लोकतन्त्रको गर्धनमा भ्रष्टाचारको तलवार

शिवराज वस्ताकोटी (शिवदाई)
9 December, 2020 3:17 pm
Shiva Raj Bastakoti
Advertisements

हजारौ लाखौ नेपाली जनताको त्याग र वलिदानि बाट प्राप्त लोकतन्त्र पछिल्लो समयमा खतरामा पर्न लागेको सकेंत देखिन थालेको छ । लोकतन्त्र माथि खतराको कारण अरु केहि नभएर देसमा फैलिएको भ्रष्टाचार ढिला सुस्ति अनियमितता र गैर जिम्मेवार र गैर जवाफदेहिता र सत्ता पक्षमै देखिएको आन्तरिक दन्द र प्रतिपक्षको मौनता साथै लोकतन्त्रकै हिमायती होउ भन्दै आएका दल र नेताहरुमा देखिएको उदासिनता नै प्रमुख कारण रहेको देखिन्छ। त्यसैले लोकतन्त्र माथि यसरी खतरा देखिनुमा दलहरुनै जिम्मेवार छन् भन्न सकिन्छ। कतै यिनै दलहरुनै लोकतन्त्र समाप्त पार्ने खेलमा लागेका त छैनन् भन्ने शंका आम जनता बिच उत्पन्न हुँदै गई रहेको छ।
त्यति ठूलो सघर्ष बाट प्राप्त लोकतन्त्र माथि किन यसरी घिनौनो खेल खेलिदै छ जनता अचम्भित छन् केही समय यताका घटनाक्रम लाई नियाल्दा भने बाहिर बाहिर लोकतन्त्रकै बखान गर्ने भित्र भित्रै खोक्रो पार्ने काम लोकतन्त्रकै हिमायती हरु बाटै हुन थालेको देखिन्छ ।जसले गर्दा लोकतन्त्र विरोधिहरु लाई चलखेल गर्ने विरोध गर्ने प्रसस्त अवसर बन्न थालेका छन् ।तर लोकतन्त्रवादि हरु भने सत्ताधारि पाटि प्रतिपक्षी पाटि दुवै आ आफ्नै आन्तरिक खिचातानीमा रुमलिएर बसेका छन् । जसमा कोहि अब यसरी अर्को अवसर पाइदैन भनेझै गरि भ्रष्टाचारमा लिप्त हुँदै मौकामा चौका हान्न ब्यस्त छन् कोहि आ आफ्नाहरु लाई ठाउँ ठाउमा स्थापित गर्न लागि परेका छन्।
यता प्रतिपक्षि नेपाली कांग्रेस भने आफुलाइ लोकतन्त्रको जन्मदाता भन्न पनि भ्याउने लोकतन्त्र माथि चौतर्फी आक्रमण हन थाल्दा त्यस तर्फ च्याउदा पनि नच्याउने उल्टै चौतर्फि लोकतन्त्रलाइ भित्र भित्रै धमिरा लागेको काठ झै बनाउने लोकतन्त्र लाई खिया लागेको फलाम झै बनाउने काम भइ रहदा कुम्भकर्ण निद्रामा मस्त निद्रामा निदाइ रहेको छ । तर पछिल्ला दिनमा भने आफ्नै पाटिका वरिष्ठ नेतामाथि गरिएको दुर्व्यवहार बाट भने प्रतिपक्षि पनि झल्यास्सै विउझे झै गरि लोकतन्त्र माथि खतरा भन्दै सडकमा निस्कन थालेको छ । यतिबेला लोकतन्त्र पक्षधर र लोकतन्त्र विरोधि हरुको दोहोरि चल्न थालेको छ ।
सरकार र जिम्मेवार दलका नेताहरु भने यतिबेला झन् अत्यन्तै गैर जिम्मेवार बनी रहेका छन् । कोहि लाजै नमानि यदि म सत्ता बाहिर रहनु पर्यो भने देस दुर्घटनामा पर्न सक्छ भनी रहेका छन् ।कोहि हामी सत्तामा रहेनौ पुगेनौ भने लोकतन्त्र धरापमा पर्न सक्छ भन्न भ्याएका छन् कति सम्म लाज मर्दो कुरा आफु सत्तामा रहि रहे देस बच्ने आफु सत्ता बाहिर भए देसै डुब्ने लोकतन्त्र नै खतरामा पर्ने भन्ने खालका अत्यन्तै गैर जिम्मेवार र खतरापूर्ण वयानवाजि गर्दै अभिव्यक्ति दिन थालेका छन्।तर यसरी बोली रहदा स्वय उनिहरुले आज सम्म लोकतन्त्र खतरामा पर्नुको वास्तविक कारण के हो लोकतन्त्र किन र के कारणले खतरामा पर्दैछ भन्ने बारे हेक्का तक राखेका छैनन् ,रहेन छन् भन्ने कुरा पनि प्रष्ट हुन्छ।
तर यसको मुल कारण तिनै तहका सरकार गैर जिम्मेवार बन्दै जानू देसमा खुलम्खुला भ्रष्टाचार भइरदा मौन बस्नु तिनै तहमा सस्थागत नितिगत पाटिगत ब्यक्तिगत भ्रष्टाचार हुँदै जानु आम जनता प्रति कोहि जिम्मेवार नबन्नु जनतालाइ आ आफ्नो उपचार र सुरक्षा आ आफै गर भन्नू जनउत्तर दायित्व बोध नभएको सरकार गैर जिम्मेवार सरकार आभिभावक विहिन जनता भएको देसको रुपमा स्थापित गराउन खोज्नु नै हो ।
फेरि जसले जेसुकै भनेपनि स्वय देसकै प्रधानमन्त्री मन्त्री सासद जनप्रतिनिधि र लोकतन्त्र का हिमायति हौ भन्ने नेताहरुले नै लोकतन्त्र को गर्धन माथि तलवार राखेर भनी रहेका छन् । लोकतन्त्र खतरामा पर्यो भन्दै चिच्याइ रहेका छन्। जिम्मेवार पाटिकै नेताहरु बाटै म सत्तामा रहे लोकतन्त्र बच्छ नत्र खतरामा पर्छ भन्दै घुर्कि लगाउने काम समेत गर्दै गई रहेका छन् । यस्तो हुदै जानू भनेको जनताको सपना माथि कुठाराघात हुने गरि लोकतन्त्रको गर्धन माथि तरवार राख्न खोज्नु हो सत्तामा जो सुकै जाओस् आम सर्वसाधारण जनताका लागि को प्रधानमन्त्री बन्छ होइन कसले हामी जनताका पीडा समस्या लाई बुझेर आशु पुछ्ने काम गर्छ भन्ने हो ।
तर हिजो चुनावमा मनपरि खर्च गरेर ठुला ठुला व्यापारी सग चन्दा उठाएर खेत वारि बेचेर चुनावमा होमिए पछि जनताले विस्वास गरेर पठाएकै हरु जनताको सेवा सुरक्षा गर्न भन्दा पनि भ्रष्टाचारमा लिप्त हुने प्रवृतिले गर्दा आम जनताले दुख कष्ट सास्ती भोग्नु पर्ने भएपछि भ्रष्टाचार मौलाउन थाले पछि सरकार गैर जिम्मेवार बन्दै गएपछि लोकतन्त्र खतरामा पर्ने सकेंत देखिनु स्वाभाविकै हो जब सम्म माथि देखि तल सम्म भ्रष्टाचार अन्त्य हुन सक्दैन तब सम्म सुशासन स्थापित हुन सक्दैन जब सम्म हामिले सुशासन स्थापित गर्न सक्दैनौं तब सम्म लोकतन्त्रको रक्षा पनि गर्न सक्दैनौ त्यसैल भन्नै पर्ने हुन्छ जब सम्म हामिले भ्रष्टाचार लाई अन्त्य गर्न सक्दैनौ तब सम्म हामिले हजारौ पटक भ्रष्टाचार दिवस मनाउदै गए पनि त्यसले खासै अर्थ राख्दैन
तर हाम्रो परम्परा भने भिन्दै छ एकातिर भ्रष्टाचार मौलाउदै जाने अर्को तिर हामि नै भ्रष्टाचार दिवस मनाउदै जाने यो खोक्रो आदर्स सहितको प्रवृति छ। जब सम्म हामिले यो प्रवृत्तिलाई त्याग्न सक्दैनौ तब सम्म भ्रष्टाचार अन्त्य हुने कुरा त परै जाओस् भ्रष्टाचार दिवसका नाममा समेत भ्रष्टाचार हुँदै जान्छ भ्रष्टाचारि लाई छानवीन गर्ने कारवहि गर्ने वा उन्मुक्ति दिने नाममा भ्रष्टाचार हुन्छ ।त्यसैले अब आम नागरिक जाग्ने बेला आएको छ भ्रष्टाचारको जरो टुप्पो कहाँ पुगेको छ खोजि गरि भ्रष्टाचारको जरैदेखि टुप्पै सम्म मास्ने बेला आएको छ।
किन भने देसमा सर्वत्र मथि देखि तल सम्म स्वास्थ्यका नाममा कोरोनाकै नाममा लकडाउनका नाममा शिक्षाका नाममा कृषिका नाममा विकास निर्माणका नाममा सरकारि आवस्यकताका सामग्री खरिद टेण्डर आब्हानका नाममा जहाज देखि ठेला खरिदका नाममा उपचारका नाममा राहत वितरणका नाममा बैदेसिक रोजगारका नाममा स्वदेसमै स्वरोजगार बनाउने नाममा स्वदेसमै रोजगार दिने नाममा नियुक्ति सरुवा बढुवा गर्ने नाममा देसै भर भ्रष्टाचार भइरहेको अवस्थामा भ्रष्टाचार दिवसका नाममा भ्रष्टाचार हुदैन भनेर कसरि विस्वास गर्ने भन्नु पर्ने अवस्था सिर्जना भएको छ। आज सम्म विभिन्न कालखण्डमा जति पनि सरकार बने जति नै मन्त्री बने ७० बर्षमा करिव ७० पटक नै सरकार बन्ने बनाउने पुन सरकार गठन गर्ने फेरवदल गर्ने जति पनि काम भए भ्रष्टाचार पनि सगसगै हुँदै गयो राज्यका कल कारखाना उध्योग सरकारि जग्गा जमिन बेच विखन भाडामा दिने काम जति पनि भए ती सबै कामामा भ्रष्टाचार लत्पतिदै गयो जसले गर्दा गर्नेले भ्रष्टाचार गरे चाट्ने देख्ने सुन्नेले समेत सत्तामा पुग्ने बित्तिकै भ्रष्टाचार गर्न थाले।त्यसैले जब सम्म भ्रष्टाचारको जालो तोडिदैन तब सम्म सुशासन कायम हुदैन र हामिले लोकतन्त्रको रक्षा गर्न सक्दैनौ किन भने लोकतन्त्रको गर्धन माथि सबै भ्रष्टाचारि दलाल तस्कर माफिया हरुले तलवार राखेका छन त्यहि तलवार कै नाममा र शक्तिका बलमा सर्वत्र भ्रष्टाचार भइ रहेको छ । त्यसैले अब आम जनता जुरुक्कै उठेर भ्रष्टाचार अन्त्य गरि लोकतन्त्रको रक्षा गर्नु पर्छ नत्र हामी नेपाली भन्ने नैतिकता हामिमा रहदैन।सबैमा चेतना भया ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: