![](https://www.sarangkotnews.com/wp-content/uploads/2020/10/121778565_677419323210066_5565055105856298954_n.png)
![](https://www.sarangkotnews.com/wp-content/uploads/2024/04/gif-file.gif)
सरकारले लामो तथा मध्यम दुरीका यात्रुवाहक सवारीको भाडा घटाएर साविककै अवस्थामा पु¥याएको छ । चैत्र देखि भाद्र मसान्तसम्म छ महिना रोकिएका यात्रुवाहक सवारी गत असोज पहिलो साताबाट ५० प्रतिशत सिटमा मात्र यात्रु राख्ने र ५० प्रतिशत भाडा वढाएर लिन पाउने गरी सरकारले सार्वजनिक यातायात संचालन अनुमती दिएको थियो ।
हवाइजहाजमा पनि यहि व्यवस्था गरेको सरकारको निर्णय वायु सेवा संचालकहरुले नमान्ने चुनौती दिएर सेवा संचालनमै नल्याएपछि सरकार पछि हट्न वाध्य भयो र पुरै सिटमा यात्रु राखेर सेवा संचालन गरिरहेको छ । यात्रु वस संचालकहरुको संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जहाजमा झै यात्रुवसहरुले पनि पुरै यात्रु राखेर सेवा संचालन गर्न पाउनु पर्ने माग गर्दै आएका थिए । सरकारले ठूला चाड पर्व र व्यवसायीको मागलाई सम्वोधन गर्दै मन्त्रिपरिषद्को २०७७÷६÷२६ गतेको निर्णय अनुसार लामो तथा मध्यम दुरीमा संचालित यात्रुवाहक सवारी साधनहरुले पुरा सिटमा यात्रु वोक्न पाउने र यस अघि गरिएको ५० प्रतिशत भाडा लिन पाउन व्यवस्था हटाई साविककै भाडा लिई सेवा संचालन गर्न यातायात व्यवस्था विभागले मातहतका निकाय र ट्राफिक प्रहरीलाई परिपत्र गरेको छ । यो निर्णय कार्यान्वयनमा आइसकेको वताइएको छ ।
लामो तथा मध्यम दुरीका यात्रुवाहक सवारी साधनलाई किटान गरी निर्णय गरिएपनि नगरमा चल्ने वस र भाडा कारहरुका वारेमा मन्त्रिपरिषद्को निर्णयले केहि नवोलेका कारण नगर वसहरुले ५० प्रतिशत मात्र यात्रु वोक्ने र ५० प्रतिशत भाडा वढि लिने गर्दै आएको पाइएको छ । पोखरा यातायात प्रा.लि.का अध्यक्ष देउ प्रसाद गुरुङ भन्छन् हामीले २०७७/५/२९ गतेको निर्णय वमोजिम सेवा दिइरहेका छौ सो को वारेमा नगरवसलाई किटान गरेर सरकारले अर्को आदेश नगरेसम्म ५० प्रतिशत यात्रु वोक्ने, ५० प्रतिशत भाडा वढी लिने कार्यलाई निरन्तरता दिनुको विकल्प छैन । प्रालिका प्रवन्ध निर्देशक अमृत शर्मा सरकराले गरेको निर्णय पालना गर्नु हाम्रो रहर नभएर वाध्यता भएको वताउँछन् । पुरा सिटमा यात्रु राख्दा हामी व्यवसायीलाई फाइदा पुग्ने भएपनि कोभिडको जोखिम न्यूनिकरण र राज्यको निर्देशन अनुसार सेवा दिइरहेको शर्माले वताए।
मन्त्रीपरिषद्ले लामो तथा मध्यम दुरीको लागि गरेको निर्णय नगरवसमा लागु हुने होकी हैन त्यसवारेमा राज्य मातहतका निकाय स्थानिय प्रशासन प्रहरी एकिन हुन नसक्दा कतिपय ठाउँमा प्रहरी र व्यवसायी वीच तनावका र अन्यौल सिर्जना गराएको छ । कोभिड–१९ वाट सर्वाधिक पीडित वनेको यातायात क्षेत्र अझै पनि आफ्नो लयमा फर्कन सकेको छैन । व्यवसायी भन्छन् –“दिनभरी गाडी गुडायो वेलुका ऋण खोजेर तेल भर्नुपर्छ ।”
![](https://www.sarangkotnews.com/wp-content/uploads/2024/07/pokhara-nagarpalika.jpg)
![](https://www.sarangkotnews.com/wp-content/uploads/2024/04/gif-file.gif)
![](https://www.sarangkotnews.com/wp-content/uploads/2023/11/Annapurna-Bal-Tatha-Mahila-Aspatal-Final-Ad-copy.jpg)