नोवेल एकेडेमीका विद्यार्थीको भविष्य अन्यौलमा, आयोगले छानविन गर्दै

सराङकोट न्यूज
10 February, 2021 11:43 am
Advertisements

नियामक निकायको निर्देशन र प्रचलित कानुनको अवज्ञा गर्दै नर्सिङका विद्यार्थी भर्ना गरेको पोखराको नोवेल एकेडेमी संकटमा पर्ने देखिएको छ । स्वास्थ्य शिक्षा प्राविधिक तर्फको कार्यक्रम चलाइरहेका कतिपय कलेजहरुले आफूले सम्वन्धन लिएका विश्व विद्यालयसँग साठगाँठ गरी विद्यार्थी भर्ना लिएको तर त्यसमा नेपाल नर्सिङ काउन्सिलको सिट निर्धारण र भर्ना स्वीकृति नलिई पठन पाठन गर्दै आएका नेपालका कतिपय कलेजहरु चिकित्सा शिक्षा आयोगको छानविनको दायरामा परेपछि त्यस्ता अवैध कलेज र त्यहाँ भर्ना गरिएका विद्यार्थी दुवैको अस्तित्व नै संकटमा पर्ने भएको हो ।
ति मध्य पोखराको न्यूरोडमा रहेको नोवेल एकेडेमीले गत वर्ष भर्ना लिएको विएससी नर्सिङका विद्यार्थीको सिट निर्धारण नगरी भर्ना लिइएको थियो । सिट निर्धारण नगरी भर्ना लिन पाइदैन तर एकेडेमीले पूर्वाञ्चल विश्व विद्यालयका केहि उच्च अधिकारी सँग मिलेमतो गरी विद्यार्थी भर्ना लिएको र ति विद्यार्थीको पहिलो वर्ष परीक्षा समेत लिइसकेको छ । यसरी एकेडेमिक परीक्षा दिएर पास भए पनि नर्सिङ काउन्सिल ले लिने लाइसेन्सिङ परीक्षा दिन बाट बञ्चित हुने नेपाल नर्सिङ काउन्सिलले वताएको छ ।
नेपाल नर्सिङ काउन्सिलले गत वर्ष २०७६ भाद्र २५ गतेको वोर्ड वैठक निर्णय २०७६ असोज २ गते च.न. २४७ को पत्र नोवेल एकेडेमीलाई पठाएको थियो । पूर्वाञ्चल विश्व विद्यालय विराटनगरलाई वोधार्थ दिएर लेखिएको पत्रमा नोवेल एकेडेमीले ३ महिना भित्र पुरा गर्नु पर्ने मापदण्डको वारेमा खुलाइएको छ । मुलत १०० वेडको आफ्नै अस्पताल संचालनको व्यवस्था गर्नु पर्ने उल्लेख छ । यो सहित विभिन्न सर्त र मापदण्ड पुरा गरी तीन महिना भित्र काउन्सिललाई जानकारी गराउन पर्ने व्यहोराको रजिस्टार विन्दा घिमिरे द्धारा हस्ताक्षरित पत्र पठाइएको थियो तर नोवेल एकेडेमीले काउन्सिलको पत्रलाई ठाडै अवज्ञा मात्र गरेनकी सिट निर्धारण विनै ३० जना विद्यार्थी भर्ना लिएर कानुनलाई चुनौती दिएको छ ।


आफ्नो अस्पतालको नामो निसान नभएको र अन्य अस्पतालसँगको क्लिनिक अभ्यास सम्झौता समेत नरहेको अवस्थामा काउन्सिलको निर्देशन विपरित विद्यार्थी भर्ना गरेको नोवेल एकेडेमीले विद्यार्थीको भविष्य माथि गम्भिर खेलवाड गरेको छ । विश्वविद्यालयसँग मिलेर भर्ना र परीक्षाको चाजो पाजो मिलाए पनि लाइसेन्स परीक्षा दिनबाट वञ्चित हुने वताइएको छ ।
नोवेल एकेडेमीको प्रकरणमा चिकित्सा शिक्षा आयोगले पूर्वाञ्चल विश्व विद्यालय र नोवेल एकेडेमीको विषयमा छानविन आगाडि वढाएको जनाएको छ सिट निर्धारण नगरी भर्ना लिएको विषयमा नर्सिङ काउन्सिलले प्रश्न उठाइदै आएको छ । तीन महिना भित्र मागेको जवाफ र प्रकृया पु¥याएको आधार १६ महिना सम्म पठाएको छैन । कानुनलाई मिचेर नियामक निकायलाई पेलेर अगी बढेको नोवेल एकेडेमीले आफ्नै विद्यार्थी माथि धोका दिने खेल खेलिरहेको छ ।
यस्तै विषयमा हामीले खवरदारी गर्दा पनि अटेर गर्दै पैसाले सवै काम गर्छ भन्ने पद्य नर्सिङ होम स्कुल अफ नर्सिङ अहिले वन्द छ । अख्तियारले सिटिइभिटिलाई उक्त स्कुल वन्द गर्न निर्देशन दिएपछि भर्ना वन्द भएको छ वढिरहेका विद्यार्थीहरु तितर वितर भएका छन् ।
पोखराकै पोखरा टेक्निकल हेल्थ मल्टि प्रपोज इन्स्च्यिुटले आफ्नो अस्पताल नभएका कारण चरक मेमोरियललाई विक्री गरेको छ । यस्तै पोखराकै विएससी वि.एन र पिसिएल नर्सिङ पठाइरहेको चरक एकेडेमी र नोवेल एकेडेमी चिकित्सा शिक्षा ऐन २०७५ को दफा ४४ (क) वमोजिम २०७७÷११÷१० गते पछि वन्द हुने लाइनमा रहेका छन् । चिकित्सा शिक्षा आयोगका सदस्य सचिव डिल्लीराम लुइटेल सरकारी कलेजलाई सरकारी अस्पतालमा केहि वर्षका लागि (जिटुजि) खोल्न दिने र वाँकी आफ्नै अस्पताल नभएकाहरु ऐन वमोजिम संचालन रोक्का गरिने वताउँछन् ।
प्रकृया नपुगी चलेका कलेजहरु विगतमा जे जसो भएपनि चिकित्सा शिक्षा आयोगले नियमन गरेरै छाड्ने वताएको छ । सदस्य सचिव लुइटेल थप्छन् ऐन नियमनमा भएका कुरा कार्यान्वयन नभई सुखै छैन ।
अव ति कलेज चल्न १०० वेडको अस्पताल चाहिने तर पोखरामा अव एउटा मात्र १०० वेडको अस्पताल रहेकोले कुन कलेज अस्पतालले स्वीकार्ने हो तयो भने केहि समय भित्र छिनोफानो हुनेछ । माटेपानीमा रहेको कास्की सेवा हस्पिटल ले मिले पोखराको नमिले वाहिर जिल्लाका नर्सिङ कलेज पनि संचालन गर्ने वारेमा कुरा भइरहेको र अव केहि दिनमै टुंगो लाग्ने सेवा अस्पताल एण्ड रिसर्च सेन्टरले वताएको छ । उता प्रि डिप्लोमा खारेज भई अपग्रेड भएका नर्सिङ कार्यक्रमहरु पनि १०० वेड अस्पतालको अभावमा अलपत्र पर्ने भएका छन् ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: