नेपाल नाई संघ कास्कीले विभिन्न मन्त्रालयमा पुगेर ज्ञापन पत्र बुझायो

पदम श्रेष्ठ
21 July, 2020 9:51 am
Advertisements

पोखरा महानगरपालिका लगायत कास्की जिल्लामा व्यवसाय सञ्चालन गरि बसेका नाईहरुले आइतबार सामाजिक विकास मन्त्री नरदेवी पुनका स्वकीय सचिव चन्द्रमणी सापकोट मार्फत मन्त्रीलाई, सोमबार कानुन मन्त्री माननीय हरिबहादुर चुमान र गण्डकी प्रदेशको मुख्य मन्त्री कार्यालयका उपसचिव डिल्ली सिग्देल मार्फत मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङलाई कार्यकक्षमा नै पुगी नेपाल नाई संघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष लालबाबु ठाकुरले ज्ञापनपत्र बुझाएका छन्। केही दिन अगाडि जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख ज्ञानराज ढकाललाई नेपाल नाई संघ कास्कीका उपाध्यक्ष एवम् कार्यवहाक अध्यक्ष आनन्द ठाकुरले ज्ञापन पत्र बुझाएका थिए।

लकडाउनको घोषणासँगै राज्यले प्रदान गर्ने भनिएका राहत प्याकेजहरुमा खाद्यान्न, घरभाडा छुट, ब्याजमा सहुलियत नाई व्यवसायी र मजदुर समक्ष नपुगेको हुँदा लामो समयको लकडाउन सँगै बन्द भएका सैलुनहरु डब्लु एच ओ.को मापदण्ड र नेपाल सरकारको स्वास्थ्य सम्बन्धी नियम पालना गरेर पसल खोल्न अनुरोध सहितको ज्ञापन पत्रमा उल्लेख गरिएको थियो।सामाजिक विकास मन्त्री नरदेवी पुनका स्वकीय सचिव सापकोटाले सैलुन व्यवसाय सञ्चालन गर्ने नाईहरु प्रत्यक्ष मर्कामा परेको जनाएका थिए।

सैलुन व्यवसाय संवेदनशिल भएको हुँदा सम्बन्धित विशेषज्ञको छलफलबाट राज्यले कुनै न कुनै विकल्प निकाल्ने जनाएका थिए। सापकोटाले “राज्यले सैलुन व्यवसाय बन्द गर्दा नाईहरुलाई राहत दिन आवश्यक भएको तर सबै नाईहरुलाई राहत पु¥याउन सक्ने अवस्था नरहेको” बताएका थिए।
त्यसैगरी कानुन मन्त्री चुमालले नाईहरुको मागलाई क्याविनेटमा कुरा राखी केन्द्रको निर्देशन अनुसार जानकारी गराउने उल्लेख गरेका छन्।
नेपाल टे«ड युनियन कांग्रेस गण्डकी प्रदेशका अध्यक्ष मुरारी शर्माले सैलुन व्यवसाय सञ्चालन गरी बसेका व्यवसायी र सैलुनमा काम गर्ने श्रमिकहरुलाई राज्यले उचित मूल्याङ्कन नगरेमा रोगले भन्दा बढी भोकले मर्ने अवस्था आउने हुँदा चाडो भन्दा चाडो सैलुन व्यवसायलाई स्वास्थ्य सामाग्री प्रयोग गरी सुरक्षित तवरबाट काम गर्ने बातावरण सृजना गर्न अनुरोध गरेका थिए।


नेपाल नाई संघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष लालबाबु ठाकुरले “समस्या नाईहरुको मात्र नभई सम्पूर्ण श्रमिकहरुको समस्या भएको र बाँच्न र खाने अधिकार सबैले पाउनु पर्छ र सो अधिकार अहिले छिनिएको” बताएका छन्। सरकारले सैलुन व्यवसाय यथासिघ्र सञ्चालन गर्न दिई सम्पूर्ण स्वरोजगार तथा रोजगार श्रमिकको हितमा काम गरिदिन अनुरोध गरेका थिए।
कोभिड १९ को कारण राज्यले गरेको लकडाउन र तत्पश्चात ठप्प रहेको आर्थिक गतिविधि र बन्द व्यवसाय एवम् रोजगारीको कारण नाई पेशासँग सम्बन्धित श्रमिक एवम् रोजगारदाता अत्यन्त प्रभाव परेको छ। पोखरा महानगरमा १ सय ५० भन्दा बढि सैलुन रहेकोमा ५ सय भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिदै आएको छ ।

 

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: