गोगनकै अर्को काण्डः ‘निमावि’मा फेल भएकालाई ‘प्लस टु’को जागिर

सराङकोट न्यूज
23 July, 2020 10:10 am

गोगन माध्यमिक विद्यालयमा निमावि पढाउदै आएका शिक्षक झलक पौडेल शिक्षा सेवा आयोगको परीक्षामा फेल भए । राज्यले पौडेललाई अरु विस्थापित शिक्षक सो सरह उपदान दिएर विदा गर्यो । तर निमाविको आयोगमा फेल भएका शिक्षक पौडेलले गोगन मा.वि. छोड्न परेन उनि कक्षा ११–१२ को शिक्षक भएर अहिले पनि जागिर पकाइरहेका छन् ।
झलक पौडेललाई उक्त विद्यालयका प्रधानाध्यापक मोहनराज वरालको एकल आर्शिवादका कारण उनले तल्लो तहको आयोग परीक्षा फेल भएर पनि ११–१२ कक्षामा जागिर खाने अवसर प्राप्त भएको वुझिन आएको छ । झलक पौडेलले निमाविमा करिव २८ हजार तलव खादै आएका थिए । हाल कक्षा ११–१२ मा पढाउन पाउँदा करिव ४० हजार तलव खाने अवसर पाएका छन् ।
झलक पौडेललाई माथिल्लो तहमा नियुक्ती दिन कुनै प्रकृया पुरा गरिएको छैन । विद्यालय व्यवस्थापन समितिको निर्णय वेगर विज्ञापन समेत नगरी प्रधानाध्यापक निजि कम्पनीमा झै पौडेललाई पुरा पिरियड दैनिक चार पिरियड नेपाली विषय पढाउन लगाएको वुझिएको छ ।
गोगन मा.वि. विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेघराज पौडेल निमावि आयोग परीक्षामा फेल भएका शिक्षक लाई माथिल्लो कक्षामा नियुक्त दिन समितिले इन्कार गरेको वताउँछन् । विव्यसले नियुक्तिको निर्णय गरेको छैन प्रअले के आधारमा गरे कसरी तलव खुवाए आफूलाई जानकारी नआएको अध्यक्ष पौडेलले प्रस्ट्याए।
प्रधानाध्यापकले मनोमानी ढंग वाट प्रकृया नै पुरा नगरी झलक पौडेललाई ११–१२ कक्षाका नेपाली पढाउन दिएको र पेश्की शिर्षकमा पैसा दिएर तलव खुवाएका खुल्न आएको छ। विद्यालयकी लेखापाल ज्ञानु श्रेष्ठ प्रधानाध्यापक मोहन वराललको निर्देशन वमोजिम पेश्की रकम दिएर तलव खुवाएको र विव्यसको निर्णय नभएकाले पेश्की पछ्र्योट हुन नसकेको वताउँछिन् ।
सामुदायिक विद्यालयमा शिक्षक कर्मचारी नियुक्ति गर्दा विव्यसको निर्णय वमोजिम खुल्ला विज्ञापन गरिनु पर्ने शिक्षक महासंघ कास्कीका अध्यक्ष वोधराज पौडेल वताउँछन् । करारमा शिक्षक नियुक्ती गर्दा र करार नविकरण गर्दा विव्यसको निर्णय अनिवार्य रहेको अध्यष पौडेलले वताए ।
प्रकृया पुरा नगरी शिक्षक नियुक्त गरी तलव भत्ता खुवाए त्यो वेरुजु ठहरिने कानुनी व्यवस्था रहेको छ ।
निमावि तह विद्यार्थीलाई पढाउन अयोग्य ठहरिएका झलक पौडेल ११–१२ कक्षामा पढाउन कसरी योग्य भए ? विना विज्ञापन, परीक्षा नै नदिई उनले पाएको यो अवसर भएपनि रिति, थिति र प्रकृया भने पुरा नगर्नु कमजोरी मात्र हैन कानुनकै धज्जी उडाउनु हो अतः यस विषयलाई गंभिरताका साथ छानविन गरी वेरुजु असुल उपर गर्न आवश्यक छ । यस अघि पनि आर्थिक मामलामा अपारदर्शी सावित भई अख्तियार र अडिटले डामेका प्रधानाध्यापक मोहनराज वरालको यो कार्यसैलीको पुरानो घटनाको पुनरावृत्ति गराएको छ ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: