एन आई सी एशिया बैंकको कर्तुत, विना स्वीकृति ग्राहकको खातामा मनोमानी, २४ घण्टा भित्रै किन गरे पैसा फिर्ता ?

सराङकोट न्यूज
2 September, 2020 7:28 pm
Advertisements
Advertisements

के तपाई वैंक तथा वित्तिय संस्थामा कारोवार गरिरहनु भएको छ ? त्यसो हो भने ढुक्क नहुनुहोस् तपाईको पैसा कुनै न कुनै वहानामा वैंकले तान्न सक्छ त्यो पनि तपाईलाई जानकारी नै नदिई । चनाखो हुनुहोस्, एस.एम. एस चेक गरिरहनुहोस्, कुन शिर्षकमा के उद्देश्यले तपाइको खाताबाट पैसा तानिएको छ त्यो नियमित निगरानी गरिरहनु पर्ने अवस्था सिर्जना भएको छ।

ग्राहकलाई जानकारी नै नदिई एनआइसी एशिया वैंकलेआफूखुसी रकम तानेपछि प्राप्त सन्देश

हो केहि दिन पहिला एन आई सी एशिया वैंकले एक जना सेवाग्राहीको खाताबाट १७ हजार एक सय सात रुपैयाँ ग्राहक (सेवाग्राही) को अनुमती वेगर रकम तानेर अन्यत्र ट्रान्सफर गरिएको पाइएपछि ठूलो दावी गर्ने कमर्सियल वैंक एन आई सी एशियाको गैह्रकानुनी र मनोमानी कार्यशैली पुष्टि भएको छ । विगत ३ वर्ष देखि उक्त वैंकमा कारोवार गर्दै आएको यो पक्तिकार स्वयम्को खाताबाट उक्त वैंकले १७ हजार १०७ रुपैयाँ तानेको म्यासेज मोवाइलमा आएपछि खाता रहेको कार्यालय सभागृह र वैंकको प्रदेश कार्यालयका प्रमुख दिपेन्द्र शर्मा समक्ष वुझ्दा अटो लोनको किस्ता वापत रकम खाताबाट तानेर सगरमाथा इन्स्योरेन्सको खातामा ट्रान्सफर गरेको बताए तर ग्राहकको अनुमती नलिई वा खातावालालाई कुनै जानकारी समेत नदिई खाताबाट पैसा तानेको विषयमा वैंकका प्रदेश प्रमुख दिपेन्द्र शर्माले गाडी विमा गर्ने कम्पनीले डेविट नोट दिएको कारण पैसा खाताबाट तानेको बताएका थिए तर उनले भनेको डेविट नोट एवम् आधार र कारण दिन सकेनन् वरु ग्राहकको खाताबाट तानिएको पुरै रकम (१७ हजार एक सय सात) रुपैयाँ ग्राहकको खातामै फिर्ता गरिदिए ।

सगरमाथा इन्स्युरेन्स कम्पनीले ग्राहकको पोलिसी वमोजिम रकम बुझेपछि प्राप्त सन्देश

गाडी विमाको म्याद भाद्र १३ गते । अगस्ट २९ २०२० सम्म कायम रहँदा रहँदै ४ दिन अगावै भाद्र १० गते अगस्ट २६, २०२० मै खाताबाट १७ हजार १ सय सात रुपैयाँ तानिएको थियो जवकी विमा नीति अनुसार जम्मा १२ हजार ९ सय रुपैयाँ मात्र तिर्नु पर्ने थियो जसमा सरकारले दिएको लकडाउन छुट, विमा दावि नभएको छुट समेत थियो वैंकले ग्राहकको खाताबाट विमा तिर्ने अवधि ४ दिन वाँकी छदै ४२०७ रुपैयाँ वढि रकम तानेर सगरमाथा इन्स्योरेन्सको खातामा ट्रान्सफर गरेको पुष्टि भएको छ ।
एनआइसी वैंकको मनोमानी पूर्ण कार्यको कारण र आधार खोजे पछि बैंकले आधार र कारण दिन नसक्दा ग्राहकको खाताबाट जानकारी नदिई तानेको पैसा पुन सवै रकम ग्राहककै खातामा फिर्ता (क्रेडिट) गरिदिएका छन् । यसबाट पनि वुझ्न सकिन्छ वैंकले नियम कानुन विपरित ग्राहकको खातामा डाडु पन्यु चलाएको छ ।

गल्ती स्वीकार गर्दै रकम ग्राहककै खातामा रिफन्ड गरेको एनआइसी वैंकको सन्देश

यता सगरमाथा इन्स्यूरेन्स कम्पनी पोखराले भने आफूले वैंकलाई अवधि नपुग्दै पैसा तान्न नभनेको वताए । पोखराका प्रवन्धक कविराज पौडेलले भने –“हामीले तान्न भन्ने भए पाउने छुट कटाएर लाग्दो प्रिमियल मात्रको डेविट नोट पठाउथ्यौ ।”
म्याद नपुगी पैसा तान्ने, जानकारी नगराई पैसा तान्ने, हिसाव कितावै नगरी छुट समेत नदिई गत वर्षकै अंकमा रकम तान्ने कार्य वारेको प्रश्नमा नाजवाफ एन.आइ.सि. एसिया वैंकले यो पंक्तिकारको पैसा त फिर्ता ग¥यो तर अरु कति यस्ता ग्राहक होलान् जसको खाताबाट वेहिसाव अनि विना जानकारी पैसा तानिन्छन् ? यसमा वैंक र विमा कम्पनीको पनि मिलेमतो नहोला भन्न सकिन्न । वैंकमा रहेका खाताको सुरक्षा माथि गंभिर प्रश्न उठेको छ । धितोका सुरक्षामा चिन्ता गर्ने वैंकले ग्राहकको खाताको सुरक्षामा किन ध्यान नदिएका होलान् ? आफ्नो खाताको सुरक्षामा आफै चासो राख्नु नै उत्तम विकल्प हुनसक्छ ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: