उनिहरु चारै जनालाई पक्राउ परेको बताइएको छ। बन्यजन्तु मार्ने र त्यसको मासु खरिद विक्री गर्ने, खाने लाई समेत बन ऐन बमोजिम मुद्धा चलाई कानुनी कारवाही हुने व्यवस्था छ। सोही बमोजिम चारै जना विरुद्ध बन्य जन्तु चोरी सिकार गरेको अभियोगमा मुद्धा दर्ता गरि थप अनुसन्धान अघि बढाइएको डिभिजन वन कार्यालय कास्कीका डि.अएफ.ओ. रामकाजी श्रेष्ठले बताए।
कोरोना महामारीका कारण सबैलाई थुनामा राखेर मुद्धा चलाउन असुविधा हुने भन्दै मुख्य आरोपी आइते पोडे बाहेकका राजकुमार पोडे, सुविन्द्र गौचन भन्ने गणेश र सरल न्यौपानेलाई हाजिरी जमानामा छोडिएको छ। पोखरा महानगरपालिका वडा नं. ३१ का वडा सदस्य विष्णु बहादुर भुजेलले तीनजना ओरोपीहरुलाई हाजिरी जमानामा उपस्थित गराउने कागज गरि बुझेर छुटकारा दिइएको छ। उनिहरु ३ सहित चारै जनाविरुद्ध सँगै मुद्धा दायर गरिने बन कार्यालयले बताएको छ।
पक्राउ परेका मुख्य अभियुक्त आइते पोडेको साथबाट बरामद भएको दुरविन सहितको बन्दुकको वैधानिकता बारे पनि अनुसन्धान गरिने बताइएको छ। बेगनास पारीको बन क्षेत्रमा मृग, कालिज लगायका बन्यजन्तुको अवैद्य सिकार गरि मासुको कारोवार हुने गरेको सुनिएको थियो। लकडाउनको मौका छोपेर मृग मार्नेहरु रंगेहात फेला परेपछि यस्ता गिरोहका कन्ट्रयाक टे«सिङ गर्नु जरुरी छ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: