गोगन मा.वि.मा फेरी भाँडभैलो, स्थायी प्र.अ.को राजिनामा, अस्थायी शिक्षकलाई प्र.अ. वनाइयो

सराङकोट न्यूज
18 February, 2021 9:54 am
Advertisements

कास्की जिल्लाको १ नं. क्षेत्र कै आशा लाग्दो विद्यालय हो गोगन मा.वि. । करिव १२ सय विद्यार्थी पढ्दै आएका उक्त विद्यालय पटक पटक विभिन्न विवादमा फस्ने गरेको छ । कहिले निमावी असफल शिक्षकलाई ११–१२ कक्षा पढाउन दिएको विषय त, कहिले आर्थिक हिनामिना गरेको विषय अख्तियारसम्म पुगेको काण्ड त, कहिले लिटिल डाक्टर काण्ड यस्तै यस्तै काण्डको थुप्रोबाट डुव्दै उत्रदै गरेको गोगन मा.वि. मा फेरी नयाँ भाडभैलो थपिएको छ ।


वहालवाला प्रधानाध्यापक मोहन राज वरालले फेरी राजिनामा दिएका छन् । उनले स्वास्थ्यका कारण राजिनामा दिएको उल्लेख गरेपनि उनि माथि उनकै विभागिए प्रमुख हरुले एक्ल्याए पछि मोहन वरालले राजिनामा दिन वाध्य भएका खुल्न आएको छ । विभागिय प्रमुखहरु जिवन वास्तोला विज्ञान विभाग, गिता थापा अंग्रेजी विभाग र सहायक प्रधानाध्यापक सुरेन्द्र लामिछानेले राजिनामा दिएका थिए । प्रअको खिलाफमा राजिनामा दिने संख्या वढ्दै गएपछि मोहन वराल राजिनामा दिन वाध्य भएका थिए । वि.व्य.सले उनको राजिनामा तत्काल स्वीकृत गरेर सहायक प्र.अ. लगायत विभागिय प्रमुखको राजिनामा फिर्ता गराएर काममा फर्काएको छ ।
मोहन वरालको राजिनामा स्वीकृति पछि नारायण प्रसाद वराललाई प्र.अ. नियुक्त गरिएको छ । वराल ११–१२ कक्षाको अनुदान कोटामा अस्थायी शिक्षक हुन् । मा.वि. स्थायी शिक्षक हुँदा हुँदै अस्थायी शिक्षकलाई प्र.अ. नियुक्त गर्नु पर्ने अवस्था गोगन मा.वि.मा आउनुलाई सामान्य रुपमा लिन नसकिने स्थानिय जानकारहरु वताउँछन्। नवनियुक्त प्र.अ. वरालले आफू सवैलाई मिलाएर लैजाने र विद्यालयलाई नमुना वनाउने वताउँछन् तर उक्त विद्यालयमा विगत लामो समयबाट जारी शीत युद्ध टुगिंने छाँटकाँट नरहेको स्वयम् शिक्षकहरु वताउँछन् । अस्थायी शिक्षकले स्थायी र पुराना शिक्षकलाई सहजै चित्त वुझाउँलान् भन्ने स्पष्ट आधार छैन तथापी वालमन्दिर मा.वि. नदिपुरका प्र.अ. सुशिल वस्नेत जस्तै उदाहरण वन्न नसक्लान् भन्न सकिन्न ।

 

 

 

 

 

 

 


Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: