पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बस्यो, एम.वि.वि.एस. र नर्सिङ कार्यक्रम संचालन हुने

सराङकोट न्यूज
11 February, 2021 9:16 am

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट वैठक सम्पन्न भएको छ । वर्षको कम्तिमा दुई पटक वस्ने वैठक कोभिड–१९ महामारीका कारण ढिला गरी यहि माघ २० गते वसेको हो । सिनेट वैठकमा प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री के.पि. शर्मा ओली, सह कुलपति शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठ र स्वास्थ्य मन्त्री ह्दयेश त्रिपाठी समेतको उपस्थितिमा भएको सिनेट सभामा उप कुलपति प्रा. डा. वुद्धि वहादुर थापा द्धारा प्रस्तुत गरिएका विभिन्न प्रस्तावहरुका वारेमा छलफल तथा निर्णय गरिएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका सूचना अधिकारी नारायण प्रसाद आचार्यले वताए ।
सिनेट सभाले ५ जना सिनेटर मनोनयन गरेको छ मनोनयन भएका सिनेटरहरुमा गणेश वहादुर गुरुङ, मिन बहादुर गुरुङ, सिता गुरुङ, तिर्थलाल श्रेष्ठ र कर्मचारीको तर्फबाट नवराज अधिकारी सहित रहेका छन् । ति मध्य कतिपय यस अघि पनि सिनेटर थिए । उनिहरुको नाम नविकरण गरिएको पाइएको छ । कर्मचारीको तर्फबाट सिनेटर वनाइएका नवराज अधिकारीका सम्वन्धमा कर्मचारी वृतमै असन्तुष्टि जाहेर भएको पाइएको छ । अस्पताल भित्र रहेको आधिकारिक ट्रेड युनियन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान कर्मचारी युनियनलाई समेत कुनै जानकारी नै नदिइ प्रतिष्ठानका उच्च अधिकारीले पूर्व माओवादी निकट आस्था राख्ने कर्मचारी नवराज अधिकारीलाई टप्क्क टिपेर सिनेटर वनाएको भन्दै कर्मचारी वृत्तमा असन्तुष्टि देखिएको हो । कर्मचारीको प्रतिनिधि वनेर सिनेटर वन्ने कर्मचारीको वारेमा यूनियनलाई नै थाहा नहुनुलाई विडम्वना मानिएको छ । यस्तै नेपाली कांग्रेस कास्कीले आफ्नो प्रतिनिधि न्यायोचित नभए वहिस्कार गर्ने जनाएको छ ।
सिनेट सभाले प्रतिष्ठानमा एम.वि.वि.एस पछाडि र नर्सिङको वि.एन र एम.एन कार्यक्रम संचालन गर्न स्वीकृति प्रदान गरेको छ । पाँच सय शैया चलिरहेको क्षेत्रीय अस्पताल रहेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको लागि एम.वि.वि. एस र वि.एन.एम.एन कार्यक्रम सुरु गर्ने अवस्था अनुुकल रहेको छ । हाल प्रतिष्ठानले प्रोष्ट ग्राजुएट कार्यक्रम संचालन भइरहेको छ ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: