![](https://www.sarangkotnews.com/wp-content/uploads/2020/09/chrak-1024x768.jpg)
![](https://www.sarangkotnews.com/wp-content/uploads/2024/04/gif-file.gif)
पोखरा–११, काहुँमा रहेको पोखरा टेक्निकल हेल्थ मल्टि प्रपोज इन्स्टिच्युट (पिटिएचएमआई)को सम्पूर्ण स्वामित्व चरक मेमोरियल हस्पिटललाई २५ करोडमा विक्री भएको छ । यो मूल्य उसले चलाउँदै आएको पिसिएल नर्सिङ, सामान्य चिकित्सा र डिप्लोमा इन फार्मेसी र घर जग्गा समेत गरी एक मुष्ट हो ।
२०७७ भाद्र २८ गते आइतवार चरक मेमोरियल अस्पताल र इन्स्च्यिुटका केहि शेयर संचालकहरु वीच एम.ओ.यू. पत्रमा हस्ताक्षर गरी खरिद विक्रीको वैना लेन देन कार्य भएको छ । कुल रकमको १० प्रतिशत अर्थात् साढे दुई करोड रुपैयाँ चरक मेमोरियल हस्पिटलले पिटिएचएमआई लाई भुक्तान गरेर इन्स्टिच्युट विक्रीको सुनिश्चित भएको छ ।
यस अघि पनि उक्त इन्स्टिच्युट ३१ करोड मूल्य गरेर ५० प्रतिशत शेयर १५ करोड ५० लाखमा फेवासिटि हस्पिटललाई विक्रीको तयारी भएको थियो । फेवासिटि १ सय वेडको अस्पताल भएको र उसको पिसिएल नर्सिङको आफ्नै कार्यक्रम रहेकोले सोही प्रोग्राम चलाउन नमिल्ने वारेमा सराङकोटले समाचार प्रकाशन गरेपछि खरिद विक्री कार्यक्रम ठाउँका ठाउँ खारेज भएको थियो ।
स्थापना कालदेखि आफ्नै हस्पिटल नभएको सरकारी अस्पतालसँग भाडा सम्झौता गरेर कार्यक्रम चलाउँदै आएको पिटिएचएमआइका संचालकहरु उच्च तनावमा रहेका थिए । चिकित्सा शिक्षा ऐन २०७५ जारी भएपछि दुई वर्ष भित्र आफ्नै सय वेडको अस्पताल हुनै पर्ने प्रावधान तोकेको थियो । ऐनको दफा ४४ (क) वमोजिम २०७७ फागुन ९ गते भित्र अस्पताल खोल्न या अन्य अस्पतालमा गाभिनु पर्ने वाध्यकारी अवस्था थियो सोही कारण पिटिएचएमआई सय वेडको अस्पतला सँग गाभिनु वा विक्रि गर्नु अनिवार्य थियो ।
२० जना शेयर लगानी कर्ता रहेको पिटिएएमआई रहेको जग्गा सम्वन्धि केहि विवाद वल्झन सुरु भएको छ । केहि जानकारहरुले इन्स्टिच्युट रहेका १० रोपनी क्षेत्रफलको जग्गा चौतारो र पोखरी मासेर दर्ता गरेकोले राज्यका निकायले छानविन गर्नुपर्ने वताएका छन् । कि.नं. ५३०, ५३३ र ५३५ को जग्गाको ऐतिहासिक पहिचान र यथार्थ स्वामित्वका वारेमा आवश्यक अनुसन्धान गरी सत्य तथ्य वाहिर ल्याउन जरुरी रहेको छ ।
स्मरणीय छ यस अघि पनि पोखरा १७ को ३७ रोपनी जग्गा करिव ४० वर्ष अघि किर्ते कागज फाँटवारी तयार गरी शिवालय गुठीको सार्वजनिक जग्गा व्यक्तिको नाममा आई ६–७ पटक वेचविखन भइसकेको अवस्थामा सरकारले आयोग नै वनाएर छानविन गरी व्यक्तिगत दर्ता श्रेस्ता वदर भई गत वर्ष मात्र सरकारको नाममा स्वामित्व फिर्ता भएको छ । दर्जनौ व्यक्ति को उठिवास भएको छ, लगानी गर्ने वैंक तथा वित्तिय संस्थाहरु समेत संकटमा परेका छन्।
![](https://www.sarangkotnews.com/wp-content/uploads/2024/07/pokhara-nagarpalika.jpg)
![](https://www.sarangkotnews.com/wp-content/uploads/2024/04/gif-file.gif)
![](https://www.sarangkotnews.com/wp-content/uploads/2023/11/Annapurna-Bal-Tatha-Mahila-Aspatal-Final-Ad-copy.jpg)