साल्ट ट्रेडिङ लि.ले ढिलो गरी भएपनि युरिया मल पोखरा भित्र्याएर विभिन्न सहकारी मार्फत् किसानहरुलाई वितरण गरिएको छ । १६८० वोरा युरिया मल आएकोमा १५६६ वोरा मल वितरण गरिएको साल्ट ट्रेडिङ लि. पोखराका सूचना अधिकारी सागर शेरचनले बताए । पोखरा र आसपासका २९ वटा सहकारी मार्फत् अनुदानको मल पठाइएकोले धानको सिजनमा कृषकहरुलाई केहि राहत पुग्न सक्ने अपेक्षा गरिएको छ ।
सरकारले अनुदानमा उपलव्ध युरिया मल मुख्य सिजनमा उपलव्ध नगराउँदा मलको गोप्य तस्करी हुने गरेको थियो । यसरी साल्ट ट्रेडिङ र कृषि सामग्री क.लि. ले उपलव्ध गराएको मलमा कालावजारी हुन नदिन र उचित मूल्यमा किसानले मल पाउन भन्ने हेतुले सराङकोटले मल उपलव्ध हुने सहकारीको नाम र परिणाम समेत सार्वजनिक गरेको छ ।
साल्ट ट्रेडिङले उपलब्ध गराएको सूचि अनुसार अनुदानको मल कहाँ कहाँ पाइन्छ
- आधुनिक कृषि सहकारी संस्था लि. ५० बोरा
- अघौं कृषि सहकारी संस्था लि. ५० बोरा
- भानु सहकारी संस्था लि. ८० बोरा
- भिमोदय उभाकोटा सहकारी संस्था (भिमाद) ५० बोरा
- देविस्थान कृषि सहकारी संस्था लि. ५० बोरा
- हराभरा दुग्ध उत्पादक सहकारी संस्था लि. ६० बोरा
- हरियाली कृषि सहकारी संस्था लि. ४० बोरा
- इन्द्रवराह कृषि सहकारी संस्था लि. ४० बोरा
- जनएकता उपभोक्ता सहकारी संस्था बगर ५० बोरा
- जनमुखी उपभोक्ता सहकारी संस्था लि. ५० बोरा
- जनप्रिय सहकारी संस्था लि. ५० बोरा
- जरीखेत कृषि सहकारी संस्था लि. ५० बोरा
- काली लेख दुग्ध उपभोक्ता सहकारी संस्था लि. ६ बोरा
- कल्याणकारी बचत तथा ऋण सहकारी संस्था लि. ६० बोरा
- लेखनाथ समुदायिक कृषि सहकारी संस्था लि. ५० बोरा
- महेश उपभोक्ता सहकारी संस्था लि. ३० बोरा
- मिलिजुली कृषि ताजा तरकारी उत्पादक सहकारी ४० बोरा
- नविन उपभोक्ता सहकारी संस्था १२० बोरा
- नेवा मस्र्याङ्दी उपभोक्ता सहकारी संस्था लि. १०० बोरा
- प्रभुधाम हरियाली कृषि सहकारी संस्था लि. ४० बोरा
- पुलचोक कृषि सहकारी संस्था लि. ५० बोरा
- सफल कृषि सहकारी संस्था लि. १२० बोरा
- शुक्लागण्डकी उपभोक्ता सहकारी संस्था लि. ५० बोरा
- सिलि·ी कृषि उत्पादक सहकारी संस्था लि. ५० बोरा
- साकुरा कृषि सहकारी संस्था लि. ४० बोरा
- सुर्यादय दुग्ध उत्पदाक सहकारी संस्था लि. ५० बोरा
- ताल नगरी कृषि सहकारी संस्था लि. ५० बोरा
- ठूलाकोट कृषि सहकारी संस्था लि. ४० बोरा
- उपभोक्ता सहकारी संघ लि. (कृषि) ५० बोरा
कृषि सामग्री कम्पनी लिमिटेडले यो सिजनमा अनुदानको मल उपलव्ध गराउन सकेन । कृषिप्रधान मुलुक नेपालले खेतीको समयमा मल पाउन नसक्दा कृषिको उपलव्धी न्यून हुने अवस्था आएको छ । खासगरी भाद्र मसान्त भित्र मल नआए त्यसको उपलव्धी नहुने कृषि सामग्री कम्पनी लिमिटेडका सूचना अधिकारी ठाकुर प्रसाद वास्तोलाले वताए । उनको अनुसार १६ रुपैयाँ ४० पैसामा सहकारीले लाने मल २० रुपैयाँ प्रति किलो भन्दो वढीमा वेच्न नहुने वास्तोलाले वताए । अनुदानको मलमा कालोवजारी हुने नहुने अनुगमन र कारवाही गर्ने दायित्व जिल्ला प्रशासन कार्यालयको हुने पनि वास्तोला वताउँछन् ।