डा.रिजालले एविपि न्यूजमा दिएको अन्तर्वार्ता नेपालमा भाइरल (भिडियो सहित)

सराङकोट न्यूज
21 May, 2020 12:49 pm

भारतले कांग्रेस नेता डा. मिनेन्द्र रिजालसँग लिएको अन्तर्वार्तामा भारतिय मिडिया नै अक्क न बक्क बनाईदिएका छन्। यो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ।

प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता डा. रिजाललाई भारतिय मिडिया एविपि न्यूजले नेपालको सरकारले गलत कामहरु गरेकोमा विपक्षी पार्टीको पनि समर्थन छ र भन्दै भारतीय प्रस्तोताको जवाफमा नेता रिजालले “हजारौ विषयमा सरकारसँग हाम्रो विमती छ तर सिमानाको विषयमा हामीसँगै छौँ” भन्नु भएको थियो । चीनको उक्साहटमा नेपालले नयाँ नक्सा जारी गरेको भारतीय पक्षको आरोपलाई पनि उहाँले ठाडै खण्डन गर्दै नेपालको आफ्नो विषयमा कसैको उक्साहटमा लाग्नु नपर्ने स्पष्ट पार्नु भएको छ । भारतको रिपक्लीक टिभीका सेलिब्रेटी पत्रकार अर्णब गोस्वामीले संसारभरी चीन एक्लो भएको र त्यसैको निर्देशनमा नेपाल चलेको व्याख्या गरेपछि धेरै भूमिका नबाधी प्रश्न सोध्न डा रिजालले सुझाउनु भएको थियो ।
उहाँको सुझाव पछि प्रस्तोताले लिम्पीयाधुरा, लिपुलेक, कालापानी भारतको भएको व्याख्या गर्दै प्रश्न सोधेकोमा आपत्ति जनाउनु भएको थियो । उहाँले दुई देशका नागरिकस्तरमा सम्वन्ध विगार्ने काम कसैले गर्न नहुने र देशहरुका आ आफ्ना समस्या तथा विवादलाई वार्ताबाट समाधान गर्नु पर्नेमा जोड दिनु भएको थियो । प्रश्नकर्ताले नेपाललाई चीन मातहतको सरकार जस्तो भएको आरोप लगाएपछि त्यसमा पनि डा रिजालले आपत्ति जनाउनु भएको छ । दुवै देशका अधिकारीहरुले छलफल गर्ने भनिरहेका बेला मिडियाले उचाल्नु ठिक नभएको उहाँको भनाई थियो । गलत व्याख्या गरिरहेको भन्दै उहाँले त्यस्ता व्याख्याको कडारुपमा खण्डन र खारेज गर्दछु भन्नु भएको छ ।
भारतले मिचेका भूमी नेपालको हो भन्ने सम्वन्धमा नेपालसँग धेरै प्रमाण रहेको भन्दै उहाँले त्यसका आधारमा वार्ता गर्न नेपाल तयार रहेको बताउनु भएको थियो । सिमाका विषयमा बोलिरहेका बेला प्रश्नकर्ताले विचमै फरक प्रशंग जोड्न खोजेपछि डा रिजालले “मेरो उत्तर सुन्नु, व्यक्ति व्यक्तिलाई सम्मान गर्न नसक्नेले कसरी देशको सम्वन्ध राम्रो बनाउन सक्छ” भन्दै प्रतिप्रश्न गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले “भारतबाट आएको भाइरस बलियो परेछ” भनेर दिएको अभिव्यक्तिलाई भारतीय प्रस्तोताले प्रधानमन्त्री ओलीको भारतप्रतिको पुर्वाग्रही अभिव्यक्तिको रुपमा व्याख्या गरेका थिए । उनले चिनिया कोरोना भाइरस ठिक र भारतीय कोरोना भाइरस बेठिक भन्नेर प्रधानमन्त्रीले भनेको भन्दै विषयान्तर गर्न खोजेकोमा पनि डा रिजालले प्रतिवाद गर्नुभएको थियो । उहाँले आफु सिमानाका बारेमा मात्रै अन्तर्वार्ता दिन तयार रहेको र कोरोनाका बारेमा बोल्न समय नदिएको जवाफ दिनु भएको थियो ।
डा रिजालले अन्तर्वार्ताका क्रममा प्रस्तोतालाई पटक पटक गलत व्याख्या गरिएको र पुर्वाग्रही भएको भन्दै सच्चिन सुझाव दिनुभएको छ । उहाँले सिमानाका बारेमा सारा नेपाली एक ठाउँमा रहेको बताउदै कसैको उक्साहटमा लागेको भन्ने व्याख्याको कडा रुपमा खण्डन गर्नु भएको छ ।

Advertisements

https://www.facebook.com/110255400681735/videos/259195635439597/

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: