![](https://www.sarangkotnews.com/wp-content/uploads/2024/04/gif-file.gif)
लायन्स क्लब अफ पोखरा माउन्टेनसिटीद्वारा नेपालमा लायन्स क्लब बर्ष स्थापनाको ५० औं बर्षको अवसरमा सुरु गरिएको साप्ताहिक कार्यक्रम अन्तर्गत शनिबार पोखराको भद्रकाली मन्दिरमा ५०० लीटर को पानी ट्यांकी एवं अटोमेटिक फुट अपरेटिङ सिस्टम भएको ह्यान्ड वास वेसिन ह्यान्डओभर कार्यक्रम सम्पन्न भएको छ।
डिष्ट्रिक को–चिफ एड्भाइजर लायन सुचित्रा थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा बोल्दै माउन्टेनसिटी क्लबको कार्यशैली फरक भएको र पहचान गरी के चाहिन्छ भन्ने कुरा पत्ता लगाएर काम गर्नुभएको हुँदा धन्यवाद व्यक्त गर्नुभएको थियो। “मन्दिरलाई सहयोग गरिएको बेसिन जडान पानी ट्याङ्कीमा हातले नछोइकन हात धुन मिल्ने फूल प्रोटेक्टेड मेशिन आफूलाई नौलो भएको महशुश भएको छ र यसलाई मन्दिर व्यवस्थापन समितिले सही सदुपयोग गर्नुहुनेछ।” थापाले भन्नुभयो।
कोभिड –१९ (कोरोना) भाइरस विश्वभर फैलिएको अवस्थामा लायन्समा रहेका साथीहरुलाई चुनौती रहेको र यस अवस्थामा आफूपनि कसरी सुरक्षित रहन सकिन्छ त्यो बारेमा सचेत बनी अगाडि बढ्न थापाले आग्रह गर्नुभएको थियो।
भद्रकाली मन्दिर व्यवस्थापन समितिका अध्यक्ष टिका कार्कीले मन्दिरमा अत्यावश्यक सुरक्षित हातधुने पानी ट्याङ्की सहयोग गरेकोमा संस्थागत र आफ्नो व्यक्तिगत तर्फबाट क्लबलाई धन्यवाद व्यक्त गर्नुका साथै आगामी दिनमा पनि सहयोगको खाँचो रहेको बताए। आगामी दिनमा मन्दिरको वरिपरी फुट ट्याक बनाउने र ०७२ सालको भुकम्पमा परि क्षति भएको भद्रकाली मन्दिरलाई करिब ४ करोडको लगानीमा नयाँ बनाउने समेत जानकारी गराए।
भद्रकाली मन्दिर व्यवस्थापन समितिका सचिव योगेन्द्रमान श्रेष्ठले भद्रकाली मन्दिर करिब २ वर्ष पूरानो रहेको र त्यो भन्दा अगाडि गणेश मन्दिर रहेको जनाएका थिए। त्यसैगरी करिब १०० रोपनी भन्दा बढी जमिनमा फैलिएको भद्रकाली मन्दिरमा केही व्यक्तिहरुले व्यक्तिगत दर्ता गरेको र त्यस अतिक्रमण जमिन १७ वर्ष लगाएर अहिले मन्दिरकै स्वामित्वमा ल्याउन पाएकोमा खुसी व्यक्त गरेका थिए।
लायन्स क्लब अफ पोखरा माउण्टेनसिटीले साप्ताहिक कार्यक्रम अन्तर्गत राधाकृष्ण मन्दिर, पस्र्याङमा सरसफाइ तथा मास्क, सेनिटाइजर, ग्लोबस् र खानेपानी वितरण, सिद्ध परोपकार बैदिक गुरुकुल आश्रम ढुंगेसाघुमा खाद्यान्न, माक्स, औषधि र नगद सहयोग, एडपटेसन कार्यक्रम अन्तर्गत बरपाटन मावि, विन्ध्यवासिनीका शुशन गिरीलाई कक्षा १२ सम्मको छात्रवृत्ति वितरण, चिसाखोला वेद विद्याआश्रममा बटुकहरु तथा गुरुलाई पोशाक तथा न्यानो कपडा वितरण कार्यक्रम, परमहंश मोक्ष आश्रममा बृक्षरोपण, आर्थिक सहयोग तथा बोट बिरुवा गोडमेल कार्यक्रम सम्पन्न भइसकेको छ ।
क्लबका चाटर्ड अध्यक्ष तथा डिष्ट्रिक सिनियर एओजी पिएमजेएफ लायन डोलराज पोखरेल, पूर्व अध्यक्ष तथा डिष्ट्रिक जिएलटी कोर्डिनेटर लायन कृष्ण प्रसाद पराजुली, रिजन चियर पर्सन लायन ज्ञानेन्द्रराज कोइराला, पूर्व अध्यक्ष तथा ओएडी डिष्ट्रिक जोन चियरपर्सन लायन हर्क बहादुर अधिकारी (मिरज), निवर्तमान अध्यक्ष तथा डिष्ट्रिक चियरपर्सन लायन राजु देवकोटा, प्रथम उपाध्यक्ष मोहदत्त भुसाल, सचिव लायन भोविन्द गिरी, सहकोषाध्यक्ष लायन नविन केसी, मेम्बरसिप चियरपर्सनद्वय रविन केसी, लायन सुदिप गौतम र पब्लिक रिलेसन अफिसर लायन पदम श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।
लायन्स क्लब अफ पोखरा माउण्न्टेनसिटीका सचिव भोविन्द गिरीले सञ्चालन गरेको उक्त कार्यक्रममा मन्दिर ब्यवस्थापन समितिका सह–सचिव एवम् डिपार्टमेन्ट चिफ लायन सान्तराज श्रेष्ठ शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने क्लवका अध्यक्ष लायन कृष्ण प्रसाद कोइरालाले कार्यक्रमको समापन गरेका थिए।
![](https://www.sarangkotnews.com/wp-content/uploads/2024/07/pokhara-nagarpalika.jpg)
![](https://www.sarangkotnews.com/wp-content/uploads/2024/04/gif-file.gif)
![](https://www.sarangkotnews.com/wp-content/uploads/2023/11/Annapurna-Bal-Tatha-Mahila-Aspatal-Final-Ad-copy.jpg)