आजको ठीक एक महिना अघि अर्थात् मिति २०७७ पुष २३ गते साँझ मलाई अचानक काम ज्वरो आयो । आफ्नो पत्रिका सराङकोट साप्ताहिकको वार्षिक संपरिक्षण फाराम प्रेस काउन्सिल नेपालमा बुझाउन काठमाडौं गएको थिए त्यो दिन । पोखराबाट ११ बजेको श्री एअरलाइन्सको जहाजबाट काठमाडौं गएको थिए । प्लेनमा जाँदा प्रेस काउन्सिलमा दिनभर बस्दा कुनै संकेत थिएन मलाई । ४ वजे भाई मिलन वञ्जारालाई काउन्सिलमै लिन बोलाए । उ पनि आइपुग्यो। चावहिल गौशाला पशुपति घुमेर भाइको घर सातदोवाटो पुग्यौ । घर पुग्दा मलाई ज्वरो वढ्न सुरु भइसकेको थियो । आधा घण्टा वित्न नपाउँदै धान्नै नसक्ने गरी ज्वरो आयो, लगाएको ज्याकेट समेत नफुकाली ३ वटा सिरक खापेर सुत्दा पनि काम ज्वरो रोकिएन । निको नामको ट्याव्लेट २ वटा एकै पटक खाएर सुते । त्यो रातभर भाई सँगै सुते । जाडो महिना ज्वरो आएको दाईसँग सुतेको भाइलाई पनि न्यानै भएछ क्यार । भोलिपल्ट जीउ वेस्सरी दुखि रह्यो । भाइले गोडा जीउ वेस्सरी थिचिदियो । विहान उठ्दा शरीर पुरै सिथिल थियो । छाला, अनुहार चेतना शुन्य थिए । हिड्डुल गर्ने क्षमता त के हुति नै एकै रातको ज्वरोले खाइदिएको थियो ।
काठमाडौंमा दुई दिनको काम वाँकी नै थियो । तर म सोच्न वाध्य भए । कोरोनाले आक्रमण ग¥यो कि भन्ने आशंका लाग्यो । ज्वरो फेरी बढ्न थाल्यो । भाइले खाना पकाइसकेछ २–४ गाँस भात च्यापे । मोवाइलको खल्ती इसेवाबाट टिकट हेरेको ११ः४५ को टिकट मिल्यो वुक गरिहाले । ज्वरो घटाउन फेरी दुई वटा सिटामोल निले । भाइलाई एअरपोर्ट पु¥याउन भने उसले तुरुन्त एअरपोर्ट पु¥याईदियो । सिटामोलले ज्वरो घटेको वेला मैले यति एअरलाइन्सको वोर्डिङ पास लिएर । म १२ः१५ मा पोखरा आइपुगे । फेरी ज्वरो सुरु हुँदै थियो छोरालाई लिन वोलाए उ स्कुटर लिएर पोखरा एअरपोर्ट आइपुग्यो । १० तिरको काम भए पनि म सिधै घर आए ।
अव अलिकति सास आयो । आफ्नो किल्लामा कुकुर पनि बलियो हुन्छ भने जस्तै मलाई पनि कोरोना नै भए पनि बाँच्छु जस्तो लाग्यो । जे भए पनि पेलेरै मिच्छु भन्ने पनि एक मनले मलाई ढाडस दियो । हुन पनि हो २२ वर्ष लामो समय विताएको ठाउँ हो पोखरा । ढुंगा माटोले पनि चिन्ने ठाउँ । सधै खाइरहेको धाराको पानी एक दिन धमिलै आए पनि विश्वासले खाइन्छ त्यस्तै त्यस्तै कुरा खेलाउँदै आफ्नो घर निवास वाटुलेचौर आइपुगे पुष २३ गते ।
मैले आफूलाई कोरोना संक्रमण नै हो भन्ने ठोकुवा गर्न पनि सकिन किनकी हरेक वर्ष मौसम परिवर्तन हुँदा दुई दिन सामान्य ज्वरो आउने नियम जस्तै थियो त्यहि होला भन्ठाने मैले । यता तीन दिन पुरा भइसक्दा पनि २० को १९ भएको छैन वरु खोकी लागेर पेटका लाम्टा लथ्रकै परिसकेका छन् । खोकी कम गर्न भनेर वेसार, गुर्जो जिरा पानी सुरु गरिसकेको थिए ।
तातो पानीले केहि उपती होला जस्तो लागेन । पुष २६ गते क्षेत्रीय अस्पतालको ल्यावमा काम गर्ने एक जना साथी काशीराम लामिछानेलाई पिसिआरको नाम टिपाउन भने । सोही दिन दुई वजे अस्पताल आउन भनियो । स्वाव दिएर घर फर्किए । २७ गते विन्ध्यवासिनी मा.वि.को वार्षिकोत्सव थियो । म वि.व्य.स. सदस्य भएको कारण जानु पर्ने बाध्यता पनि थियो । स्वावको रिपोर्ट नआउँदासम्म बलियै सोचेको थिए । कोरोना सोरोना पचाइयो होला जस्तो पनि लाग्थ्यो । पेसा ले पत्रकार भएको कारण कहिल्यै आराम गरिएन, लकडाउन, निषेधाज्ञा कुनै पनि दिन घर वसिएन, पत्रिका, अनलाइन दुइवटै चलाउनै पर्ने, त्यसमाथि पनि समाचारको भोको पेट घरै बसेर कसरी भरियोस् ? १० महिनासम्म कोरोनाले नछोएको कारण ढुक्क भने थिएन नै ।
रिपोट आयो ‘कोरोना पोजेटिम’
पुष २६ गते दिउँसो दुई बजे दिएको स्वावको रिपोर्ट सोही साँझ अवेर जानकारी हुन आयो । ल्यावका एक जना साथीले फोन गरे–“सर, रिपोर्ट पोजेटिभ आयो ।” सिपि भ्यालु २० भन्दा तल भएकोले अलि सतर्क रहनुहोला, तातोमा वस्नु, तातो पानी र पोषिलो झोलिलो खानु होला मिले सम्म अस्पताल मै भर्ना भएर बस्दा राम्रो हुने ति जानकार र अनुभवी भाइले मलाई सल्लाह दिए ।
नदेखेको बाघ एक्कासी घर भित्रै पस्यो नुर अलिक खस्किदो रहेछ । मन वलियो वनाए । मेरी धर्मपत्नी पारिजात आमा सिकिस्त विरामी भएका कारण केहि हप्ता देखि चितवन मै थिइन । छोराहरु अनुराग र अभिषेकले पानी उमालेर दिन प्रयास त गर्ने तर भने जस्तो मात्रा नपुग्ने, आफू नसक्ने भइसके । पारिजात मेमलाई फोन गरे आफूलाई कोरोना पोजेटिभ रिपोर्ट आएको र जुनसुकै वेला अस्पताल जानु पर्ने खवर गरे । बोल्न पनि सकस हुन थाल्यो सासै नपुग्ने ।
चुलवुले युवतीबाट पो सर्यो कि ?
कोरोना कोही न कोहीबाट सरेरै हो आउने । सकेसम्म जोगिएकै हो । मास्क, सामाजिक दुरी कायम गरेकै हो । पुष २२ गते श्री एअर लाइन्सबाट काठमाडौं जाने क्रममा मेरो देव्रे सिटमा वसेकी युवती अलि चुलवुले पारा देखाइरहिथिइन । जहाज उडेको २५ मिनेट पनि उनलाई सिंगारपटार गर्न भ्याई नभ्याई जस्तै थियो । कहिले क्रिम घस्ने गालामा कहिले लिपिक्ष्टिक लाउने त कहिले कपाल कोर्ने । यि सवै काम गर्न मास्क लगाइरहनु सम्भव पनि थिएन । एअरलाइन्स कम्पनीले दिएको फेस सिल्डको त के कुरा । विचरीलाई जहाजबाट झर्ने वित्तिकै कुनै सो मा जानु थियो वा कुनै राजकुमारसँग भेट हुनु थियो । जे होस् उनको व्यवहार स्वच्छन्द र एकांकी थियो उसै दिन पो ति युवतीबाट कोरोना स¥यो कि भन्ने मेरो मनले नभनेको होइन तर कतिपय कोरोना पण्डित हरु उसै दिन सरेर उसै दिन लक्षण देखिदैन पनि भन्छन् कुन कुरा पत्याउँ ? कसरी पत्याउ ?
२६ गते साँझ अवेर मलाई कोरोना पोजेटिभ भएको एकिन भयो । त्यसो त मलाई शंका लागेरै पिसिआर गराएको थिए । दर्जनौ ठाउँमा पुगेर कोरोनाको रिपोटिङ गरेको दृश्य ताजै छन् । विश्वभरी फैलिएको कोरोना महामारीको कोकोहोलोले नेपाल पनि अछुतो थिएन । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई वढेमानको हाउगुजी नै वनाइदिएको थियो । विश्वभरको अंक गणितमा ९ अंकको आसपास पुगेका संक्रमणको सूचनाको नेपाललाई पनि लपेटिरहेको थियो ।
नेपालमा कोरोनाको पहिलो संक्रमित २०७६ माघ ९ गते फेला परेको थियो त्यसको २ महिना पछि चैत्र ११ गते दोस्रो संक्रमित फेला परेका वेला नेपाल सरकारले लकडाउन गरेको थियो । दुई महिनामा एक जना संक्रमित फेला पर्दा आम नागरिकलाई आतंकित पारेर नजरवन्दमा राखेको नेपाल सरकारले झण्डै ६ महिना बन्दी वनायो तर त्यस अवधिमा कुनै व्यवस्थापन र पूर्व तयारी गर्न सकेन । कति ठाउँमा बाख्रा थुन्ने खोर जस्तो क्वारेन्टाइन वनायो त कति ठाउँमा त्यो पनि थिएन । पेसाले पत्रकार भएका कारण कतिपय ठाउँमा संक्रमितलाई मानवोचित व्यवहारसम्म पाएका थिएनौ । छि छि र दुव्र्यवहार अति हेलत्व र सामाजिक वहिस्कारका कारण कोरोना संक्रमितहरु डिप्रेसनका रोगी वन्न पुगेका देखिन्थे । संक्रमितका परिवारका सदस्य समेत गाउँ निकाला खेप्न वाध्य भएका कारुणिक खवरहरु आइरहन्थे ।
चीनको वुहानबाट सुरु भएको कोभिड १९ अर्थात् कोरोना भाइरस र त्यसले सिर्जना गरेको विभेद र वहिस्कार कोरोनाभन्दा दर्दनाक थियो । पछिल्ला दिनहरु क्रमश सहज र केहि हदसम्म सामान्य हुँदै गएका थिए ।
जतिखेर यो पंक्तिकार स्वयम् कोरोना भाइरस संक्रमणको सिकार भएको थियो त्यतिखेर परिस्थिति सामान्य भन्दा केहि मात्र फरक थियो । विभेदको खाडल त थियो तर गहिरो थिएन । टोल छिमेकमै फाट्ट फुट्ट संक्रमितहरु भेटिन थालेका थिए । उमेर नपाकेकाहरु पनि कोरोनाले टिप्न थालेको थियो । आर्मीले वुट वजार्दै कालो प्लाष्टिकले लपेटेर डोजरले खनेको खाल्डोमा गाई गोरुको सिनो जस्तै पुरेको दृश्य मोवाइल र टिभीका पर्दामा देख्दा आ·ै सिरिङ पार्दै कोरोनाबाट जरुरी हुन्छ वच्नु पर्छ भन्ने चाहे धेरैलाई हुन्थ्यो । कालो प्लाष्टिक र खाल्डोको पुराइले कोरोनालाई खतरनाक र कहाली लाग्दो महारोगको चित्रण गर्न खोज्थ्यो । अन्तर्राष्ट्रिय रोग भएर होला त्यसको व्यवस्थापनका वारेमा विश्व स्वास्थ्य संगठनको गाइड लाइन मान्नु पर्ने वनाइएको थियो वैदेशिक सहायतामा चल्नु पर्ने भएर होला नेपाल सरकार कति पनि स्वावलम्वन देखिएन डव्लु.एच.ओ को प्रवक्ता झै नेपालले प्रवचन दिइ रह्यो ।
३ घण्टा वसेर सरकारी अस्पतालबाट भागे
म सरकारी शिक्षा, सरकारी स्वास्थ्य संस्थालाई औधी माया गर्ने मान्छे । म र मेरा परिवारका सदस्यहरु जो विरामी भए पनि सिधै सरकारी अस्पतालबाटै सेवा लिने गर्दै आएको छु । आफै सरकारी अस्पतालमा आएर उपचार गराउँदा कमि कमजोरी भए व्यवस्थापनलाई सचेत गराउन, सच्चाउन सक्ने भएका कारण मलाई सरकारी अस्पताल मन पर्छ ।
पुष २६ गते मलाई कोरोना संक्रमण पुष्टि भएपछि पनि मैले सोचे गाह्रो साह्रो परिहाल्यो भने पनि सरकारी कोभिड अस्पताल छदैछ । महंगो पनि छैन त्यहि जानु पर्ला । सरकारले पनि प्राइभेट कोभिड अस्पताल हटाइसकेको थियो । सरकारी अस्पताल मात्र कोभिड अस्पताल रहने तोकि सकेको थियो त्यसमा पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल मात्र कोभिड अस्पताल थियो ।
मलाई लक्षण सहितको संक्रमण देखिएको थियो । खोकी ज्वरो र जीउ दुख्ने गर्दा म ग्रस्त वन्दै गएको थियो । ३ दिनसम्म गुर्जो, निम तुलसी र वेसार पानी उमालेर जवर्जस्ती पिए पिउदै गए तर २० को १९ भएन वरु २१ तिर यो चढ्न थाल्यो । स्वास फेर्न गाह्रो पर्न थाल्यो एक जना चिकित्सक सँग सल्लाह लिए । वहाँले पनि अस्पताल जान सुझाव दिनुभयो ।
अस्पतालमा वेड छ कि छैन त्यो पनि अर्को चिन्ता थपियो । सरकारले नीजि अस्पताललाई कोभिड अस्पताल बाट हटाइसकेको थियो । रहेको एउटा सरकारी अस्पतालको सिट वुझे । पश्चिमाञ्चल अस्पतालकै कोभिड हेर्ने कर्मचारी भाई विमल वराललाई सोधे । पुष २८ गतेको दिउँसो ३ वजे तिर मैले सोधे । खोकीले धेरै वोल्नै नसक्ने म्याडमले मेरो मोवाइल सम्हाल्नु भयो । विमलले एउटा वेडको लागि नाम टिपाएको साढे ४ वजे भित्र आइपुग्न भने । म त हतारिए तर कोरोना लागेको विरामी ट्याक्सीले लादैन सेवा अस्पतालको एम्वुलेन्स वोलाए र सरकारी कोभिड हस्पिटल पश्चिमाञ्चल अस्पताल पुगे ।
लाश घरको देव्रेपट्टी रहेको मेडिकल वार्डमा लगियो । गार्ड दाईले भित्ताको वेड देखाइदिए । म ज्वरो र खोकीले लखनतार भएको मुढो जस्तै शरीर कहाँ पसारिउँ भएको थियो त्यहि पसारिए । अपरान्हको ६ वजे म गण्डकी अस्पताल आइपुगेको थिए पुष २८ गते । साथमा थिइन श्रीमती पारिजात ।
विजोग देखिए पछि भाग्न वाध्य
उपचार गर्नकै लागि अस्पताल आएको थिए म । म चाहान्थे पिपिइ लगाएको चिकित्सक आओस् लक्षण वुझोस्, ज्वरो नापोस्, अक्सिजन नापोस् प्रेस जाचोस् अनि दवाई पानी सुरु गरोस् तर ३ घण्टासम्म मेरो छेउमा कुनै डाक्टर आएनन् । एउटी सिकारु (विद्यार्थी) नर्स आएकी थिइन क्यानुला लगाउन नसकेर रगत मुछेल वनाएर क्यानुला नै फालेर हराइन ।
म्याडमलाई चिकित्सक वोलाएर ल्याउन पठाए तर चिकित्सक त सिसाको घरमा भित्र वसेका रहेछन् । वाहिर आउनै नचाहाने । सिसिमा टाँसेको फोन नम्वरमा कन्ट्याक गरेर उनिहरुले दिएको आदेश पालना गर्नु पर्ने रहेछ । विरामी नै नहेरी औषधी दिने अनि हामीले तुम शरणम् भन्दै खानु पर्ने कस्तो विडम्वना पूर्ण उपचार पद्दति टिठ् लागेर आउने ।
एउटा कोठा भित्र १० वटा वेड कोचाकोच थिए तयसमा आठ वटा वेडमा कोरोना पोजेटिभ विरामी थिए ति मध्य म पनि एक थिए । विरामी कोही सिकिस्त थिए । मेरो गोडा मुनीका करिव ७० वर्षका एक विरामी मृत्युसँग कुस्ती खेलिरहेका थिए । उनको वेडमा अक्सिजन जोड्ने पावर सकेट समेत थिएन ।
विरामी स्वास प्रश्वास लिन पनि नसक्ने अवस्थामा पुग्दै थिए तर अक्सिजन चलाउन अस्पताल असमर्थ थियो । त्यति हुँदा पनि डाक्टर आएनन् विरामीका छोरा र आफन्तहरु वेस्सरी रिसाउँदै अस्पताललाई धिकार्दै डाक्टरलाई गाली गर्दै थिए ।
करिव ३ घण्टा साँझ ५ वजे देखि ८ वजेसम्म म र मेरो म्याडमले सरकारी कोभिड अस्पतालको अवस्था राम्ररी नियालों । वितेका ३ घण्टा सम्म डाक्टर नर्स कोहीको पनि त्यहाँ उपस्थिति देख्न पाइएन । विरामीहरुको दुरावस्था र उनिहरुको चित्कार अनि डाक्टर नर्सहरुको विरामी प्रतिको उपेक्षा र तिरस्कारले धेरै कुरा सोच्न हामीलाई वाध्य वनायो । उपचार नै नहुने, डाक्टर पनि नआउने हो भने त्यहाँको वसाइ कालको पर्खाइ भन्दा केहि नहुने हामीले ठहर ग¥यौ ।
मलाई स्वास बढिरहेको थियो। मानौ वगरेले छेवैमा रहेको एउटा वोको काट्दा आफ्नो गर्धन चिलाएको महसुस गरे झै तयहाँको दुरावस्था, अपेक्षा, तिरस्कारजन्य व्यवहारले मलाई मन भित्रै चिमोट्यो सरकारी अस्पतालको सेवा प्रतिको आस्था र विश्वासमा प्रश्न चिन्ह उठ्यो । पुष २८ गते सँझ ३ घण्टाको अवलोकन ले मलाई मैले गरेका रिपोटिङ, कालो प्लाष्टिक मा लपेटेका लाश अनि डोजरले खनेका खाडल अन्तिममा सेनाले वुट बजार्दै दिएको सलाम ले जीउ जिरि· बनायो । मैले र मेडमले खास खुस छोटो सल्लाह ग¥यौं भो यहाँ नवर्सौ, यहि वस्यौ भने उपचार नै नपाई ज्यान जान वेर छैन जे पनि हुन सक्छ उनले भनिन् । तर जाने कहाँ ? म हिड्न पनि नसक्ने भइसकेको थिए । मेडमले नजिकै रहेको सेवा हस्पिटलको डाइरेक्टर डा. पदम खड्का सँग फोनमा परामर्श गरिन् । डा. खड्काले त्यहाँ नवस्ने भए आउन सल्लाह दिए र एम्वुलेन्स पठाए हामीले रातको आठ वजे गण्डकी अस्पताल छोडेर कास्की सेवा अस्पताल पुगेर उपचार सुरु ग¥यौ ।
सरकारी कोभिड अस्पतालबाट भागेर कास्की सेवा अस्पताल आई भर्ना भएपछि मेरो उपचार सुरु भयो । अक्सिजनको लेवल घटेका कारण सुरुबाटै अक्सिजन लगाएर सहज वनाइयो । ज्वरो र खोकीले निरन्तर दुःख दिइरहेको थियो । भोलिपल्टै सिटि स्क्यान गरियो छातिको । निमोनियाले फोक्सोमा आक्रमण गरि सकेको रिपोर्टले वतायो । भाइरस लोड घटाउन दवाइ चलाइयो । ३ दिन पछि मलाई सहज हुन थाल्यो अक्सिजन नलगाउँदा पनि बस्न सुत्न सक्ने भए । डाक्टर सरोज पोखरेल सँग दिनको दुई पटक भेटघाट र परामर्श हुन्थ्यो । डा. पदम खड्का, डा. पल्हाद भण्डारीबाट पटक पटक परामर्श र ढाडस मिल्थ्यो ।
१२ दिन सम्मको उपचार पछि मलाई कोरोना ठिक भएको महसुस भयो । सामान्य जीवनचर्चामा फर्कन कठिन भएपनि डिस्चार्ज हुन योग्य भए । माघ १२ गते मैले सेवा हस्पिटललाई धन्यवाद दिदै जुन एम्वुलेन्स चढेर आएको थिए त्यहि एम्वुलेन्स चढेर म घर गए । यो वीचमा माघ ४ गते मैले कर्म दिने आमा गुमाए । पिडा माथि पिडाले वर्चस्व जमायो । श्रीमती सवैभन्दा वढी पिडामा थिइन । श्रीमान्लाई हस्पिटलको आइसियूमा उपचार गर्दा गर्दै आमाको मुख समेत देख्न पाइनन् दोहोरो संकट र पीडाले असह्य हुँदा आकासै खसे झै पातालै भासिए झै भएको अवस्थामा पनि व्यवस्थापन गर्नु थियो जिन्दगीको जुन कुरा उनले धैर्यता नगुमाइकन गर्न सकिन ।
परिवारमा कसैलाई छोएन कोरोनाले
माथि नै भनिसकियो कोरोनाको हाउगुजी के हो भनेर । तर प्रचार गरिए जस्तो हैन रहेछ कोरोना । टोलमा एउटालाई कोरोना हुँदा टोलै सिल गरिन्थ्यो । कार्यालयमा एउटालाई कोरोना पोजेटिभ देखिदा पुरै कार्यालय वन्द गरिन्थ्यो । सर्ने डरले कतिले जागिरै छाडेर गाउँ पसे वर्ष दिन वितिसके अझै फर्किएनन् । कोरोना टौवा फैल्याएर विश्वमै त्रासको साशन चल्यो । संक्रमित हिडेकोबाटै नहिड्ने, देखि हाले भने नुहाई धुवाई गरी सेनिटाइजरमा पखालिएर मात्र भित्र पसेको पनि देखियो । के त्यति सहजै सर्छ त कोरोना ? मेरो मनमा यो जिज्ञाशाको चित्त वुझ्दो जवाफ कतै वाट पनि पाएको थिइन । आफै नमरी स्वर्ग देखिन्न भने जस्तै म आफैलाई कोरोना पोजेटिभ देखिएपछि वालवालिका र श्रीमती लाई कसरी जाउने भन्ने मेरो एउटै चिन्ता थियो ।
मलाई पिसिआर टेस्टको लागि स्वाव निकाल्न गण्डकी अस्पतालसम्म जेठो छोरा अनुरागले स्कुटरमा लग्यो ल्यायो । दुई छोरा अनुराग र अभिषेकले पानी तताउने, खाना खाजा बनाउने खुवाउने काम गरे दुई दिन पछि मेडम आइन उनले पनि प्रत्यक्ष रुपमै सेवा गरिने । मैले मेरो कोठामा नछिर्न आग्रह गरे तर कसैले मानेनन् मास्क पञ्जा समेत नलगाई घरका तीनै जना मेरो वेडमै वरिपरि वसे । म कोरोना पिडित भएपनि वाँकी तीन जना लाई नसरोस् भन्ने चाहान्थ्ये तर सम्भव देखिएन । अव ४ जना संक्रमित हुने भए भन्ने पिरले मनमा डेरा जमाइरहेको थियो । सिभिल इञ्जिनियर पढ्दै गरेको जेष्ठ पुत्र अनुरागको वोर्ड परीक्षा केहि दिनमै सुरु हुँदै थियो । कोरोनाले परीक्षा छुट्ने भो भन्नेमा म लगभग ढुक्क भए जवर्जस्त ।
मैले लक्षण नदेखिइ परीक्षण नगर्ने निर्णय लिए । म हस्पिटल वस्दा पनि मेरो परिवार सँगै थियो लगभग १५ दिन सम्म कसैलाई लक्षण देखिएन मलाई ठूलो राहत महसुस भयो आफूलाई भाग्यमानी सम्झिए । लक्षण देखिएकै दिनमा सँगै एउटै मोटरसाइकलमा घुमाउने, राती सँगै सुतेको माइलो भाई सुरु देखि १५ दिन सम्म विना मास्क विना पञ्जा मेरो सेवा गर्ने श्रीमती र दुई छोरा भाञ्जा विसाल वहिनी ज्वाई इन्दीरा र भरत न्यौपाने कसैलाई मलाई लागेको कोरोना सरेन । मलाई ग्रस्त पारेको कोरोनाको सिपि भ्यालु जम्मा १७ थियो । जानकारहरु भन्थे २० भन्दा कम सिपि भ्यालु हुन जोखिम वढी हुनु हो । त्यो अरुलाई छिटो र सजिलै सर्छ आफू लाई ढिलो निको हुन्छ भन्ने तर्क गर्थे तर मलाई त्यो तर्क मित्थ्या लाग्यो । त्यतिमात्र हैन विश्व स्वास्थ्य संगठनको मन्त्र पढ्ने नेपालको स्वस्थ्य मन्त्रायलले गरेको प्रचार पनि गलत सावित भयो । सँगै हेलमेल गर्दा समेत मेरो परिवार र आफन्तलाई कोरोना सरेन तर कतिपय पढेलेखा विद्धानहरु मलाई अनुहार देखाउन अस्पताल आए तर ढोका भित्रै पस्न डराए । धेरै साथी, इष्टमित्रले भने कोरोना भई अस्पताल भर्ना भएको थाहा पाए तर भेट्न आउन डर लाग्यो ।
मैले आफैलाई परेपछि त्यसको तथ्य परीक्षण गरे । देखेपछि सर्ने वा छेउछाउमा पुगेपछि सर्ने भनेर गरिएको प्रचार मित्थ्या लाग्यो । डराउनेहरु डरैले पिल्सिन्छन् भन्ने कुरा सत्य लाग्यो ।
मैले भोगेको कोरोना माहात्म्य हाम्रा आम पाठकहरुलाई पढ्नका लागि पस्किएका छौं । डाइविटिजको समस्या वोकिरहेको मैले कोरोनासँग न्वारान देखिकै वल लगाएर लड्न प¥यो । उच्च आत्मवल र पारिवारिक वातावरणको हस्पिटलमा परिवारका सदस्य सँगै वसेर उपचार गर्दा सोचेको भन्दा छिटो रिकभर भई अव आफ्नो कार्यक्षेत्रमा फर्कन सक्ने भएको छ । रस निचोरेर सडकमा फालेको लाथ्रा जस्तै कमजोर भएको छ जिवन । पुन रस भरेर प्रवर्तन अवस्थामा फर्कन अझै केही समय लाग्ला जस्तो छ ।
कोरोना केहि होइन भन्न खोजेको हैन व्यक्तिको प्रतिरक्षा क्षमता र आत्म समस्या भएकाहरु का लागि कोरोना काल पनि रहेछ । उपचार नदिने वरु उल्टै दुरदुर गरेर ज्ञास आतंक मच्चाउने गण्डकी अस्पताल जसतो अव्यवस्थित अस्पतालमा जानेहरुको यथोचित उपचार होस् उनिहरुको जीवन वाचोस् सिसा भित्र वसेर आदेश दिने डाक्टर र अस्तव्यस्तापूर्ण व्यवहार देखेर रातारात हस्पिटल छोडेर अन्य अस्पतालमा जानु पर्ने अवस्था आउनु भनेको राज्यविहिनताको अवस्था हो त्यस्तो नहोस् भन्ने यो पंक्तिकार यो डारीका यथार्थपरक शब्द मार्फत् सवै सरोकारवाला निकायको ध्यानाकर्षण गराउन चाहेको मात्र हो ।
दोस्रो कुरा कोरोनाको सर्ने अनुपात न्यून रहेछ । कुनै दिर्घ रोग, सुगर प्रेसर दम, वा निमोनिया भएक ाव्यक्तिहरुले सचेत रहन आवश्यक छ यि व्यक्तिहरु कोरोनाको जोखिम वरिपरि पर्न सक्छन् । सरिसके पछि पिडा हुन्छ, ज्यानै जान सक्छ, नेपालमा मात्र करिव २१ सय को मृत्यु भइसकेको छ त्यसमा होसियार होऔं । तर स्वास्थ्य मान्छेले कोरोना देखेपछि सर्छ, एउटै वाटो हिडे पछि सर्छ भन्न होइन रहेछ जुन कुरा म र मेरो परिवार भित्रै सिद्ध भएको छ ।