नेपालमा भ्रष्टाचार किन र कसरी हुन्छ

शिवराज वस्ताकोटी (शिवदाई)
20 December, 2020 1:54 pm
Shiva Raj Bastakoti
Advertisements
Advertisements

देसमा सबैखाले आन्दोलन भए राणाशासन देखि राजतन्त्र सम्म अन्त भयो लोकतान्त्रिक गणतन्त्र स्थापना भयो ब्यवस्था मात्र होइन शासक समेत परिवर्तन सगै भ्रष्टाचार अन्यत्यका लागि असफल प्रयासहरु हुँदै गए किन भने राणाकालिन राजाकालिन दुवै युगमा अन्याय अत्याचार हत्या हिशा वलातकार विकृति विसंगति भ्रष्टाचार भए जसले गर्दा न त जनताले सुख शान्ति पाए न त देसले परिवर्तन पायो।
करिव तीन दशक यता सत्ताकै वरपर रहेका पाटि र नेताहरुले पटकपटक विभिन्न खाले आन्दोलन मार्फत सात शाल देखि राणा र राजसस्था दुवै लाई फाले तर पनि पछिल्ला तिन दसक यता झन् सबै भन्दा भ्रष्टाचार कालिन युग बन्न पुग्यो सर्वत्र देसै भर झन् परिवर्तनका वाहक र लोकतन्त्रवादि भन्ने नेताहरु बाटै भ्रष्टाचार हुने र उनिहरु बाटै भ्रष्टहरु लाई सरक्षण गर्ने काम हुदै गयो जसको फलस्वरुप देस आज यती दयनिय अवस्थामा पुग्न थाल्यो कि हरेक नेपालिको भागमा जन्म लिने बित्तिकै नामाकरण न्वारन हुन पनि नपाउदै पचासौ हजार ऋण थाप्लोमा परि रहेको हुन्छ ।
यसरी व्यवस्था परिवर्तन गर्दा शासक परिवर्तन हुदा किन कसरी हुन्छ भ्रष्टाचार भन्ने प्रस्न उठ्नु स्वभाविकै हो । नेपालमा भ्रष्टाचार धेरै प्रकारका छन सस्थागत भ्रष्टाचार, नितिगत भ्रष्टाचार, राजनितिगत भ्रष्टाचार, नातागत भ्रष्टाचार, नेतागत भ्रष्टाचार , व्यक्तिगत भ्रष्टाचार, लगायत किभिनणन वहानामा विभिन्न प्रकारका भ्रष्टाचार भइ रहेका झन् भ्रष्टाचार गनेले गरि रहेको छ सरक्षण गर्नेले सरक्षण गरि रहेको छ विरोध गर्नेले गरि रहेको छ कारवाहि गर्ने निकायका हरु पनि केलाइ टाउको दुखाउनु र दुइदिन जिन्दगिमा भनेझै गरि रहेका छन् ।कि लाभांश कै कारण निदाइ रहेका छन् कि निरिहता प्रकट गर्न वाध्य छन्। भ्रष्टाचार किन हुन्छ भने नेपालको कानुनमै भ्रष्टाचार गर्न मिल्ने लिनदिन नगरि कुनै पनि काम फत्ते गर्न नमिल्ने यानेकि भ्रष्टाचारमैत्री नीति कानुन बनेको छ नेपाल सरकार र जनताको विचमा नेपाल सरकारकै कर्मचारि विचौलिया बन्ने त कहिले वाहिरि विचौलिया मार्फत भ्रष्टाचार गर्ने गर्नु पर्छ यहाँ सरुवा बढुवा नियुक्ति मात्र होइन ठेक्कापट्टा टेण्डरमा मात्र होइन जनताको जीवन माथि भ्रष्टाचार हुन्छ जनताको रगत माथि भ्रष्टाचार हुन्छ ।
अझै उच्च तहमा रहने निजामती कर्मचारी र सुरक्षाकर्मी हरुलाइ भने सरुवा बढुवा गर्दा राष्ट्र पति प्रधानमन्त्री मन्त्री अरुकै नातागोता भाइ छोरा शाला भतिजा मीत मितेर हरु नै सरुवा बढुवामा सँगलग्न भएका हुन्छन् र लेनादेना ठुल ठुला ५ तारे होटलमा हुन्छन् फेरि मालदार कार्यालयमा जाने होडवाजि ता छुट्टै छ त्यो ता पाचतारे होटलको स्पेसल डिस भने जस्तो हो विमानस्थल भन्सार यातायात मालपोत सिमाक्षेत्र लगायत विभिन्न छोटिबडि मालदार पोष्ट वा कार्यालयमा सकेसम्म दरवन्दि नत्र काज नभइ नहुने गरि लेनादेनामा सहमतिय भ्रष्टाचार हुन्छ ।
त्यसपछि फेरि अब लगानि त उठाउनु परयो नि भन्दै त्यहि कर्मचारि हाजिर भए लगत्तै भ्रष्टाचार को जालो बुन्न थाल्छ यति सम्म कि पहिला पहिला यति कट्टर पारदर्सि इमानदार देखिन्छ मातहतका कर्मचारी नै झस्कन्छन् तर केही दिन पछि विस्तारै तिनै प्रमुख धनदेवि दर्सनका लागि लालयित प्रमुख पिउनको नजरमा समेत विस्तारै खकन्छन् र तल्लो तहसम्म भ्रष्टाचारको लहर फैलिने वातावरण तयार हुन्छन् जसमा सिधै नागरिक भ्रष्टाचार को दलदलमा बाध्य भएर फस्दै जान्छन् र बिनाघुस केही पनि नबन्ने कुनै काम पनि नहुने परम्परागत शैली सबैमा समाहित हुँदै जान्छ।
कतै फेरि राष्ट्रिय आवस्यकताका लागि अन्तरास्ट्रिय सामग्री खरिदका नाममा सरकारि भवन सरचना तथा विकास निर्माणका नाममा बजेट पारिदिने नाममा ठुलठुला योजना पारिदिने नाममा सुरक्षानिकाय लाई आवस्यक पर्ने बन्दोवस्ति समान खरिदका नाममा भ्रष्टाचार हुन्छ जुन भ्रष्टाचार बढि भिआइपि कक्षमा हुने गर्छ यस्ता भ्रष्टाचार उच्चतह बाटै बढि हुने गर्दछन् यी सस्थागत नितिगत भ्रष्टाचारमा पर्छन् यस्ता भ्रष्टाचारको उच्च तहले नै सरक्षण गर्ने गर्छन् ।
फेरि सबैभन्दा बढि भ्रष्टाचार हुने तर सिमित नेता र पाटि बिच हुने भ्रष्टाचार भने चुनावमा टिकट दिने उमेदवार बन्ने नाममा अझै बढि र महंगो राजनितिक भ्रष्टाचार हुन्छन् जसमा जसले सबैभन्दा बढि रकम पाटि वा कुनै अमुक नेतालाइ भेटि चढाउछ उसैले टिकट पाउछ त्यहि राजनीतिक भ्रष्टाचार बन्छ ।अर्को ठुलाठुला उध्योगि व्यापारि ठेकेदार हरुले फेरि सबै पाटिका नेताहरुमा उहीँ झण्डेबुर्जामा सबै दाउमा पैसा राखेझै गरि चन्दा दाउ लगाउछन् र चुनावताकै भ्रष्टाचार तस्करि ठेक्का पट्टाको जग बसाल्न थाल्छन्
अनि चुनावमा जित्नका लागि अर्को प्रकारको भ्रष्टाचार हुन्छ सम्पतिको खोलो बगाएर भएपनि चुनाव जित्नै पर्छ र जितेपछि त्यो लगानिलाइ उठाउनका लागि बिभिन्न खाले अदृस्य भ्रष्टाचार हुन्छन् जसमा नेता मन्त्री जनप्रतिनिधि हाकिम सबैका अम्चे चम्चे हुक्के चिलिमे हरुले निकट स्थान पाउझन् त्यसपछिको वरिषातक्रममा रहेकाहरु दिन दिनै धायन लाउछन् त्यहा पनि भ्रष्टाचार गर्ने सरचना निर्माण गर्ने काम हुन्छ जसले गर्दा देसभर भ्रष्टाचार जलकुम्भि झार झै फैलिदै झांिगदै जान्छ र यसलाइ निमिट्यान्न पार्न नसक्ने अवस्था आउछ त्यसले त नेपालमा भ्रष्टाचार अन्त्य गर्न जन्मेका सबै निकाय अख्तियार समेत फेल खाएको छ किन भने अख्तियार समेत राजनितिक दवाव सहितको भ्रष्टाचारको जालोमा जेलिइ सकेको हुन्छ।
त्यसैले त नेपालमा भ्रष्टाचार अन्त्य गर्न हम्मेहम्मे परि रहेकोछ कारण नेपालको भ्रष्टाचार सरकारमा रहेका देखि अख्तियार हुदै स्थानिय तह सम्म सबै कुनैन कुनै वहानामा भ्रष्टाचारमा लिप्त छन् र तिनका सरक्षक छन् तिनका मतियार छन् जसले गर्दा भ्रष्टाचार विरोधिहरुको सख्या नेपालमा कम छ र भ्रष्टाचारि हरुको बर्चस्व अझै पनि जहातहि कायमै छ त्यसैले अब भ्रष्टाचार अन्थ्य गर्न आम नागरिक जतातता एक घर एक अभियन्नता जन्मनु पर्छ तब मात्र नेपाल भ्रष्टाचार मुक्त बन्न सक्छ जब सम्म भ्रष्टाचार विरोधिहरु एक ठाउमा उभिदैनन् तब सम्म नेपालको भ्रष्टाचार लाई अन्त्य गर्न सकिँदैन त्यसका लागि अब सिंगो देसमा भ्रष्टाचार विरोधिअभियान लाई वुलन्द पार्दै अगाडि बढाउनु पर्छ त्यसका लागि पाटि विचार सिद्दान्त भन्दा माथि उठेर सबैले उच्चशाहस राखेर आफ्नै आस्था रहेको पाटिकै नेता भएपनि भ्रष्ट छ भने विरोध गर्न सक्नु पर्छ हो त्यसैलाई परिवर्तन भनिन्छ ।
अबको आन्दोलन भनेको ब्यवस्था शासक भन्दा पनि भ्रष्टाचार अन्त्यका लागि हुनु पर्छ यसका लागि आम सचेत नागरिकमा एकता हुनु वर्तमानको आवस्यकता छ।
सबैमा चेतना भया देसको छ भने मया ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: