ठेक्का नलगाई नदी उत्खनन्, मलामीले बाटो समेत पाएनन्

सराङकोट न्यूज
7 March, 2021 2:05 pm
Advertisements

पोखरा महानगरपालिका लगायतका राज्यका निकायहरुको अनुगमन र नियमन नगरिदाँ नदीनालाका प्राकृतिक स्रोत साधनको गैह्रकानूनी ढंगको दोहन वढेकोे छ । यो समस्या पोखरा महानगर भित्र मात्र हैन कास्की जिल्लाका विभिन्न पालिका र देशैभर विद्यमान छ । खोला नदीका गिट्टी वालुवा ढुंगा जस्तो प्राकृतिक स्रोत साधनको दोहनबाट असिमित आम्दानी हुने र त्यस्तो अवैध आम्दानी दल र सरकारको माथिल्लो तहमा भागवण्डा हुने गरेकोले पनि नदी खोलाका घाट खानीहरुमा कानूनको साशन चल्ने गरेको छैन ।

ठेक्का लगाइएका घाट खानीहरुमा पनि ठेकेदारको मनोमानी रहेको छ । सरकारले तोकेभन्दा वढी रोयल्टी उठाउने क्रम रोकिएको छैन । प्रहरी र महानगर समेतको मिलभगतमा उपभोक्ता ठगिने गरी नदीखोला का घाट खानीमा अराजकता मच्चाइएको छ ।

ठेक्का नलगाइएका कतिपय घाटहरुमा समेत उत्खनन् गरिएको पाइएको छ । पोखरा महानगर पालिका वार्ड नंं १६ माथिल्लो गोस्ते घाटमा वालुवा र गिट्टीको उत्खनन् गरिएको पाइएको छ । सेती नदीको किनार देखि भित्तासम्ममा वगरनै खनेर वालुवा, वोल्डर निकालिएको छ । उक्त स्थानमा महानगरले ठेक्का लाग्न सकेको छैन । पहिलो पटक कल गरेको टेण्डर सूचनामा कुनै पनि आवेदन नपरेका कारण ठेक्का नलागेको र दोसे पटक टेण्डरको सूचना कल गरिएको पोखरा महानगरका राजस्व महाशाखा प्रमुख गणेश पाण्डे वताउँछन् ।

यता महानगरले टेण्डर निकाल्ने कागजी प्रकृया अगाडि बढाइरहँदा उता खोलामा उत्खनन् जारी रहेको छ । यति सम्मकी लामाचौर वाटुलेचौरको नर्मदा सेती घाट सम्म पुग्ने वाटो समेत नराखी वढेमानको खाल्टो पारेर वालुवा, गिट्टी र ढुंगा निकालिएको छ । लाश लैजाने वाटोमा समेत असुविधा हुने गरी खोला उत्खनन् गरिएको प्रति घाटमा पुगेका पोखरा–१६का अधिकांसले असन्तुष्टि व्यक्त गरेका थिए ।

टेण्डर नै नपरेको ठाउँमा प्राकृतिक स्रोत साधन उत्खनन् गर्ने कानूनी हैसियत रहन्न । उत्खनन् गरिए कानून वमोजिम कारवाही गर्नु पर्ने होइन र भन्ने हाम्रो प्रश्नमा महानगरका सूचना अधिकारी भरतराज पौडेल भन्छन् टेण्डर नलागी उत्खनन् निकासी पैठारी गर्न पाइन्न गरेको पाइए कारवाही गरिनेछ तर कहिले ?

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: