Prabhu Bank Ad

जलवायु संकट र प्रकृति–मानव केन्द्रित जन अभियानको स्थापना

विन्दु राज सापकोटा
7 August, 2020 2:53 pm

मानव जातिलाई चेतावनीः

विश्वमा जलवायु परिवर्तन, ग्लोवल वार्मि·, कार्वन उत्सर्जन, हरित गृह प्रभाव र तापक्रम बृद्धि आदिको क्षेत्रमा अध्ययन र अनुसन्धान कार्यमा अहोरात्र लागी परेका बिभिन्न क्षेत्रका वैज्ञानिहरुबाट संस्थागत, सामुहिक वा छुट्टाछुट्टै रुपमा प्रतिवेदनहरु प्रकाशन एवं प्रशारणमा आईरहेका हुन्छन् । १३ नोभेम्वर २०१७ मा जीव बैज्ञानिक पत्रिकामा प्रकाशित स्टेफन लेहीको “विश्व वैज्ञानिकहरुको मानब जाति लाई चेतावनी” शिर्षकको लेखमा बिविध क्षेत्रका १५,३७२ हस्ताक्षर कर्ता १८४ भन्दा धेरै मुलुकका वैज्ञानिकहरुले मानब जातिलाई चेतावनी दिदै भनेका छन कि बर्तमान तथा भावि मानव स्वास्थ्य तथा मानव भलाइका क्षेत्रहरु गम्भीर जोखिममा परेका छन् । यसको कारण जलवायु परिवर्तन, बनविनाश, ताजा स्वच्छ पानीको पहुँचको अभाब, जीव तथा बनस्पतिका प्रजातिहरुको लोप, र मानब जनसङ्ख्याको वृद्धि आदि हुन।
प्रसिद्ध वैज्ञानिक जेन गूडाल, इ. ओ. विल्सन र जेम्स ह्यन्सेनले पनि संयुक्त रुपमा चेतावनी पत्रमा हस्ताक्षर गरि “दोश्रो सूचना” शिर्षकको लेखमा आज भन्दा २५ वर्ष अघि नोभेम्वर १९९२ मा जारि गरिएको मौलिक डकुमेन्ट ूध्यचमि क्अष्भलतष्कतुक ध्बचलष्लन तय जगmबलष्तथू लाई अध्यावधिक गरेको छ । अधिकांस जीवित नोबेल पुरस्कार बिजेता १७०० वैज्ञानिकद्वारा हस्ताक्षरित डकुमेन्टले चेतावनी दिएको छ कि वातावरण माथि मानब हस्तक्षेपले “हामीले मानब जातिको लागि परिकल्पना गरेको भबिष्य” माथि गम्भीर आघात पारेको छ । केहि अपवादलाई छाडेर मानबिय प्रबृत्तिहरु बिगत २५ वर्ष यता अझै खराब बन्दै गएका छन् । जसको फलस्वरुप शुद्ध पिउने पानीको उपलब्धतामा प्रति जनसङ्ख्या २६ प्रतिशतले गिरावट आएको छ, सामुद्रिक मृत क्षेत्र ७५ प्रतिशतले वृद्धि भएको छ, ३०० मिलियन एकड बन क्षेत्र बिनास भएको छ जो एक खतरनाक प्रबृत्ति हो । १९९२ देखि कार्वन–डाई अकसाइडको उत्सर्जन ६२ प्रतिशतले बढेको छ र विश्व तापमान २९ प्रतिशतले बढेको छ जबकि मेरुदन्डिय प्राणीहरुको उपलब्धता २९ प्रतिशतले घटेको छ भने सन् १९९२ देखि यता थपिएका २ अर्ब जनसङ्ख्याले ३५ प्रतिशत जनसङ्ख्या वृद्धि गराएको छ र प्रकृति प्रदत्त सेवा माथि तनाब बढाईरहेको छ ।
समग्रमा प्रकृतिद्वारा प्रदान गरिएका सेवा तथा साधनहरुको अनुमानित मुल्य प्रति बर्ष १२५ देखि १४५ ट्रिलिएन अमेरिकी डलर बताइएको छ । एक मात्र सकारात्मक प्रबृत्ति यो हो कि हानिकारक परा–बैजनी किरणलाई रोक्ने ओजोन तहको उपचार सुरु भएको छ । अर्का सोधकर्ता रिपल भन्दछन् – पुनःनबिकरणीय उर्जाको बढ्दो प्रयोग अर्को सकारात्मक प्रवृति हो । सन् १९८७ मा संयुक्त राष्ट्र संघको पहलमा मन्ट्रियल बडापत्रमा विश्वका धेरै देशहरुले ओजोन तह बिगार्ने रसायन उत्पादनमा प्रतिबन्ध लगाउन एक जुट भै प्रतिबद्धता जारी गरे ।
त्यस्तै गरी १३ नोभेम्वर २०१७ कै दिन जर्मनीको बोनमा आयोजित संयुक्त राष्ट्र संघको जलवायु सम्मेलनमा बैज्ञानिकहरुको अर्को समूहले चेतावनी दियो कि बिगत ३ बर्ष स्थिर रहेको कार्वन–डाई अक्साइड उत्सर्जन बढ्ने सम्भावना रहेको छ । अर्का बैज्ञानिक जोहन रकस्टोर्र्म, जो “दिगो विज्ञानका लागि अन्तराष्ट्रिय केन्द्र” नामक संस्थाका कार्यकारी निर्देशक हुन्, ले चेतावनी दिदै भन्दछन– जलवायु परिवर्तन सुरु भैसक्यो, यो खतर्नाक छ र यो अझै भयावह हुनेवाला छ । चीन र भारतद्वारा हुने कार्वन उत्सर्जन पनि निरन्तर वृद्धिकै अवस्थामा छ यद्यपि बिगत केहि बर्ष यता घट्दो दरमा छ । “फ्यूचर अर्थ” नामक अनुसन्धान संस्थाका प्रमुख कार्यकारी निर्देशक एमी लियूर्सका अनुसार कार्बन उत्सर्जन वृद्धि हुँदैजानु मानब जातिको लागि महान पश्चगामी फड्को मानिएको छ । उनका अनुसार कार्बन उत्सर्जन घट्दै गएर सन् २०५० भित्रमा शून्यमा झर्नु पर्दछ । त्यस्तै गरी रिपल भन्दछन –“हामी आशा गर्दछौ कि हाम्रो डकुमेन्टले विश्व वाताबरण र जलवायुको बारेमा ब्यापक सार्बजनिक बहशलाई प्रेरित गर्ने छ,” तर, संचार माध्यमले १९९२ मा जारी “वैज्ञानिकहरुको मानब जातिलाई चेतावनी” लाई नजरअन्दाज गरेको छ –जस्तो कि “न्यू वर्क टाइम्स र वासि·टन पोष्ठ”ले यो बिषयलाई समाचार योग्य नरहेको टिप्पणी गरेको थियो । यसैले महान वैज्ञानिक डा. स्टीफन हाकि·सले भन्नु परेको थियो “म यस तथ्यसंग कुनै पनि हालतमा सहमत छैन कि पृथ्वीलाई बचाउन सकिन्छ, हाम्रो धरती आउने केहि शताब्दिमा नै आगोको गोला बन्नेछ” ।
जलवायु परिवर्तनका प्रभावहरु इतिहासमै सबैभन्दा उच्चः विश्वका साढे ४ सय वैज्ञानिकहरुको अनुसन्धानका आधारमा तयार गरिएको “स्टेट अफ क्लाइमेट” नामक रिपोर्ट अनुसार गत वर्ष विश्वको तापमान सबैभन्दा उच्च विन्दुमा पुग्नुमा जलवायु परिवर्तनका साथै समुद्र तात्ने प्रवृत्ति अर्थात “इएल निनो”को पनि प्रभाव रहेको छ । रिपोर्ट अनुसार सन् २०१५ मा मुख्य ३ वटा हरितगृह ग्यास, कार्वन–डाइअक्साइड, मिथेन र नाइट्रस अक्साइडको मात्रा किर्तिमानी उच्च विन्दुमा पुगेको छ । यी सबै ग्यासहरु जीवांश इन्धनको दहनबाट धेरै मात्रामा निस्किने ग्यासहरु हुन् । १३ मई २०१९ मा सिएनएनमा प्रकाशित तथ्यांकका अनुसार कार्वन–डाइअक्साइड उत्सर्जनको मात्रा बढेर अहिले सम्मकै उच्च अर्थात ४१५ पिपिएम नाघी सकेको छ । यस्तो अवस्था आउनुमा ठूलो मात्रामा वायुमण्डमा कार्वन–डाईअक्साईड तथा ग्रिन हाउस ग्यासहरु उत्सर्जन गर्ने मानविय गतिबिधिहरु नै जिम्मेवार छन् ।
वैज्ञानिकहरूले विश्वको तापक्रम बढ्दै जाँदा हुने खतराका सम्बन्धमा तीन वर्ष लगाएर गरिएको अनुसन्धान र दक्षिण कोरियामा वैज्ञानिक तथा सरकारी अधिकारीहरूबीच एक हप्तासम्म चलेको वार्तापछि विश्वको तापमान वृद्धि हुँदा त्यसबाट पुग्ने असरबारे हालसम्मकै सबैभन्दा विस्तृत चेतावनी जारी गर्दै जलवायु परिवर्तनलाई सिमित तुल्याउन समाजमा अभूतपूर्व परिवर्तनहरू हुनुपर्ने बताएका छन् । पृथ्वीको तापक्रम वृद्धि औद्योगिक क्रान्तिको बेलाको स्तरभन्दा १.५ डिग्री सेल्सियस मात्र बढी हुनुपर्नेमा हाल त्यो सीमा भन्दा निकै बढी तीन डिग्री सेल्सियसतर्फ अघि बढिरहेको छ । त्यस्तै संयुक्त राष्ट्रसंघ अन्तर्सरकारी प्यानल “आईपीसीसी” ले जारी गरेको जलवायु परिवर्तन सम्बन्धी प्रतिवेदनमा भनिएको छ – पृथ्वीमा विनाशकारी परिवर्तनहरू हुनबाट जोगाउन मानिसको जीवन शैली जस्तै ऊर्जा खपत, यात्रा, निर्माण सामग्रीको प्रयोग र हामीले खाने खानेकुरा जस्ता क्षेत्रमा नाटकीय परिवर्तन आवश्यक छ । साथै पृथ्वीको तापक्रमलाई १.५ डिग्रीभन्दा बढी बढ्न नदिने हो भने त्यसबाट विभिन्न प्रजातिहरू व्यापक रूपमा लुप्त हुनेदेखि सुख्खा र बाढीको समस्यासम्म लाई रोक्न सकिन्छ । तर त्यस्तो लक्ष्य हासिल गर्न पुनप्र्रयोग गर्न मिल्ने ऊर्जाको क्षेत्रमा तत्काल ठूलो लगानीको आवश्यकता पर्दछ ।
… वैज्ञानिकहरुका अनुसार हरेक वर्ष समुद्री सतह ३.३ मिलिमिटरले वृद्धि भएको छ । पश्चिमी प्रशान्त तथा हिन्द महासागरमा जलस्तरको वृद्धि सबैभन्दा उच्च देखिएको र यसले करोडौ मानिसलाई खतरामा पारेको छ । बिसौँ सताब्दीको सुरुवात देखि अहिलेसम्ममा उत्तरी ध्रुविय क्षेत्रको तापक्रममा २.८ सेल्सियसले वृद्धि भएको छ । मार्च २०१९ मा अमेरिका स्थित नासाको “ग्लोवल क्लाइमेट चेन्ज” नामक पत्रिकाको अनुसार— “अमेरीकन एसोसिएसन फर एडभान्समेन्ट साइन्स” लगायत बिभिन्न १८ वटा बैज्ञानिक संस्थाहरुले जलवायु परिवर्तन सम्बन्धि प्रकाशित संयुक्त बक्तब्यमा भनेका छन कि “विश्वभरका पर्यवेक्षणहरूले जलवायु परिवर्तनको सम्भावनालाई स्पष्ट पार्छ, र मानव क्रियाकलापबाट उत्सर्जन हुने ग्रीन हाउस ग्याँसले जलवायु परिवर्तनमा प्राथमिक भुमिका खेलेको छ” । तत्काल कदम नचाले के हुन्छ? वैज्ञानिकहरू भन्छन् – पृथ्वीको तापक्रम दुई डिग्री सेल्सियसले बढ्यो भने समुद्रमा रहेको “कोरल रीफ” भनिने मुगाको वासस्थान नै मासिनेछ । विश्वव्यापी रूपमा नै समुद्रको सतह झन्डै १० सेन्टिमिटरले बढ्ने छ । तर तापमान वृद्धि १.५ डिग्रीमा सीमित तुल्याउन सकिएमा एक करोड भन्दा धेरै मानिसहरू बाढीको जोखिम बाट जोगिन सक्नेछन् । त्यसैगरी समुद्रको तापक्रम र अम्लीयपनमा उल्लेख्य प्रभाव पर्नेछ र धान, मकै तथा गहुँ जस्ता बालीको उत्पादन पनि प्रभावित हुनेछ । अमेरिकी सरकारी वैज्ञानिकहरुले तयार पारेको एउटा बृहत् अध्ययन प्रतिवेदनले भनेको छ – “मानवीय गतिविधि”ले नै तीव्र गतिमा जलवायु परिवर्तन निम्त्याइरहेको हुनसक्छ । सो अध्ययन प्रतिवेदनको निष्कर्षले पेरिस सम्झौताबाट बाहिरिने राष्ट्रपति डोनल्ड ट्रम्पको निर्णयको बेवास्ता गर्दै अमेरिका र विश्वका लागि जलवायु परिवर्तनको भयावह परिणाम हुने उल्लेख गरेको छ । “द क्लाइमेट साइन्स स्पेशल रिपोर्ट” लाई ह्वाइट हाउसले अनुमोदन गरेको हो तर अध्ययन प्रतिवेदनको निष्कर्ष जलवायु परिवर्तन सम्बन्धी राष्ट्रपति ट्रम्पको धारणासँग मिल्दैन । वैज्ञानिकहरु भन्छन्, “यो शताब्दीको अन्त्यसम्ममा विश्वव्यापी समुद्री सतह ८ फीट जतिले बढ्ने सम्भावनालाई नकार्न सकिंदैन”
जलवायुलाई लिएर विश्वमा संकटकालिन स्थिति घोषिणा गरौं ः जलवायु संकटका विषयमा नागरिक अभियान, भारतका अनुसार— आधुनिक औद्योगिक समाजहरूको पृथ्वी ग्रहमाथि हरेक प्रकारले डरलाग्दो प्रभाव परेको छ । यसको परिणाम यो भयो कि हावा, पानी र माटोको प्रदूषणमा वृद्धि भएको छ । धरती र समुद्रको “पारिस्थितिकी तंत्र” विनाश तिर बढ़दै छन । २०१८ मा जलवायु परिवर्तनको असर व्यापक रूपले अनुभव गरियो र यसको परिणाम प्रत्येक महाद्वीपमा अप्रत्याशित बढदो गर्मी, अनिकाल, बाढी, हावाहुरी, आदिको रूपमा अघाड़ी आयो, जो मौसम सम्बन्धि यिनि मानकहरूको विषयमा अद्वितीय थियो । संयुक्त राष्ट्रसंघका महासचिव एंटोनियो गुटेरेस को शब्दमा “यो मानव जातिको अस्तित्वमाथि सामुन्ने नै उपस्थित खतरा भन्दा कम छैन”। यस्तै परिदृश्यको पुष्टि जलवायु परिवर्तनलाई लिएर अन्तर–सरकारी पैनलले अक्टुबर २०१८ मा जारी “१.५ डिग्री सेल्सियसको ग्लोबल वार्मि· माथिको विशेष रिपोर्ट” मा गरेको थियो । यो समयको मांग हो कि हामि व्यक्तिगत जीवनशैलीमा परिवर्तन भन्दा पनि अघाडीको सोचौ र आज यो आवश्यकता छ कि विश्वका सरकारहरु, कर्पोरेट कम्पनिहरु र अन्तर्राष्ट्रिय संस्थाहरु तत्काल जलवायुलाई बचाउने कामलाई सबभन्दा बढी महत्व दिउन ।
यसै सन्दर्भमा १८–२१ सेप्टेम्वर २०१९ मा भारतको हैदरावाद शहरमा प्रकृति–मानव केन्द्रित जन अभियान, वातावरणीय समूहहरु, नागरिक समाज, कृषि, युवा तथा मजदुर समूहहरु र बैज्ञानिकहरु लगाएतको संलग्नतामा गठित क्यगतज ब्कष्बल एभयउभिुक ब्अतष्यल यल ऋष्mिबतभ ऋचष्कष्क ९क्ब्एब्ऋऋ० संस्थाको आयोजनामा भएको जलवायु संकट सम्बन्धि सार्क स्तरिए सम्मेलमा दक्षिण एसियाका पाँचवटा देशहरू – बंगलादेश, भारत, माल्दिभ्स, नेपाल, र श्रीलंकाका नागरिकहरुको प्रतिनिधित्व गर्दै ३५० जना सहभागीहरुको तर्फबाट २१ सेप्टेम्वरको दिन संयुक्त राष्ट्रसंघका महासचिव एंटोनियो गुटेरेस र सार्क मुलुकका सबै राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरुलाई एक पत्र लेखि जलवायु संकट घोषणा गरी “संकटकालीन कार्य योजना“ ल्याएर उसलाई लागू गरी सबै देशहरुस· कार्बन उत्सर्जनको विषयमा आजको तुलनाममा ज्यादा कटौती गर्नको लागि अनुरोध गरिएको थियो । उक्त सम्मेलनमा प्रकृति–मानव केन्द्रित जन अभियान नेपालको तर्फबाट पनि प्रतिनिधित्व रहेको थियो ।
मानव जातीले आफ्नो उत्पत्तिकाल देखि नै अनगिन्ती प्राकृतिक र सामाजिक व्यवधान वा संकटहरुको सामना गर्दै र समाधान गर्दै आएको छ तर वर्तमान ऐतिहासिक चरणमा यस्ले मानवकै सामाजिक व्यवस्थाद्वारा उत्पन्न भएर सम्पुर्ण जैविक एवं मानव प्रजातिकै अस्तित्व समाप्त गर्ने पर्यावरणीय गिरावट, जलवायु परिवर्तन र अमानवीयकरण जस्ता विशेषता भएका घटनाक्रम लिएर आएको अत्यन्तै गम्भीर प्रकारको चुनौतीको सामना गर्नु परिरहेको छ । आजको यो संकट दुई आयामीक रुपमा प्रकट भएको छ । सामान्यतः पहिलो पर्यावरणीय वा प्रकृति विनासको संकट हो भने अर्काे अमानवीयकरण तर्फ अघि बढिरहेको भयावह सामाजिक संकट । अतः एक शब्दमा भन्दा नयाँ प्रकारको बिश्वयुद्ध प्रारम्भ भएको छ, जुन आज मानव जातिले मूलभूत रुपमा जैव–पारिस्थितिक–सामाजिक संकट (भ्अय(द्यष्य(क्यअष्ब िऋचष्कष्क) को रुपमा सामना गर्नु परिरहेको छ ।
आज पृथ्वी तथा जीवनको रक्षा गर्ने सवाल पेचिलो बन्दै गएको छ । संयुक्त राष्ट्र संघ लगायत विभिन्न वैज्ञानिक अध्ययनहरुले यस शताब्दीको मध्यसम्म अर्थात सन् २०५० सम्ममा भू तथा वायुमण्डलको हरितगृह ग्यासलाई नियन्त्रण नगरिए पृथ्वीमा भयानक संकट आउने उल्लेख गरेको छ। अत्यधीक कार्वन उत्सर्जन, ओजोन तहको विनाश, जलवायु संकट, खेतीमा रासायनिक तथा विषादिकरण, हावा–पानी–खाद्य प्रदुषण लगायतका समस्याहरु मानव जातीका भयानक चुनौतीहरु हुन्। भनिन्छ प्रतीवर्ष तीन अरव टन भन्दा वढी कार्वनडाईअक्साईड वायुमण्डलमा प्रवेश गर्दछ । यसले पृथ्वीलाई तताउंदै लगेको छ । केही दशक भित्रै पृथ्वीको तापक्रम १% सेल्सीयस वढिसकेको छ । यदी यो २% सेल्सीयस नाघेमा पृथ्वीमा भयावह संकट उत्पन्न हुने वैज्ञानिक चेतावनीहरु आईरहेका छन् । यि चुनौतीे र परिणामहरुको दिगो रुपमा स्थायी समाधान खोज्न अपरिहार्य भएको वास्तविकता मनन गरी उपर्युक्त सवालहरुमा विश्वव्यापी जन अभियानवाट आम जन समुदायलार्ई सु–सूचित गर्दै जनस्तरवाटै आन्दोलनका लहर श्रृजना गरी पर्यावरणीय जैविक संकट समाधान हेतु आज भन्दा १८ बर्ष अघाडी अर्थात २७–३० डिसेम्बर २००२ मा राजस्थानको हनुमानगढ़मा आयोजित प्रकृति मानव केन्द्रित अभियन्ताहरु सहभागी सार्क स्तिरिए सम्मेलनमा जब कमरेड आर.पी. सराफले स्पष्ट पारेका थिए कि मानव समुदाय आफ्नो इतिहासमा यस्तो ठूलो संकटमा छ कि यदि समयमै समाधान भएन भने यसले सम्पूर्ण समुदायलाई नष्ट गर्दछ, । यस सम्बन्धमा उनले नेपालका डा. डी.वी.सिंह लगायत विज्ञान र समाजका धेरै विज्ञहरूको रायका साथ आफ्नो धारणा व्यक्त गर्दै भनेका थिए की मानव समुदायको प्रकृति र सामाजिक दुबै पक्षहरू यस संकटको चपेटामा आएका छन् । जनतामा यस संकटको समाधान खोज्ने विचारको साथमा, त्यसपछि उक्त सम्मेलनले प्रकृति–मानव केन्द्रित जन अभियान (ल्ज्ऋएः) नामको एक संगठनको स्थापना गर्यो र सोही सम्मेलनमा सहभागी नेपाली प्रतिनिधिहरु मध्येबाट डा. डी.वी. सिंहको संयोजकत्वमा ९ सदस्यीय नेपाल यूनिटको समेत स्थापना भएको हो ।
यस संगठनको आधारभूत सिद्धान्त भनेको संसारको प्रत्येक काम प्रकृति र मानवलाई केन्द्रमा राखेर हुनुपर्दछ । विश्व स्तरमा व्यवस्थापन गर्न संयुक्त राष्ट्रसंघलाई लोकतान्त्रिक आधार, शैली र संगठन अन्तर्गत पुनर्गठन गर्नुपर्दछ । त्यस्तै विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषमाथि धनी राष्ट्रहरूको नियन्त्रण घटाई गरीब देशहरूलाई बढी अधिकार दिइनु पर्दछ । प्रकृति–मानव केन्द्रित विकासको यस मोडल पाँच स्तरका आधारभूत सिद्धान्तहरू अर्थात् १) पर्यावरणीय टिकाउपन २) १ः५ को आय भिन्नता भन्दा वढी नहुने गरी हुने समता ३) उत्पादकता ४) लोकतन्त्र र ५) पारदर्शितामा टिकेको छ । यी पाँच स्तरका आधारभूत सिद्धान्तहरू मानवको जैव–सामाजिक चरित्रसंग मेल खान्छन्, अर्थात् यिनले मानिसको निजी हितलाई सामाजिक हितसंग जोड्दछन् । यो अभियानको मुख्य उद्देश्य पर्यावरणीय विनाश, जैविक भविष्य र अमानवीयकरणको बारेमा विश्वव्यापी रुपमा आवाज उठाउदै, विनाशकारी अवस्था सम्म पु¥याउने वर्तमान कर्पाेरेट व्यवस्थालाई प्रकृति–मानव हितैषी सामाज व्यवस्थामा रुपान्तरण गर्ने रहेको छ ।

स्रन्दर्भ सामाग्रीः
१. मदरवोर्ड अनलाइन, १३ नोभेम्वर २०१७
२. बीबीसी न्यूज, ८ अक्टोबर २०१८
३. आईपेटीसन डट कम, ६ डिसेम्वर २०१८
(कृषिमा स्नातक गरी लामो समय भू–संरक्षण सम्बन्धि कार्यको अनुभव बटुल्नु भएका सापकोटा हाल प्रकृति–मानव केन्द्रित जन अभियान नेपालको उपाध्यक्ष हुनुहुन्छ)

प्रतिक्रिया दिनुहोस्: