![](https://www.sarangkotnews.com/wp-content/uploads/2020/11/viber_image_2020-11-10_00-24-33-1024x476.jpg)
![](https://www.sarangkotnews.com/wp-content/uploads/2024/04/gif-file.gif)
पोखरा–१६ वाटुलेचौर निवासी मञ्जु श्रेष्ठले आफ्नो स्वर्गवासी छोरा र कृष्णा श्रेष्ठले आफ्नो श्रीमान् गोविन्द श्रेष्ठको वार्षिक तिथिको स्मृतिमा पोखरा–१९ स्थित कल्याणी बाल आश्रमलाई खाद्यान्न तथा खाजा सामाग्री सहयोग गरेका छन् । कार्तिक २१ गते श्रेष्ठ परिवारले एक संक्षिप्त अनौपचारिक कार्यक्रमका वीच आश्रममै पुगेर दाल, चामल, चिनी चियापती विस्कुट चाउचाउ लगायतका खाद्यान्न तथा खाजा सामग्री हस्तान्तरण गरेका थिए। हिमालय क्लवका अध्यक्ष मोहन थापाको संयोजनमा सहयोग हस्तान्तरण भएको थियो । उक्त आश्रम ओम शिवशक्ति कल्याणी केन्द्र अन्तरगत संचालन हुदै आएको छ ।
कल्याणी वाल आश्रम मनकारीहरुको मुठ्ठीदानबाट संचालन हँुदै आएको पाइएको छ । जन्मोत्सव समारोह, वैवाहिक उत्सव, पितृ कार्यहरुमा हुने खर्चलाई कटौती गर्दै आश्रममा सहयोग गर्ने दाताहरुको भरथेगबाट आश्रमका ११ जना अनाथ तथा असाहय वालवालिकाहरुको पालन पोषण, शिक्षा दिक्ष चलाइएको आश्रमी संचालिका दिदी कुमारीले वताइन् । आश्रममा रहेका वालवालिकाहरुलाई धर्म, संस्कृति, सभ्यता र संस्कार बारे शिक्षा प्रदान आएको दिदी कुमारीले वताइन् । हाल आश्रित वाल वालिकाहरुलाई लामाचौर स्थित ईन्द्रराज्य लक्ष्मी मा.वि. मा पढ्न पाठनको व्यवस्था मिलाइएको छ ।
कुनै विदेशी दाता र डलरको सहयोग विना पनि सामाजिक संस्था चल्न सक्छन् भन्ने कुरा कल्याणी वाल आश्रम लामाचौरले पुष्टि गरेको छ । हरेक साँझ विहान उद्दारका लागि हवन गरिने व्यवस्था ओम शिवशक्ति कल्याणी केन्द्रले मिलाएको छ । त्यसो हुँदा पनि पितृ शक्ति प्रति आस्था राख्नेहरुको सहभागिता र सहयोग जुट्दै गएको केन्द्रले जनाएको छ । धर्म संस्कृति र संस्कारको विकास एवम् अनाथ वालवालिकाहरुको संरक्षण र शिक्षा दिक्षामा सहयोग गर्न ईच्छुक मनहरुलाई स्वतः स्फूर्त सहयोगको अपेक्षा केन्द्रले राखेको छ । स्वर्गिय गोविन्द श्रेष्ठको स्मृति दिवसमा उनकी आमा र श्रीमतीले गरेको सहयोग पूण्यकार्यका लागि अनुकरणीय छ । जन्मोत्सव, विवाउन्सव, जस्ता विषयमा गरिने भोज र पाटीलाई न्यूनिकरण गर्दै आश्रमलाई सहयोग गर्ने तर्फ सोच्ने कि ?
![](https://www.sarangkotnews.com/wp-content/uploads/2024/07/pokhara-nagarpalika.jpg)
![](https://www.sarangkotnews.com/wp-content/uploads/2024/04/gif-file.gif)
![](https://www.sarangkotnews.com/wp-content/uploads/2023/11/Annapurna-Bal-Tatha-Mahila-Aspatal-Final-Ad-copy.jpg)